यशैया 20
20
मिश्र र कूशको विरुद्ध अगमवाणी
1अश्शूरका महाराजा सर्गानका आज्ञाअनुसार अश्शूरीहरूका सेनापतिले पलिश्तीहरूका सहर अश्दोदमाथि आक्रमण गरे। 2तीन वर्षअघि परमप्रभुले आमोजका छोरा यशैयालाई “तेरा खुट्टाका चप्पल र शरीरको भाङ्ग्रा फुकाल्,” भन्नुभएको थियो। तिनले त्यसै गरे र खाली खुट्टा र नाङ्गै हिँड्दथे। 3अश्दोद अश्शूरको कब्जामा परेपछि परमप्रभुले भन्नुभयो, “मेरा सेवक यशैया तीन वर्ष अघिदेखि खाली खुट्टा र नाङ्गै हिँडिरहेको छ। मिश्र र कूशलाई के-के हुनेछ, त्यसको निम्ति यो चिन्ह हो। 4ती दुई देशबाट कैद गरिएका बन्दीहरूलाई अश्शूरका महाराजाले त्यसरी नै नाङ्गै पारेर लैजानेछ। बुढा-पाका र तन्नेरी सबै खाली खुट्टा र नाङ्गै चाक देखाएर हिँड्नेछन् र मिश्रलाई लाज हुनेछ। 5ज-जसले कूशमाथि भरोसा राखेका छन् र मिश्रमाथि आक्रमण गरेका छन्, तिनीहरू भयभीत बन्नेछन् र शर्ममा पर्नेछन्। 6त्यो समय आएपछि पलिश्ती देशका समुद्र किनारमा बास गर्ने मानिसहरूले भन्नेछन्, ‘अश्शूरका महाराजाबाट हामीलाई बचाउलान् भनी हामीले भर परेका मानिसहरूको के गति भएको छ, हेर! हामी अब कसरी बाँच्न सकौंला’?”
अहिले सेलेक्ट गरिएको:
यशैया 20: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: