यशैया 28
28
उत्तरका राज्य इस्राएललाई चेतावनी
1इस्राएलका राज्यको नाश हुनेछ! मतवाला अगुवाहरूले लाएका फूलका मुकुटझैँ त्यसको गौरव ओइली जाँदैछ। तिनीहरूका अहङ्कारी अगुवाहरूले उत्तम सुगन्धित अत्तर लाएका छन् तर तिनीहरू मद्यले मातेर लडिरहेका छन्। 2प्रभुले तिनीहरूमाथि हमला गर्न कुनै बलियो र शक्तिशाली व्यक्ति तयार गर्नुभएको छ। तिनी असिनाको आँधी र वर्षाको मुसलधार पानी, वेगले अघि बढेको रोक्न नसकिने बाढीझैँ आउनेछन् र देशलाई बरबाद पार्नेछन्। 3ती मतवाला अगुवाहरूको घमण्ड पैतालामुनि कुल्ची-मिल्ची पारिनेछ। 4ती अहङ्कारी अगुवाहरूको ओइलाउन लागेको गौरव नेभाराको ग्रीष्म ऋतुमा पहिलो फलझैँ हराइजानेछ, जुन फल पाक्ने बित्तिकै मानिसहरूले टिपेर खाइहाल्छन्।
5त्यो दिन आउँदै छ, जब सर्वशक्तिमान् परमप्रभु आफ्ना बाँचेका प्रजाका निम्ति सुन्दर फूलले बनेको महिमाको मुकुटझैँ हुनुहुनेछ। 6उहाँले न्याय गर्न बसेका न्यायकर्ताको निम्ति न्यायको ज्ञान र सहरको रक्षा गर्न मूलढोकामा उभेका पहरेदारको निम्ति साहस दिनुहुनेछ।
यहूदाका मतवाला अगमवक्ताहरू र यशैया
7अगमवक्ताहरू र पूजाहारी पनि यति धेरै मद्य पिउँछन् कि तिनीहरूका खुट्टा लरबरिन्छन्। तिनीहरूले यति धेरै मद्य र निगार पिएका छन् कि तिनीहरू दोधारमा परेर खुट्टा अल्झेर हिँड्छन्। अगमवक्ताहरूले मद्यले खुबै मातेर परमेश्वरले दिनुभएका दर्शनहरू बुझ्दैनन् र पूजाहारीले त्यसरी नै मातेर आफूकहाँ ल्याएका विषयबारे ठीक विचार गर्न सक्दैनन्। 8तिनीहरूका सबै टेबिलहरू बान्ताले भरिएका छन् र एउटै पनि सफा ठाउँ छैन।
9तिनीहरूले मेरो बारेमा सुस्केरा लाउँछन्। तिनीहरू भन्छन्, “त्यसले कसलाई के सिकाउँदै छु भनी ठान्छ हँ? कसलाई त्यसको सन्देश चाहिएको छ र? अँ, भर्खरै आमाको दूध छोडेका बालकहरूको लागि भने त्यो ठीकै होला! 10त्यसले हामीलाई अक्षर-अक्षर, हरफ-हरफ र पाठ-पाठ गरी सिकाउन खोज्छ।”
11 #
१ कोरिन्थी 14:21
तिमीहरूले मेरा कुरा सुनेनौ भने परमेश्वरले कोही अनौठो भाषा बोल्ने विदेशी ल्याएर तिमीहरूलाई पाठ सिकाउन लाउनुहुनेछ। 12उहाँले तिमीहरू सबैलाई विश्राम र सुख दिनुभयो। तर तिमीहरूले उहाँका कुरा मानेनौ। 13त्यसैकारण परमप्रभुले तिमीहरूलाई अक्षर-अक्षर, हरफ-हरफ र पाठ-पाठ गरी सिकाउनुहुनेछ। तब प्रत्येक पाइलामा तिमीहरू ठेस खानेछौ। तिमीहरूले चोट पाउनेछौ, पासोमा पर्नेछौ र कैदमा पर्नेछौ।
सियोनको निम्ति कुनाको ढुङ्गा
14यरूशलेममा यी मानिसहरूलाई शासन गर्ने अहङ्कारी मानिसहरू हो, परमप्रभुले के भन्दै हुनुहुन्छ, राम्ररी सुन। 15तिमीहरू धाकसित भन्दछौ कि हामीले मृत्युसित सन्धि गरेका छौं र पातालसित मतो मिलाएका छौं। तिमीहरूलाई पक्का छ कि विपत्ति आउँदा बाँच्नेछौ किनभने आफ्नो सुरक्षाको निम्ति तिमीहरू झूट र छलमा भरोसा गर्दछौ। 16#भजनसंग्रह 118:22,23; रोमी 9:33; 10:11; १ पत्रुस 2:6अब सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, “म सियोनमा एउटा दह्रिलो र बलियो जग बसाल्दै छु। त्यसका एक कुनामा एउटा खँदिलो ढुङ्गा राख्दै छु। त्यस ढुङ्गामा यी शब्द लेखिएका छन्, ‘दह्रिलो विश्वास गर्ने अकमकिनेछैन।’ 17म इन्साफलाई नाप्ने डोरी र धार्मिकतालाई चाहिँ साहुल बनाउनेछु।”
तिमीहरूले भरोसा गरेका सबै झूटहरू असिनासित आएको आँधीले बगाइलानेछ र तिमीहरूको सुरक्षा बाढले नष्ट पार्नेछ। 18तिमीहरूले मृत्युसित गरेको सन्धि मेटिनेछ र पातालसित मिलाएको मतो खारेज गरिनेछ। विपत्ति आउँदा तिमीहरू हार खानेछौ। 19घरीघरी हरेक बिहान विपत्ति तिमीहरूमाथि आउनेछ। रात-दिन तिमीहरूले विपत्ति झेल्नुपर्नेछ। परमेश्वरबाट आएको हरेक नयाँ सन्देश र नयाँ आतङ्क लिएर आउनेछ! 20तिमीहरू यो उखानको मानिसजस्तो हुनेछौ, जसले लम्पसार पर्दा छोटो हुने एउटा पलङ्गमा, ओढ्दा सानो जिउ ढाक्ने कम्बल लिएर सुत्ने चेष्टा गर्छ। 21#2 शमूएल 5:20; १ इतिहास 14:11; यहोशू 10:10-12गिबोनको बेसीमा र पराजीम पर्वतमाथि लडाइँ गरेझैँ परमप्रभुले आफ्नो काम उत्तिकै अनौठो भए पनि गर्नुहुनेछ। उहाँले आफ्नो रहस्यपूर्ण काम पूरा गरिछोड्नुहुनेछ।
22मैले दिएको चेतावनीको ठट्टा नगर! ठट्टा गर्यौ भने तिमीहरूलाई उम्कन अझ गाह्रो पर्नेछ। सारा देश ध्वस्त गर्ने प्रभु सर्वशक्तिमान् परमप्रभुको निर्णयबारे मैले सुनेको छु।
परमेश्वरको बुद्धि
23मेरो कुरामा कान थाप र मैले भनेको कुरामा ध्यान देओ। 24कुनै किसानले एकोहोरो आफ्नो खेत जोतिरहँदैन। सधैँ बिउ छर्न तयार भइरहँदैन। 25एकपल्ट जमिन तयार पारेपछि त्यसले सुँप र जीराको बिउ छर्दछ। लहर-लहर गरी गहुँ र जौ रोप्छ र खेतका किनारमा अरू अन्न लगाउँछ। 26त्यसले आफ्नो काम गर्न जान्दछ किनभने परमेश्वरले त्यसलाई काम गर्न सिकाउनुभएको हो। 27त्यसले सुँप र जीरालाई कुट्न कहिल्यै गह्रुङ्गो मुङ्ग्रो चलाउँदैन तर त्यसले ठीक आकारको हल्का लौराले कुट्छ। 28गहुँ एकोहोरो दाइँ गरेर गहुँ नष्ट गर्दैन तर दाना नफुट्ने गरी त्यसमाथि कसरी गाडालाई हल्कासित चलाएर दाइँ गर्नुपर्छ भनी जान्दछ। 29त्यसका सारा बुद्धि सर्वशक्तिमान् परमप्रभुबाट आउँदछ। उहाँको योजना उदेकको र उहाँको बुद्धि सर्वोच्च छ!
अहिले सेलेक्ट गरिएको:
यशैया 28: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: