यशैया 32
32
इमानदार राजा
1कुनै दिन इमानदारीसित राज्य चलाउने र न्यायसाथ शासन गर्ने अगुवाहरू हुनेछन्। 2तिनीहरू हरेक बतासबाट बाँच्ने ओत र आँधीबाट लुक्ने शरणस्थानझैँ हुनेछ र तिनीहरू मरुभूमिमा बहने खोला र सुख्खा जमिनको विराट् चट्टानको छायाँझैँ हुनेछन्। 3मानिसहरूका खाँचो देख्न र सुन्न तिनीहरूका आँखा र कान खुल्ला रहनेछन्। 4तिनीहरू अबदेखि उसो अधीर हुनेछैनन् तर समझशक्तिसाथ काम गर्नेछन् अनि भनेका कुरा पुर्याउँनेछन्। 5कसैले पनि मूर्खलाई आदरणीय ठान्दैनन् वा दुष्टलाई इमानदार भन्नेछैन। 6मूर्खले मूर्ख बोली गर्छ र दुष्ट कुरा सोच्दछ। त्यसका बोली र कर्मले परमप्रभुको अपमान हुँदछ। त्यसले कहिल्यै भोकालाई खुवाउँदैन वा तिर्खाएकालाई पिउन दिँदैन। 7दुष्टले दुष्ट तरिकाले काम गर्छ। त्यसले गरीबलाई झूटले नाश पार्ने र न्याय पाउनदेखि रोक्ने जाल गर्छ। 8तर आदरणीय मानिसले इमानदारीसित काम गर्छ र जे ठीक छ, त्यसको लागि अटल भई उभिंदछ।
स्त्रीलाई चेतावनी
9तिमी निष्फिक्री र आरामसाथ बास गर्ने स्त्रीहरूले मेरा कुरामा कान थाप। 10अहिले तिमीहरू सन्तुष्ट होऔला, एक वर्षभित्रमा तिमीहरू हताश हुनेछौ किनभने तिमीहरूले टिप्नलाई अङ्गुरको फल र अरू कुनै फलफूल हुनेछैन। 11तिमीहरूले निष्फिक्री भई आरामको जीवन बिताइरहेका छौ तर अब डरले काँप! आफ्ना वस्त्र खोल र कम्मरमा भाङ्ग्राका कपडा लगाओ। 12शोक गरेर छाती पिट किनभने ती मलिला खेत र दाखबारीहरू नष्ट पारिएका छन् 13र काँडे-झ्याङ र सिउँडीहरू मेरा प्रजाका जमिनमा उम्रेका छन्। आनन्दले मानिसहरू बास गरेका घरहरू र मन-मोजले भरेको सहरको निम्ति रोओ। 14राजमहल पनि रित्तो हुनेछ र राजधानी पूरै उजाड पारिनेछ। तिनीहरूको पहरेदारी गर्ने भवन र किल्लाहरू सदाका निम्ति ध्वस्त हुनेछन्। त्यहाँ जङ्गली गधाहरू आनन्दले डुलिहिँड्नेछन् र भेडाहरू चर्नेछन्।
15तर एक पल्ट परमेश्वरले हामीकहाँ आफ्ना आत्मा पठाउनुहुनेछ। बाँझो जमिन मलिलो हुनेछ र खेतमा अन्नको असल उब्जनी हुनेछ। 16देशमा जहीँकहीँ ठीक काम गरेको र न्याय गरिएको पाइनेछ। 17सबैले ठीक काम गर्नेछन् र सदाको निम्ति शान्ति र सुरक्षा हुनेछ। 18परमेश्वरका मानिसहरू निष्फिक्री हुनेछन् र तिनीहरूका घरमा शान्ति र कुशलताले बास गर्नेछ। 19(जङ्गलमा असिनापर्नेछ र सहर नष्ट पारिनेछ) 20अन्नबालीको निम्ति प्रशस्त पानी, गधा र गाई-गोरुका निम्ति कुशल चरन पाइनेछ र सबै खुसी हुनेछन्।
अहिले सेलेक्ट गरिएको:
यशैया 32: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: