यशैया 35
35
पवित्रताको राजमार्ग
1उजाड-भूमिमा फूलहरू फुल्छन्, मरुभूमि रमाउनेछ।
2मरुभूमि हर्षले गीत गाउँदै चिच्च्याउनेछ,
त्यो लेबनानका पर्वतहरूझैँ सुन्दर र कर्मेल र शारोनका मैदानझैँ मलिलो हुनेछ।
सबैले परमप्रभुको वैभव देख्नेछन्। उहाँका शक्ति र महान्ता देख्नेछन्।
3 #
हिब्रू 12:12
थाकेका हातहरू बलिया बनाओ।
थरथरी काम्ने कमजोर घुँडाहरू दह्रिला बनाओ।
4हतास भएकाहरूलाई यसो भन, “बलियो होओ र नडराओ!
परमेश्वर तिम्रो उद्धार गर्न आउँदै हुनुहुन्छ,
तिम्रा शत्रुहरूलाई दण्ड दिन आउँदै हुनुहुन्छ।”
5 #
मत्ती 11:5; लूका 7:22 अन्धाका आँखा खोलिनेछन्,
बहिराका कान खोलिनेछन्।
6लङ्गडाहरू मृगझैँ उफ्रनेछन् र नाच्नेछन्।
गुँगाहरू आनन्दले चिच्च्याउनेछन्।
मरुभूमिका बीचबाट खोलाहरू बग्नेछन्।
7जल्दो बालुवा ठूलो पोखरी बन्नेछ
र ओबानो भूमि खोला-नालाले भरिनेछ।
स्याल बस्ने गरेका ठाउँमा घाँस र कूश उम्रनेछन्।
8त्यहाँ एउटा राजमार्ग हुनेछ,
त्यसको नाम ‘पवित्र राजमार्ग’ राखिनेछ।
कुनै पापी त्यहाँबाट कहिल्यै हिँड्न पाउनेछैन,
त्यहाँबाट जानेलाई कुनै मूर्खले भुलाउन सक्नेछैन।
9त्यहाँ सिंहहरू हुनेछैनन्,
डरलाग्दा जनावर त्यहाँबाट जानेछैन।
जसलाई परमप्रभुले उद्धार गर्नुभएको छ,
तिनीहरू त्यस राजमार्गबाट घर जानेछन्।
10तिनीहरू आनन्दसाथ यरूशलेम पुग्नेछन्,
गीत गाउँदै, आनन्दले चिच्च्याउँदै, त्यहाँ पुग्नेछन्,
सदासर्वदा तिनीहरू आनन्दित हुनेछन्,
सदाकालको निम्ति शोक र सन्तापबाट मुक्त हुनेछन्।
अहिले सेलेक्ट गरिएको:
यशैया 35: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.