यशैया 4
4
1त्यो समय आएपछि सात जना आइमाईहरूले एक जना पुरुषलाई समातेर भन्नेछन्, “हामी आफ्नो भोजन खानेछौं र आफ्नो लुगाफाटा लाउनेछौं, केवल तिमी नै हाम्रा लोग्ने हौ भनेर हामीलाई भनिदेओ र हाम्रा निन्दा हामीले सुन्नुपर्नेछैन।”
यरूशलेमको पुन:र्निर्माण हुनेछ
2यस्तो समय आउँछ कि परमप्रभुले देशमा हरेक बोट-बिरुवा र रूखहरू ठूला र सुन्दर गरी उमार्नुहुनेछ। सबै बाँचेका इस्राएलीहरू जमिनका उब्जनीमा रमाउनेछन् र गर्व गर्नेछन्। 3यरूशलेममा छोडिएका सबै मानिसहरू, जसलाई परमप्रभुले बचाएर राख्नलाई छान्नुभएको छ, तिनीहरू पवित्र कहलाइनेछन्। 4परमप्रभुले सियोनका स्त्रीहरूको मैला धुनुहुनेछ र उहाँले इन्साफको आत्मा र आगोको आत्माद्वारा यरूशलेमबाट रगतका दाग शुद्ध गर्नुहुनेछ। 5#प्रस्थान 13:21; 24:16तब सियोन पर्वत र त्यहाँ भेला भएका मानिसहरूमाथि परमप्रभुले दिउँसो बादल र राती धुवाँ र उज्ज्वल ज्वाला पठाउनुहुनेछ। सारा सहरलाई परमेश्वरको महिमाले ढाक्नेछ र रक्षा गर्नेछ। 6उहाँको महिमाले सहरमाथि दिउँसोको गर्मीमा ओझेल दिनेछ र त्यसलाई आँधी र वर्षाबाट जोगाएर सुरक्षित स्थान बनाउनेछ।
अहिले सेलेक्ट गरिएको:
यशैया 4: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: