यशैया 8
8
चिनोको रूपमा यशैयाको छोरो
1परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो पाटी लिएर त्यसमा ठूल्ठूला अक्षरमा ‘महेर-शालल-हाज-बज’ लेख। 2दुई विश्वासयोग्य मानिसहरू पूजाहारी उरियाह र येबेरक्याहका छोरा जकरियालाई ल्याएर गवाही राख्।”
3केही समयपछि मेरी पत्नी गर्भवती भइन्। जब हाम्रो छोरो जन्मियो, तब परमप्रभुले मलाई भन्नुभयो, “त्यसको नाम ‘महेर-शालल-हाज-बज’ राख। 4बालकले ‘आमा-बाबा’ भन्न सक्ने बेलाअघि नै दमस्कसको समस्त धन र सामरियाको सारा लुटका सामान अश्शूरका राजाले लैजानेछन्।”
अश्शूरका राजाको आक्रमण
5फेरि परमप्रभु मसित बोल्नुभयो 6र भन्नुभयो, “यी मानिसहरूले शीलोको खोलाको शान्तिसित बग्ने पानी इन्कार गरी रसीन र पेकह राजाहरूसित रमाएका हुनाले 7म परमप्रभुले अश्शूरका महाराजा र उनका सारा सेनाहरूलाई यहूदामाथि आक्रमण गर्न ल्याउनेछु। बाढी आउँदा यूफ्रेटिस नदीको पानी बडो वेगले बगेर त्यसका किनाराहरू जल-मग्न भएझैँ तिनीहरू अघि बढी आउनेछन्। 8काँधसम्म अग्लो र सबै कुरामा डुबाइदिने बाढीझैँ तिनीहरू यहूदाका बीचबाट भएर बगिजानेछन्।”
हे इम्मानुएल! तिनका फैलाएका पखेटाले सम्पूर्ण देश ढाक्नेछ।
9हे राष्ट्रहरू हो! डराउँदै एकसाथ भेला होओ! हे पृथ्वीका टाढा-टाढा देशका मानिसहरू हो, सुन, लडाइँ गर्न तयार होओ तर डर मान! हो, साँच्चै तयार होओ तर डर मान! 10आफ्ना उपायहरू बनाओ! तर ती असफल हुनेछन्। जति मनपर्छ, कुराकानी गर! तर ती सबै व्यर्थ हुनेछन् किनभने परमेश्वर हामीसित हुनुहुन्छ।
अगमवक्तालाई परमप्रभुको चेतावनी
11आफ्नो महान् शक्तिले मलाई परमप्रभुले यी मानिसहरूले हिँडेको बाटोमा नहिँड्ने चेतावनी दिनुभएको छ। उहाँले भन्नुभयो, 12#१ पत्रुस 3:14,15“मानिसहरूका जुक्तिमा नलाग र जे कुरासित तिनीहरू डराउँछन्, तीसित तँ नडरा। 13याद राख् कि म सर्वशक्तिमान् परमप्रभु पवित्र छु। तँचाहिँ मसित डराउनुपर्छ। 14#१ पत्रुस 2:8मेरो अति पवित्रताले गर्दा म ठेस लाग्ने ढुङ्गाजस्तो छु। म यहूदा, इस्राएल र यरूशलेमका मानिसहरूलाई फसाउने पासोजस्तो छु। 15धेरैलाई ठेस लाग्नेछ। तिनीहरू लडेर चकनाचुर हुनेछन्। तिनीहरू पासोमापर्नेछन्।”
प्रेत खेलाउनेको विरुद्धमा चेतावनी
16तिमी मेरा चेलाहरूले मलाई परमेश्वरले दिनुभएका सन्देशहरू रखवाली गरी जोगाइराख्नुपर्नेछ। 17#हिब्रू 2:13परमप्रभुले आफैंलाई याकूबका सन्तानदेखि लुकाउनुभएको छ। म उहाँमा भरोसा गर्नेछु र आशा राख्दछु।
18 #
हिब्रू 2:13
यहाँ म परमप्रभुले मलाई दिनुभएको बाल-बालिकाहरूका साथमा छु। सर्वशक्तिमान् परमप्रभु, जसको सिंहासन सियोन पर्वतमा छ, उहाँले हामीलाई जीवित सन्देशहरूको रूपमा इस्राएलका मानिसहरूका बीचमा पठाउनुभएको हो।
19तर मानिसहरूले त तिमीहरूलाई भूत-प्रेत खेलाउने र मन्त्रतन्त्र गर्नेहरूबाट निधो लिनू भन्नेछन्, जसले फलाक्ने र मन्त्र जप्ने गर्दछन्। तिनीहरूले भन्नेछन्, “आखिरी मानिसहरूले प्रेतात्माहरूबाट निधो लिनुपर्नेछ र जिउँदाहरूको निम्ति मरेकाहरूसित जोखना हेराउनुपर्नेछ।”
20तिमीहरूले तिनीहरूलाई यस्तो जवाफ देओ, “परमेश्वरले तिमीहरूलाई के सिकाउनुभएको छ, ध्यान देओ! भूत-प्रेत खेलाउनेहरूका कुराहरू नसुन! तिनीहरूले तिमीहरूलाई जे भन्लान्, तिमीहरूलाई भलो हुँदैन।”
सङ्कष्टको समय
21भोका र निराश भई मानिसहरू देशभरि डुलिहिँड्नेछन्। भोक र झोकमा तिनीहरूले आफ्ना राजा र आफ्ना परमेश्वरलाई सराप्नेछन्। तिनीहरूले माथि आकाशतिर 22वा तल भूइँतिर हेर्लान् तर दु:ख-कष्ट, अन्धकार र आफू पस्न लागेको भयानक अँध्यारोबाहेक अरू केही देख्नेछैनन्।
अहिले सेलेक्ट गरिएको:
यशैया 8: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: