याकूब पुस्तक परिचय
पुस्तक परिचय
यो पत्र याकूबले संसारमा जताततै छरिएर बसेका ख्रीष्टियानहरूलाई लेखेका हुन्। यसमा ख्रीष्टियान मत र चालचलनलाई चाहिने बुद्धि र अगुवाइको विषयमा अर्तीहरू दिइएका छन्। यी अर्तीहरू दर्शाउँदा याकूबले किसिम-किसिमका उपमाहरू दिएका छन्। ख्रीष्टियान नमुनालाई लिएर याकूबले भिन्दाभिन्दै विषयहरू बताउँछन्, जस्तै: धन-सम्पत्ति र गरीबी, परीक्षा, भलो चालचलन, पक्षपात, विश्वास र कामहरू, तह लाउनुपर्ने जिब्रो, बुद्धि, झैझगडा, शेखी र अपमान, अर्काको निन्दा, घमण्ड, सहनशीलता र प्रार्थना।
यस पत्रले ख्रीष्टियान मत पालन गर्दा विश्वासको साथसाथै काम पनि गरिनुपर्छ भन्ने कुरामा जोड दिन्छ।
संक्षिप्त विषय-सूची
परिचय १:१
विश्वास र बुद्धि १:२-८
गरीबी र सम्पत्ति १:९-११
जाँच र परीक्षा १:१२-१८
सुन्नु र गर्नु १:१९-२७
पक्षपातको विरोधमा चेतावनी २:१-१३
विश्वास र कामहरू २:१४-२६
ख्रीष्टियान र उसको जिब्रो ३:१-१८
ख्रीष्टियान र संसार ४:१—५:६
अन्य अर्तीहरू ५:७-२०
अहिले सेलेक्ट गरिएको:
याकूब पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.