न्यायकर्ता 12
12
यिप्ता र एफ्राइमीहरू
1एफ्राइमका मानिसहरू लडाइँ गर्न तयार भए। तिनीहरू यर्दन नदी तरी सापोनमा गए र यिप्तालाई भने, “तिमीसित जान हामीलाई नबोलाई सिमाना नाघेर अम्मोनीहरूसँग लड्नलाई किन तिमी गयौ? हामी तिमीलाई र तिम्रा घर जलाई भस्म पारिदिनेछौं!”
2यिप्ताले तिनीहरूलाई भन्यो, “म र मेरा मानिसहरूको अम्मोनीहरूसँग एउटा ठूलो झगडा थियो। मैले तिमीहरूलाई बोलाएँ; तर तिमीहरूले हामीलाई तिनीहरूदेखि बचाउने थिएनौ। 3जब मैले तिमीहरूबाट केही मद्दत नपाउने भएको बुझें, मैले आफ्नो प्राण खतरामा हालेर सिमाना पार गरेर गई तिनीहरूसँग लडाइँ गरें। परमप्रभुले मलाई तिनीहरूमाथि विजय गराउनुभयो। त, अब के भनेर तिमीहरू मसँग लड्न आइरहेका छौ?” 4तब यिप्ताले गिलादका सबै मानिसहरूलाई भेला गरे र एफ्राइमीहरूसँग लडाइँ गरे अनि तिनीहरूलाई हराए। (एफ्राइमीहरूले भनेका थिए, “तिमी, एफ्राइम र मनश्शे गिलादमा बास गर्ने गिलादीहरू भगुवाहरू हौ!”) 5एफ्राइमीहरूलाई भाग्न नदिनलाई यर्दन पार गर्न सक्ने घाटहरू सबै गिलादीहरूले कब्जामा लिए। जब कुनै भागिरहेको एफ्राइमीले नदी तर्ने अनुमति माग्थ्यो, गिलादीहरूले त्यसलाई सोध्थे, “के तँ एफ्राइमी होस्?” त्यसले “होइन” भनी उत्तर दिए 6त्यसलाई ‘शिब्बोलेत’ भन्न लाउँथे। तर त्यो शब्द ठीकसँग भन्न नसकेर त्यसले ‘सिब्बोलेत’ भन्थ्यो। तब त्यसलाई पक्रेर त्यहीँ नदीको घाटमा तिनीहरूले मार्थे। यसरी त्यस समय ४२,००० एफ्राइमीहरू मारिए।
7यिप्ताले छ वर्षसम्म इस्राएलीहरूलाई अगुवाइ गरे। त्यसपछि उनी मरे र उनी गिलादको एउटा सहरमा गाडिए।
इब्सान, एलोन र अब्दोन
8यिप्तापछि इस्राएलका अगुवा बेथलेहेमका इब्सान भए। 9उनका तीस भाइ छोरा र तीस बहिनी छोरीहरू थिए। उनले छोरीहरूलाई आफ्ना कुलदेखि बाहिर विवाह गरिदिए र बाहिरबाट नै छोराहरूका निम्ति बुहारीहरू ल्याए। इब्सानले सात वर्षसम्म अगुवाइ गरे। 10त्यसपछि ऊ मरे अनि बेथलेहेममा गाडिए।
11इब्सानपछि जबूलूनका एलोन दश वर्षसम्म इस्राएलको अगुवा भए। 12त्यसपछि उनी मरे अनि जबूलूनको अय्यालोन भन्ने इलाकामा गाडिए।
13एलोनपछि पिरातोनीको हिल्लेलका छोरा अब्दोन इस्राएलको अगुवा भयो। 14उसका चालीस जना छोरा र तीस जना नातिहरू थिए र तिनीहरू सत्तरी वटा गधामा सवार गर्थे। अब्दोन आठ वर्षसम्म इस्राएलको अगुवा रह्यो। 15त्यसपछि ऊ मर्यो र पिरातोनीमा गाडियो। पिरातोनी अमालेकीहरूको पहाडी देशमा एफ्राइमको इलाकाभित्र पर्थ्यो।
अहिले सेलेक्ट गरिएको:
न्यायकर्ता 12: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: