यर्मिया 23
23
भविष्यको आशा
1उहाँका खर्कका भेडाहरूलाई नष्ट गर्ने र छरपष्ट पार्ने गोठालाहरूमाथि परमप्रभुको डरलाग्दो दण्डाज्ञा पर्नेछ, परमप्रभु भन्नुहुन्छ। 2परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना प्रजाको हेरचाह गर्ने गोठालाहरूबारे यसो भन्नुहुन्छ, “तिमीहरूले मेरा प्रजाको हेरचाह गरेनौ, तिमीहरूले तिनीहरूलाई छरपष्ट पारेर धपायौ। अब तिमीहरूका दुष्ट कर्महरूको निम्ति म तिमीहरूलाई दण्ड दिनेछु। 3मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई खेदिपठाएका देशहरूबाट म भेला गरी ल्याउनेछु र तिनीहरूको आफ्नो देशमा फर्काई ल्याउनेछु। तिनीहरूका धेरै सन्तानहरू हुनेछन् र सङ्ख्या बढ्नेछ। 4तिनीहरूको हेरविचार गर्न म गोठालाहरू खटाउनेछु। मेरो प्रजा कहिले पनि डराउनेछैन न त भयभीत हुनेछ। म फेरि तिनीहरूलाई दण्ड दिनेछैनँ। म परमप्रभु बोलेको छु।”
5 #
यर्मिया 33:14-16
परमप्रभु भन्नुहुन्छ, “यस्ता दिनहरू आउँदै छन्, जब म दाऊदको एउटा न्यायी सन्तान खडा गर्नेछु। त्यो राजा हुनेछ र बुद्धिसित राज्य गर्नेछ र देशमा न्याय र ठीक काम गर्नेछ, 6त्यो राजा छँदा यहूदाका मानिसहरू बचाइनेछन् र इस्राएलका मानिसहरूले सुरक्षासाथ बास गर्नेछन्। त्यसको नाम ‘परमप्रभु हाम्रो उद्धार’ भनिनेछ।”
7यसैले यस्ता दिनहरू आउँदै छन्, परमप्रभु भन्नुहुन्छ, “जब मानिसहरूले शपथ खाँदा कहिल्यै ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्नेछैनन्। 8तर तिनीहरूले ‘इस्राएलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्नेछन्। तब तिनीहरू आफ्नै देशमा बास गर्नेछन्।”
अगमवक्ताबारे यर्मियाको वाणी
9अगमवक्ताहरूलाई यो खबर छ, मेरो मन टुटेको छ र म काँप्दैछु किनभने परमेश्वर र उहाँका पवित्र वचनहरूका कारणले धेरै मद्यले मातिएको म एउटा मतवाला मानिसजस्तै भएको छु।
10व्यभिचारीहरूले देश भरिएको छ। तिनीहरूले दुष्ट जीवन बिताउँछन् र आफ्नो शक्तिको गलत प्रयोग गर्छन्। परमप्रभुको श्रापले गर्दा देशले विलाप गर्दछ र खर्कहरू पनि सुकिगएका छन्।
11परमप्रभु भन्नुहुन्छ, “अगमवक्ता र पूजाहारी दुवै परमेश्वर नमान्ने भएका छन्, मेरो मन्दिरमा तिनीहरूले दुष्कर्म गर्दैगरेको मैले भेट्टाएको छु।
12तिनीहरू हिंडेको बाटो अँध्यारो र चिप्लो हुनेछ। तिनीहरूलाई ठेस खाएर लड्न लाउनेछु। म तिनीहरूमाथि विपत्ति ल्याउनेछु। तिनीहरूले दण्ड पाउने समय आउँदै छ। म परमप्रभु बोलेको छु।
13सामरियाका अगमवक्ताहरूका घिनलाग्दा पाप मैले देखेको छु। तिनीहरूले बाल देवताको नाममा भविष्यवाणी गरे र मेरा प्रजालाई खराब बाटोमा लगे।
14 #
उत्पत्ति 18:20; इजकिएल 16:49 तर यरूशलेमका अगमवक्ताहरूले चाहिँ अझ घिनलाग्दा काम गरेको मैले देखेको छु। तिनीहरूले व्यभिचार गर्दछन् र देखावटी जीवन बिताउँछन्, दुष्कर्म गर्ने मानिसहरूलाई मद्दत गर्दछन् र यसैले कसैले पनि दुष्कर्म गर्न छोड्दैन। मेरो निम्ति तिनीहरू सबै सदोम र गमोराका मानिसहरूझैँ दुष्ट भएका छन्।
15“यसैकारण म सर्वशक्तिमान् परमप्रभु ती यरूशलेमका अगमवक्ताहरूबारे यसो भन्दछु, ‘म तिनीहरूलाई खान ऐरेलु र पिउन विष दिनेछु किनभने तिनीहरूले सारा देशलाई भक्तिहीन तुल्याएका छन्।”
16सर्वशक्तिमान् परमप्रभुले यरूशलेमका मानिसहरूलाई भन्नुभयो, “तिमीहरूले अगमवक्ताहरूका कुरा नसुन, तिनीहरूले तिमीहरूलाई झूटा आशा दिंदै छन्। मैले भनेको होइनँ तर आफ्ना कल्पनाका कुरा तिनीहरूले तिमीहरूलाई बताउँछन्। 17मेरा कुरा सुन्न इन्कार गर्नेहरूलाई तिनीहरू निरन्तर भन्छन्, ‘तिमीहरूलाई शान्ति हुनेछ; अट्टेर गरी आफ्नै मनको हठमा हिंड्नेहरूलाई तिनीहरू भन्छन्, तिमीहरूमाथि कुनै विपत्ति आउनेछैन।”
18मैले भनें, “यी अगमवक्ताहरूमध्ये कसैले पनि परमप्रभुको फैसला सुन्न कहिल्यै उहाँकहाँ गएको छैन। तिनीहरूमध्ये कसैले उहाँका वचन कहिल्यै सुनेका वा बुझेका छैनन् अथवा तिनमा ध्यान दिएका छैनन्। 19उहाँको क्रोध एउटा आँधी नै हो, दुष्टहरूका टाउकामा बजारिने एउटा बतासको भुमरी हो 20अनि उहाँले इच्छा गरेका कुराहरू पूरा नभएसम्म त्यो थामिनेछैन। आउँदा दिनहरूमा उहाँका प्रजाले यो कुरा राम्ररी बुझ्नेछन्।”
21परमप्रभुले भन्नुभयो, “मैले यी अगमवक्ताहरूलाई पठाइनँ तर पनि तिनीहरू कुदेर गए। मैले तिनीहरूलाई केही वचन दिइनँ, तापनि तिनीहरूले मेरा नाममा भविष्यवाणी बोले। 22तर तिनीहरूले मेरा फैसला जानेका भए मेरा प्रजालाई मेरा वचन सुनाउनेथिए र तिनीहरूका दुष्ट चाल र खराब कामहरूबाट फर्काउनेथिए।
23“म एकै ठाउँमा मात्र होइन तर सर्वत्र उपस्थित हुने परमेश्वर हुँ। 24कोही मानिस मैले देख्न नसक्ने ठाउँमा लुक्न सक्दैन। के तिमीहरू जान्दैनौ, म स्वर्ग र पृथ्वीको हरेक ठाउँमा उपस्थित छु? 25मेरो नाममा झूट बोल्ने र मैले तिनीहरूलाई सपनामा मेरा वचन दिएको छु भनी दाबी गरी अगमवक्ताहरूले भनेका कुरा मैले सुनेको छु। 26अब कहिलेसम्म यी अगमवक्ताहरूले आफूले भनेका भ्रमका कुराहरूले मेरा प्रजालाई कुबाटोमा लैजाने हुन्? 27मेरा प्रजाका पिता-पुर्खाले बाल देवतापट्टि लागेर मलाई बिर्सेझैँ यी अगमवक्ताहरूले आपसमा गरेका आ-आफ्ना सपनाका कुराले गर्दा मेरो प्रजाले मलाई बिर्सनेछन् भनी ठानेका छन्। 28कुनै अगमवक्ताले सपना देखेको छ भने त्यो सपनाको कुरा मात्र हो भनोस् तर कुनै अगमवक्ताले मेरो वचन सुनेको छ भने त्यो वचन इमानदारीसाथ सुनाओस्। गहुँसित परालको के तुलना हुन सक्छ र? 29मेरा वचन आगोजस्तै छ, चट्टानलाई चुर-चुर पार्ने एउटा घनझैँ छ। 30म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले एका-अर्काबाट झूटा कुरा चोर्दछन् र मेरा वचन हुन् भनी ती प्रचार गर्दछन्। 31म ती अगमवक्ताहरूका विरुद्धमा पनि छु, जसले आफ्नै कुरालाई पनि ती मेरा वचन हुन् भनी दाबी गर्दछन्। 32म परमप्रभु के भन्दछु, सुन! म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले झूटै-झूटले भरिएका आफ्ना सपनाहरू बताउँछन्। तिनीहरूले ती सपनाहरू बताएर मेरो प्रजालाई आफ्ना झूट र घमण्डका कुराले भर्माउँछन्। मैले तिनीहरूलाई पठाएको होइनँ, जाओ भनेको होइनँ र तिनीहरूबाट मेरा प्रजालाई केही सहायता हुनेछैन। म परमप्रभु बोलेको छु।”
परमप्रभुको बोझ
33परमप्रभुले मलाई भन्नुभयो, “ए यर्मिया, मेरा प्रजामध्ये कसैले वा कुनै अगमवक्ता तथा पूजाहारीले तँलाई ‘परमप्रभुको के सन्देश छ’ भनी सोध्यो भने तैँले त्यसलाई भन्नू, ‘तिमीहरू परमेश्वरका बोझ हौ र उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ’। 34‘परमप्रभुको बोझ’ भनी भन्ने त्यो मानिस वा अगमवक्ता वा पूजाहारीलाई तिनीहरूका परिवारसमेत म दण्ड दिनेछु। 35तर त्यसका सट्टामा ‘परमप्रभुले के जवाफ दिनुभयो? परमप्रभुले के भन्नुभयो?’ हरेकले आफ्ना मित्र र दाजु-भाइहरूलाई प्रश्न गरोस्। 36यसरी तिनीहरूले ‘परमप्रभुको बोझ’ भन्ने वाक्य कहिल्यै व्यवहार नगरून् किनकि यदि कसैले सो गर्यो भने मेरो सन्देश त्यसको निम्ति साँच्चै बोझ हुनेछ। मानिसहरूले आफ्ना जिउँदा परमेश्वर र सर्वशक्तिमान् परमप्रभुका वचन अपवित्र पारेका छन्। 37ए यर्मिया, अगमवक्ताहरूलाई यो प्रश्न गर्, ‘परमप्रभुले तिमीहरूलाई के जवाफ दिनुभयो? परमप्रभुले के भन्नुभयो?’ 38अनि तिनीहरूले मेरा आज्ञा मानेनन् र ‘परमप्रभुको बोझ’ भन्ने वाक्य व्यवहार गरे भने तिनीहरूलाई यसो भन् कि 39म साँच्चै तिनीहरूलाई अनि मैले तिनीहरू र तिनका पिता-पुर्खालाई दिएको सहरलाई उठाएर आफूबाट टाढा फ्याँकिदिनेछु। 40म तिनीहरूमाथि सदासर्वदाको लाज र कहिल्यै बिर्सन नसक्ने बदनामी ल्याउनेछु।”
अहिले सेलेक्ट गरिएको:
यर्मिया 23: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: