यर्मिया 5
5
यरूशलेमको पाप
1यरूशलेमका सडकहरूमा माथि-तल जा,
चारैतिर हेर् र विचार गर्। चोकहरूमा खोजेर हेर्, इमानदार काम गर्ने र सत्यको खोजी गर्ने एक जना मानिसलाई कतै तैँले भेट्टाइस् भने
म त्यस सहरलाई क्षमा गर्नेछु।
2‘जीवित परमप्रभुलाई साक्षी राखी’ तिनीहरू भन्छन्,
तापनि तिनीहरूले झूटा शपथ खान्छन्।
3निश्चय नै परमप्रभुले विश्वासयोग्यता खोज्नुहुन्छ।
उहाँले तिमीहरूलाई हिर्काउनुभयो,
तर तिमीहरूले ध्यानै दिएनौ
उहाँले तिमीहरूलाई चुर-चुर पार्नुभयो तर तिमीहरूले सिक्नै मानेनौ।
तिमीहरू हठी भएर आफ्ना पापहरूदेखि फर्केनौ।
4अनि मैले सोचें, “यिनीहरू सबै मूर्ख र अन्जान रहेछन्।
तिनीहरू मूर्ख बेहोराका छन्;
तिनीहरूबाट परमेश्वरले के कुराहरू चाहनुभएको र परमप्रभुले तिनीहरूले के गरेको चाहनुभएको छ भनी तिनीहरूले बुझ्दैनन्।
5म अधिकारीहरूकहाँ जानेछु
र तिनीहरूसँग कुरा गर्नेछु।
निश्चय नै तिनीहरूबाट
परमेश्वरले चाहनुभएका कुराहरू तिनीहरूले थाहा पाऊन्।”
परमप्रभुले चाहेका सबै कुराहरू बुझ्नेछन्।
तर सबैले परमप्रभुको अधिकार
शिरोपर गर्न अस्वीकार गरे
र उहाँको आज्ञा मान्न इन्कार गरे।
6त्यसकारण जङ्गलका सिंहहरूले तिनीहरूलाई मार्नेछन्;
जङ्गली ब्वाँसाहरूले तिनीहरूलाई
टुक्रा-टुक्रा पार्नेछन्
र चितुवाहरू उनीहरूका सहर-सहरहरूमा घुमफिर गर्नेछन्।
कोही बाहिर गए भने उनीहरूलाई टुक्रा-टुक्रा पारिनेछ
किनभने तिनीहरूका पाप अनगिन्ती छन्
र तिनीहरूले परमेश्वरलाई बारम्बार त्यागेका छन्।
7परमप्रभुले सोध्नुभयो,
“किन म मेरा प्रजाका पापहरू क्षमा गरूँ?
तिनीहरूले मलाई त्यागेका छन्
र तिनीहरूले झूटा ईश्वरहरूलाई पुजेका छन्।
तर मैले तिनीहरूलाई नअघाएसम्म खुवाएँ,
तिनीहरूले व्यभिचार गरिरहे
र तिनीहरूले वेश्यासित धेरै समय बिताए।
8तिनीहरू खुब पोसिएका र कामवासनाले मस्त भएका घोडाहरूजस्तै छन्,
प्रत्येक आफ्नै छिमेकीका स्वास्नीसित सुत्न लोभिएका छन्,
9के यस्ता पापका लागि म तिनीहरूलाई दण्ड नदिऊँ
र के म यस जातिमाथि बदला नलिऊँ?
10म शत्रुहरूलाई मेरा प्रजाका दाखबारीहरू काट्न पठाउनेछु
तर पूरै त नाश गर्न दिनेछैनँ।
म तिनीहरूलाई हाँगालाई लुछलाछ पार्न भन्नेछु
किनभने तिनीहरू मेरा प्रजा होइनन्।
11इस्राएल र यहूदाका मानिसहरूले मलाई सम्पूर्णरूपले
विश्वासघात गरेका छन्।
म परमप्रभु बोलेको छु।”
परमप्रभुद्वारा इस्राएलको इन्कार
12परमप्रभुका प्रजाले उहाँलाई इन्कार गरेका छन्। तिनीहरूले यसो भनेका छन्, “उहाँले वास्तवमा केही गर्नुहुन्न। हामीलाई कष्टको समय आउनेछैन। लडाइँ वा अनिकाल हुनेछैन।” 13तिनीहरू भन्छन् कि अगमवक्ताहरूले हावाका कुरा गर्छन्, तिनीहरूसित परमप्रभुको सन्देश छैन। तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै परून्। 14सर्वशक्तिमान् परमेश्वर परमप्रभुले मलाई भन्नुभयो, “हे यर्मिया, यी मानिसहरूले यस्ता कुरा भनेका कारणले म तेरो मुखमा मेरा वचनहरू आगोझैँ बनाउनेछु र यी मानिसहरूलाई चाहिँ दाउराझैँ बनाउनेछु र त्यस आगोले तिनीहरूलाई भस्म पार्नेछ।”
15हे इस्राएलका मानिसहरू हो, परमप्रभुले टाढाबाट एउटा जातिलाई तिमीहरूमाथि आक्रमण गर्न ल्याउँदै हुनुहुन्छ। त्यो एउटा बलियो प्राचीन जाति हो। तिनीहरूको भाषा तिमीहरूले बुझ्दैनौ। 16तिनीहरूका धनुर्धारी सिपाहीहरू बलिया लडाकुहरू छन् र तिनीहरूले दया नदेखाई मार्नेछन्। 17तिनीहरूले तिमीहरूका अन्न र खाने कुराहरू खाइहाल्नेछन्, तिमीहरूका छोरा-छोरीहरूका प्राण लिनेछन्। तिमीहरूका भेडा-बाख्राहरू र गाई-वस्तुहरू निलिहाल्नेछन् र तिमीहरूका दाख र नेभाराका बोटहरू नाश पार्नेछन्। तिमीहरूले भरोसा राखेका पर्खाल लाएका सहरहरू नष्ट गर्नेछन्।
18परमप्रभु भन्नुहुन्छ, “तापनि ती दिनमा म मेरा प्रजालाई पूरै नाश गर्नेछैनँ। 19जब मानिसहरूले तँलाई परमेश्वरले किन हामीसित यस्तो गर्नुभयो भनी सोध्छन्, तैँले तिनीहरूलाई यसो भन्नू, जसरी तिमीहरूले परमप्रभुलाई त्यागेर आफ्नो देशमा पराई देवताहरूको सेवा गर्यौ, त्यसरी नै तिमीहरूले बिरानो देशमा विदेशीहरूको सेवा गर्नेछौ।”
आफ्ना प्रजालाई परमेश्वरको चेतावनी
20परमप्रभु भन्नुहुन्छ, “याकूबका सन्तानलाई यसो भन, यहूदाका मानिसहरूलाई यो कुरा सुनाऊ: 21#यशैया 6:9,10; इजकिएल 12:2; मर्कूस 8:18ध्यान दिएर सुन, ए मूर्ख र बेसमझका मानिसहरू हो, जसका आँखाहरू त छन् तर देख्न सक्दैनन्, कानहरू त छन् तर सुन्न सक्दैनन्। 22#अय्यूब 38:8-11म परमप्रभु हुँ, तिमीहरू मसित डराउनुपर्दैन र? किन मेरो अगाडि थरथर काम्दैनौ? मैले समुद्रलाई बालुवाको सिमाना लाइदिएँ। त्यो समुद्रले नाँघ्न नसक्ने एउटा अटल घेरो भएको छ। समुद्रका छालहरू उठ्लान् तर त्यो सिमाना पार गर्न सक्दैन। ती छालहरू गर्जलान् तर त्यसलाई तोडेर नाँघ्न सक्दैन। 23तर तिमीहरूचाहिँ अति हठी र विद्रोही भएका छौ। तिमीहरूले मलाई त्यागेर अर्को बाटोतिर लागेका छौ। 24म तिमीहरूलाई वर्षाको झरी र चैत्त-बैशाखको झरी दुवै पठाइदिनेछु र हरेक साल अन्न काट्ने समय दिंदछु, तापनि तिमीहरूले कहिल्यै मलाई आदर गर्ने विचार गरेनौ। 25तिमीहरूको पापले गर्दा यी असल कुराहरू अब आउँदैनन्।
26“मेरा प्रजाको माझमा दुष्ट मानिसहरू बास गर्छन्, तिनीहरूचाहिँ चराहरूलाई पक्रन जालहरू फैलाउने मानिसहरूजस्तै ढुकी बस्छन् तर तिनीहरूले मानिसहरूलाई पक्रन आफ्ना पासोहरू थापेका छन्। 27जसरी शिकारीले चराहरूलाई आफ्नो पिंजडामा पार्छ, त्यसरी नै तिनीहरूले लुटेका मालहरूले आफ्ना घरहरू भरेका छन्। त्यसकारण तिनीहरू अझ धनी र सामर्थी भएका छन्। 28तिनीहरू खुब खाएर मोटाएका छन्। तिनीहरूका दुष्कर्महरूको अन्त छैन। तिनीहरूले टुहुरा-टुहुरीहरूका हक खोस्दछन्, अत्याचारमा परेकाहरूको न्याय गर्दैनन्।
29“तर म परमप्रभुले यी कामहरूका निम्ति तिनीहरूलाई दण्ड दिनेछु, म यस जातिसित साटो फेर्नेछु। 30यस देशमा डरलाग्दो र बीभत्स काम भएको छ। 31अगमवक्ताहरूले झूटो अगमवाणी कहन्छन्, पूजाहारीहरूले आफूखुसीले शासन गर्दै छन् र मेरो प्रजाले चाहिँ त्यस्तै मन पराउँछन्। तर अन्तमा यिनीहरूले के गर्ने हुन्?”
अहिले सेलेक्ट गरिएको:
यर्मिया 5: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: