यर्मिया 9
9
1मेरो शिर पानीको पोखरी र मेरा आँखा आँसुका धारा भएका हुँदा हुन् त म दिनरात मेरा मारिएका मानिसहरूको निम्ति रुनेथिएँ।
2मरुभूमि एउटा बास बस्ने पाटी हुँदो हो त म त्यहाँ गई आफ्ना मानिसहरूबाट टाढा हुनेथिएँ। यिनीहरू व्यभिचारी र विश्वासघातीहरूको एक हुल भएका छन्।
3धनु खेलाउने मानिसले काँड हान्न धनु चलाएझैँ तिनीहरूले झूट बोल्नलाई आफ्ना जिब्रो चलाउँछन्। सत्यले होइन तर बेइमानीले राज्य गर्दछ।
परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजाले एकोहोरो दुष्ट्याइँ गरिरहन्छन्। तिनीहरूले मलाई आफ्ना परमेश्वर भनी मान्दैनन्।”
4हरेक आफ्नो मित्रदेखि होशियार रहोस् र कसैले पनि आफ्नो दाजुभाइमा भरोसा नगरोस्। कारण दाजुभाइ याकूबझैँ छली छ र हरेकले आफ्नो मित्रको बदनामी गर्दछ।
5तिनीहरू सबैले आफ्ना मित्रलाई छल्दछन्, कसैले साँचो बोल्दैनन्। तिनीहरूले आफ्नो जिब्रोलाई झूट बोल्न सिकाएका छन्। तिनीहरूले पाप गरिरहन्छन् र पश्चात्ताप गर्न शिथिल भएका छन्।
6तिनीहरूले एउटा अत्याचारमाथि अर्को अत्याचार, एउटा छलमाथि अर्को छल गर्दछन् र मलाई चिन्न इन्कार गर्दछन् भनी परमप्रभु भन्नुहुन्छ।
7यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म सुन-चाँदी खारेझैँ मेरा प्रजालाई खार्नेछु र तिनीहरूको जाँच गर्नेछु। मेरा प्रजाले खराबी गरेका छन्। यसकारण म तिनीहरूसित अरू के गरूँ?
8“तिनीहरूका जिब्रा विषालु काँडझैँ छन्,
तिनीहरूले सधैँ झूट बोल्दछन्।
हरेकले आफ्नो छिमेकीसित मुखले त मीठो कुरा गर्छ तर मनले चाहिँ पासो थाप्छ।
9के म यी कुराका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?
के यस्तो जातिमाथि म साटो नफेरूँ?
म परमप्रभु बोलेको छु।”
10मैले भनें, “पर्वतहरूको निम्ति म शोक गर्नेछु र खर्कहरूको निम्ति रुनेछु किनभने ती सुकिसकेका छन् र कोही पनि ती ठाउँबाट जाँदैनन्। त्यहाँ गाई-वस्तु कराएको आवाज सुनिंदैन, पशु-पक्षीहरू पनि भागिसकेका छन्।”
11परमप्रभु भन्नुहुन्छ, “म यरूशलेमलाई ध्वंस गरेर स्यालहरू बास गर्ने ढुङ्गाको थुप्रो बनाउनेछु, यहूदाका सहरहरू नाश पारेर निर्जन बनाउनेछु, त्यहाँ कोही पनि बस्नेछैन।
12“यो बुझ्न सक्ने कुनचाहिँ ज्ञानी मानिस छ? यो कुरा घोषणा गरोस् भनी परमेश्वरले यस विषयमा कसलाई सिकाउनुभयो? किन यो देश विध्वंस भएर कसैले यात्रा गर्न नसकिने मरुभूमिजस्तै भयो?”
13परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजाले मैले दिएको शिक्षा त्यागी मेरो आज्ञा उलङ्घन गरेर मैले भनेका कुरा नगरेका हुनाले यसो भएको हो। 14त्यसका सट्टामा तिनीहरू हठी भएर तिनीहरूका पिता-पुर्खाहरूले सिकाएअनुसार बाल देवताका पछि लागेका छन्। 15यसकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले के गर्नेछु, त्यो सुन। म मेरा प्रजालाई खान ऐरेलु र पिउन विष दिनेछु। 16तिनीहरू वा तिनीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिहरूका बीचमा म तिनीहरूलाई तितरबितर पार्नेछु र तिनीहरू पूर्ण नाश नभएसम्म तिनीहरूका विरुद्धमा सेनाहरू पठाउनेछु।”
सहायताको लागि यरूशलेमका मानिसहरूको पुकार
17सर्वशक्तिमान् परमप्रभुले भन्नुभयो,
“के हुँदै छ, विचार गर।
शोकका गीत गाउने नारीहरूलाई
विलाप गर्न बोलाओ।”
18मानिसहरूले भने,
“अब चाँडो गरेर, हाम्रा आँखाबाट आँशु नझरेसम्म
रोएका आँखा नसुनिएसम्म
हाम्रा निम्ति एउटा शोकको गीत गाइदिन तिनीहरूलाई बोलाओ।”
19सियोनबासीहरू रोएका आवाजहरू सुनिँदै छ,
“अब त हामी नाश भयौं!
हामी पूर्णरूपमा बदनाम भएका छौं!
हामीले स्वदेश छोड्नैपर्छ;
हाम्रा घरहरू नष्ट भएका छन्।”
20मैले भनें,
“हे स्त्रीहरू, परमप्रभुको वचन सुन
र उहाँका वचनहरू ध्यानसित सुन।
तिमीहरूका छोरीहरूलाई विलाप गर्न सिकाओ र तिम्रा
मित्रहरूलाई शोकको गीत आउन सिकाओ।”
21बाटो-बाटोमा छोरा-छोरीहरू मार्दै,
बजारका चोकहरूमा युवाहरू ढाल्दै
झ्यालबाट मृत्यु घरभित्र पस्यो,
राजमहलभित्र पनि पस्यो।
22परमेश्वरले मलाई यसो भन्न लगाउनुहुन्छ,
“बारीका गरोहरूमा गोबर थुपारेझैँ,
बाली काटेर बारीमा छोडिराखेझैँ,
त्यो बाली कसैले फेरि नबटुलेझैँ
लाशका रास चारैतर्फ छरिएका छन्।”
23परमप्रभु भन्नुहुन्छ,
“ज्ञानी मानिसहरूले आफ्ना ज्ञानमा घमण्ड नगरोस्,
बलियाले आफ्नो बलमा घमण्ड नगरोस्,
धनीले आफ्नो धनमा घमण्ड नगरोस्।”
24 #
१ कोरिन्थी 1:31; २ कोरिन्थी 10:17 तर जसले घमण्ड गर्छ, त्यसले
मलाई चिनेको र बुझेको छ भनी घमण्ड गरोस्
किनकि मेरो प्रेम अटुट छ
र मेरो काम ठीक र न्यायी छ।
यिनै कुराहरूमा म प्रसन्न छु,
म परमप्रभु बोलेको छु।”
25-26परमप्रभु भन्नुहुन्छ, “हेर, त्यो समय आउँदै छ, जब म मिश्र, यहूदा, एदोम, अम्मोन, मोआबका मानिसहरू र आफ्नो देवताका निम्ति कपाल छोटो बनाउन खौरने मरुभूमिका मानिसहरूलाई दण्ड दिनेछु। यी जातिहरू लगायत इस्राएलीहरूको पनि हृदयको खतना भएको छैन। यी सबै जातिहरू बेखतनामा छन्।”
अहिले सेलेक्ट गरिएको:
यर्मिया 9: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: