यूहन्ना 14
14
बाटो, सत्य र जीवन
1येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू दु:ख नमान। तिमीहरूले आफ्नो भरोसा परमेश्वरमाथि राख र ममाथि पनि राख। 2मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन् र म तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदै छु। त्यस्तो नभए मैले तिमीहरूलाई यस्तो कुरा भन्ने नै थिइनँ। 3तिमीहरूको लागि ठाउँ तयार पारिसकेपछि म फर्केर आउनेछु र तिमीहरूलाई म भएकै ठाउँमा लैजानेछु अनि तिमीहरू मसँगै रहनेछौ। 4म जान लागेको ठाउँको बाटो त तिमीहरूलाई थाहै छ।”
5थोमाले भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, त्यो हामीलाई थाहा छैन अनि तपाईं जाने ठाउँको बाटो हामीलाई झन् कसरी थाहा हुन्छ र?”
6येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कुनै मानिस पनि पिताकहाँ पुग्न सक्दैन। 7तिमीहरूले मलाई साँचो रूपमा चिनेको भए मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि तिमीहरूले मेरा पितालाई चिन्नेछौ किनभने तिमीहरूले उहाँलाई देखिसकेका छौ।”
8फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ।”
9येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीहरूसँगै छु र पनि तिमीले मलाई चिन्दैनौ? मलाई देख्नेले पितालाई देखिसकेको छ। मलाई देखेर पनि तिमीले मलाई किन पिता देखाइदिनुहोस् भन्छौ? 10के तिमी ‘म पितामा छु र पिता ममा हुनुहुन्छ’ भन्ने कुरालाई विश्वास गर्दैनौ? तिमीहरूलाई भनेका कुरा मैले आफ्नै तर्फबाट भनेको होइनँ। ममा हुनुहुने पिताले नै आफ्नो काम मबाट गर्दै हुनुहुन्छ। 11म पितामा छु र पिता ममा हुनुहुन्छ भन्ने कुरालाई विश्वास गर। नभए मैले गरेका काम हेरेर ममा विश्वास गर।
12“साँच्चै म तिमीहरूलाई भन्छु, ममा विश्वास गर्नेले मैले गरेका जस्ता कामहरू गर्नेछ र अझै त्योभन्दा ठूला-ठूला कामहरू पनि गर्नेछ किनभने म पिताकहाँ जाँदै छु। 13तिमीहरूले मेरो नाउँमा जे मागे पनि मबाट पिताको महिमा होस् भनेर म तिमीहरूले मागेको कुरा पूरा गरिदिनेछु। 14तिमीहरूले कुनै कुरो मेरो नाउँमा माग्यौ भने म त्यो दिनेछु।
पवित्र आत्माको प्रतिज्ञा
15“यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मैले दिएको आज्ञा मान्छौ। 16म पितासँग माग्नेछु र उहाँले तिमीहरूलाई मेरो सट्टामा अर्का एक जना सहायक पठाइदिनुहुनेछ र उहाँचाहिँ सधैँभरि तिमीहरूसँगै रहिरहनुहुनेछ। 17उहाँ सत्यका आत्मा हुनुहुन्छ। तर संसारले उहाँलाई पाउन सक्दैन किनभने संसारले उहाँलाई न देख्छ नता चिन्छ। तर तिमीहरूले उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँगै रहनुहुन्छ र उहाँ तिमीहरूमा बास गर्नुहुनेछ। 18म तिमीहरूलाई टुहुराजस्तै पारेर छोड्दिनँ, म फेरि तिमीहरूकहाँ आउनेछु। 19अलि बेरपछि संसारले मलाई फेरि देख्नेछैन, तर तिमीहरूले भने मलाई देख्नेछौ। म फेरि जिउँदो भएको हुनाले तिमीहरू पनि जिउनेछौ। 20त्यस दिन ‘म मेरा पितामा छु अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु’ भन्ने कुरा तिमीहरूले बुझ्नेछौ। 21मेरो आज्ञालाई सुनेर पालन गर्ने नै मलाई प्रेम गर्ने मानिस हो। मलाई प्रेम गर्नेलाई पिताले पनि प्रेम गर्नुहुनेछ र म पनि उसलाई प्रेम गर्नेछु र उसकहाँ देखापर्नेछु।”
22यहूदा इस्करियोतचाहिँ होइन, तर अर्कै यहूदा भन्ने चेलाले येशूलाई भने, “प्रभु, किन तपाईं हामीकहाँ मात्र आफैंलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ चाहिँ गर्नुहुन्न?”
23येशूले जवाफ दिनुभयो, “मलाई प्रेम गर्नेहरूले मैले भनेका कुरा मान्दछन्। मेरा पिताले उनीहरूलाई प्रेम गर्नुहुनेछ अनि पिता र म उनीहरूकहाँ आएर उनीहरूसँगै बस्नेछौं। 24तर मलाई प्रेम नगर्नेहरूले मैले भनेका कुरा मान्दैनन्। तिमीहरूले सुनेका यो वचन मेरो तर्फबाट आएको होइन, तर मलाई पठाउनुहुने पिताको तर्फबाट नै आएको हो।
25“तिमीहरूसँगै रहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु। 26पिताले मेरो नाउँमा सहायता गर्न पठाउनुहुने पवित्र आत्माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले भनेका सबै कुराको सम्झना गराउनुहुनेछ।
27“म तिमीहरूलाई शान्ति दिएर जान्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु र यो संसारले दिनेजस्तो शान्ति होइन। आफ्नो मनलाई विचलित हुन नदेओ र नडराओ। 28‘म यहाँबाट जाँदै छु र फेरि तिमीहरूकहाँ फर्केर आउनेछु’ भनेर मैले भनेको कुरा त तिमीहरूले सुनिहाल्यौ। तिमीहरूले मलाई साँचो रूपले प्रेम गरेको भए त म पिताकहाँ जान लाग्दा तिमीहरू खुसी हुनेथियौ किनभने मभन्दा त पिता नै ठूलो हुनुहुन्छ। 29यी सबै कुरा हुनुभन्दा अघि नै मैले तिमीहरूलाई भनिसकेको छु र यी कुरा पूरा हुँदा तिमीहरूले विश्वास गर्नेछौ। 30अब त मैले तिमीहरूसँग अरू धेरै कुरा गर्न पाउँदिनँ किनभने यस संसारको राजा आउँदै छ। वास्तवमा त्यसले मलाई केही गर्न सक्दैन। 31तर सबै मानिसहरूले म पितालाई प्रेम गर्छु भनी जान्न सकून् भनेर म पिताको आज्ञालाई पालन गर्दै छु। उठ, अब हामी यस ठाउँबाट जाऔं।”
अहिले सेलेक्ट गरिएको:
यूहन्ना 14: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: