विलाप 3
3
दण्ड, पश्चात्ताप र आशा
1परमेश्वरको क्रोधको दण्ड पाउनु भनेको के हो, सो म जान्दछु।
2उहाँले मलाई उज्यालोको सट्टामा घोर अन्धकारमा धपाउनुभयो।
3उहाँले मेरो विरुद्ध घरीघरी हात उठाउनुभयो।
4उहाँले मेरो छाला र मासु चाउरी पारिदिनुभयो र मेरा हड्डीहरू भाँचिदिनुभयो।
5उहाँले मलाई कष्ट र वेदनाको बन्धनभित्र पार्नुभएको छ।
6उहाँले मलाई मृत्युको घोर अन्धकारभित्र राख्नुभएको छ।
7उहाँले मलाई गह्रौं साङ्लाले बाँध्नुभएको छ; उम्कने आशा नभएको म एक कैदी हुँ।
8सहायताको निम्ति म चिच्च्याई कराउँछु,
तर मेरो बिन्ती सुन्न उहाँले इन्कार गर्नुहुन्छ।
9उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ;
म जता जान्छु, त्यतै ढुङ्गाका पर्खालले मेरो बाटो थुन्नुहुन्छ।
10उहाँले मलाई भालुले झैँ बाटो ढुक्नुभयो
अनि सिंहले जस्तै आक्रमण गर्नुभयो।
11उहाँले मलाई बाटोबाट तर्काई लानुभयो,
अनि फहराएर टुक्रा-टुक्रा पारी मलाई छोड्नुभयो।
12उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो
र मलाई आफ्ना काँडहरूका तारो बनाउनुभयो।
13मेरो शरीरमा गहिरो गाड्ने गरी उहाँले काँड हान्नुभयो।
14दिनभरि मेरा मानिसहरूले मेरो हाँसो उडाउँछन्;
म तिनीहरूका निम्ति ठट्टाको एउटा विषय भएको छु।
15उहाँले मलाई चिराइतो खुवाउनुभयो;
पित्तले मेरो पेट भरिदिनुभयो।
16उहाँले मलाई धुलोमा कुल्चनुभयो;
रोडा चपाउन लाएर मेरा दाँतहरू भाँचिदिनुभयो।
17स्वस्थ, शान्ति र सुख के कुरा हुन्, मैले भुलिसकेको छु।
18अब मेरो बाँच्ने दिन धेरै छैन,
परमप्रभुबाट पाएको मेरो आशा हराइसक्यो।
19मेरो कष्टको चिन्ता, घररहितको चिन्ता तीतो विषझैँ भएको छ।
20ति कुरा म एकोहोरो सम्झिरहन्छु
र आत्मामा हताश हुँदैजान्छु।
21जब म यो एउटा कुरा सम्झन्छु;
यसैले मलाई आशा दिन्छ–
22परमप्रभुको अनन्त प्रेम र कृपा सदा रहिरहन्छ;
23प्रत्येक बिहानी ती ताजा रहन्छन्;
तपाईंको विश्वस्तता महान् छ।
24परमप्रभु नै मेरो सर्वश्व हुनुहुन्छ,
यसैकारण म उहाँमा आशा राख्दछु।
25परमप्रभुमाथि भरोसा गर्नेहरू सबैप्रति उहाँ भलो हुनुहुन्छ।
26धैर्यसाथ परमप्रभुको उद्धारको बाटो हेर्नु नै सर्वोत्तम कुरा हो।
27युवावस्थामा नै यस्तै धैर्य राख्न सिक्नु उत्तम कुरा हो।
28हामीमाथि कष्ट आइपर्दा शान्त अनि धैर्य भई एकलै बस्नु असल हुन्छ।
29हामी आफ्ना शिर भूइँसम्म निहुराउँछौं भने त्यसमा आशा हुन्छ।
30चुटाइ र बदनाम खानुपरे पनि हामीले यी सबै स्वीकार गर्नुपर्छ।
31परमप्रभु दयालु हुनुहुन्छ र उहाँले हामीलाई सदाको निम्ति त्याग्नुहुन्न।
32उहाँले हामीलाई दु:खमा पर्न दिनुभएपनि उहाँको प्रेम हाम्रो निम्ति निश्चित र महान् छ।
33उहाँले हामीलाई पीडा वा कष्ट दिंदा खुसी हुनुहुन्न।
34हाम्रा आत्मा कैदमा चुर्ण भएको कुरा उहाँले जान्नुहुन्छ।
35उहाँले हामीलाई दिनुभएको अधिकार हामीबाट खोसिएको कुरा उहाँलाई थाहा छ।
36न्यायालयमा न्याय बिगारेको कुरा उहाँलाई थाहा छ।
37परमप्रभुको इच्छा मात्र सधैँ पूरा हुन्छ।
38प्रभुको आज्ञाले मात्र असल र खराब दुवै हुन आउँछन्।
39आफ्नो पापको दण्ड पाउँदा हामीले किन गुनासो गर्नुपर्छ?
40हामी आफ्ना चालहरू जाँचौं र परमप्रभुकहाँ फर्कौं।
41हाम्रा हृदय स्वर्गका परमेश्वरप्रति खोलौं र प्रार्थना गरौं–
42“हामीले पाप गर्यौं र विरोधी भयौं।
हे परमप्रभु, तपाईंले हामीलाई क्षमा गर्नुभएको छैन।
43“तपाईंले हामीलाई खेद्नुभयो र मार्नुभयो;
तपाईंको कृपा तपाईंको क्रोधमा हरायो।
44हाम्रा प्रार्थना तपाईंकहाँ नपुगोस् भनेर बाक्लो बादलले तपाईंले आफूलाई ढाक्नुभयो।
45तपाईंले हामीलाई यस संसारको फोहोर-कसिङ्गरको रास तुल्याउनुभयो।
46“हाम्रा सबै शत्रुहरूले हामीलाई अपमानित गरेका छन्।
47विपत्ति र विध्वंस हामीमाथि आइपरेका छन्;
हामी खतरा र डरमा जिउनुपरेको छ।
48मेरो प्रजाको सर्वनाश देखेर मेरा आँखाबाट आँसुको धारा बग्छ।
49-50“जबसम्म परमप्रभुले हामीलाई माथि स्वर्गदेखि हेर्नुहुन्न,
मेरा आँखाबाट आँसु खोलाझैँ बगिरहन्छ।
51सहरका स्त्रीहरूका दुर्दशा देखेर मेरो हृदय दु:खित हुन्छ।
52“बिनाकारण मेरा शत्रुहरूले मलाई चराझैँ पासोमा पारे।
53तिनीहरूले मलाई जिउँदै खाडलमा हाले र ढुङ्गाले मलाई छोपिदिए।
54पानी मेरो शिरसम्मै आयो
र मैले सोचें, अब मेरो मृत्यु नजिक आयो।
55“हे परमप्रभु, खाडलको गहिराइदेखि मैले तपाईंलाई पुकारें।
56तपाईंले सहायताको मेरो पुकार सुन्नुभयो।
57नडरा भनी तपाईंले मलाई जवाफ दिनुभयो।
58“प्रभु, तपाईं मेरो छुटकाराको निम्ति आउनुभयो
र मेरो प्राणलाई बचाउनुभयो।
59मेरो पक्षमा न्याय गरिदिनुहोस्;
ममाथि अत्याचार भएको तपाईंले देख्नुभएको छ।
60शत्रुहरूले मलाई घृणा गरेका,
र मेरो विरुद्धमा जाल रचेका कुरा तपाईंले जान्नुहुन्छ।
61“हे परमप्रभु, तिनीहरूले मलाई गरेका निन्दा तपाईंले सुन्नुभएको छ;
तपाईंले तिनीहरूका सबै जालझेलहरू जान्नुहुन्छ।
62दिनभरि नै तिनीहरूले मेरो बारेमा कुरा गर्छन् र जुक्तिहरू रच्छन्।
63बिहानदेखि रातीसम्म तिनीहरूले मेरो ठट्टा गर्छन्।
64“हे परमप्रभु, तिनीहरूको कामअनुसार तिनीहरूलाई उचित दण्ड दिनुहोस्।
65तिनीहरूलाई सराप दिनुहोस् र तिनीहरूलाई निराशाले भरिदिनुहोस्!
66आफ्नो क्रोधमा तिनीहरूलाई खेद्नुहोस् र पृथ्वीबाट तिनीहरूलाई नाश गरिदिनुहोस्!”
अहिले सेलेक्ट गरिएको:
विलाप 3: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: