एक दिन येशू चेलाहरूसँग नाउमा चढ्नुभयो र उनीहरूलाई “हामी तालको पारिपट्टि जाऔं भन्नुभयो।” उहाँहरू गइहाल्नुभयो। जाँदाजाँदै येशू निदाउनुभयो। तालमा ठूलो आँधीबेहरी चल्न लाग्यो, नाउ पानीले भरिन लाग्यो र तिनीहरू ठूलो आपत्मा परे। त्यसो हुँदा चेलाहरूले आएर येशूलाई उठाउँदै भन्न लागे, “गुरुज्यू, हे गुरुज्यू, हामीहरू त मर्न आँटिसक्यौं।” यो सुनेर येशू उठ्नुभयो र आँधीबेहरीलाई हकार्नुभयो। त्यति नै खेर आँधीबेहरी थामियो र सबै शान्त भइहाल्यो। येशूले चेलाहरूलाई भन्नुभयो, “खै, तिमीहरूको विश्वास?” तिनीहरू छक्कै परे, उहाँको शक्ति देखेकोले डराउँदै यसरी आपसमा कुरा गर्न लागे, “उहाँ को हुनुहुन्छ? उहाँले हकारेपछि त छाल र आँधीबेहरीले समेत उहाँको आज्ञा मान्दा रहेछन्।”
लूका 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 8:22-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू