मर्कूस 10
10
छुटानामको बारेमा येशूको शिक्षा
(मत्ती १९:१-१२; लूका १६:१८)
1येशू त्यो ठाउँ छोडेर यहूदिया क्षेत्र र यर्दन नदीको पारिपट्टि जानुभयो। फेरि पनि धेरै मानिसहरूको घुइँचो लाग्यो अनि उहाँले सधैँजस्तै तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो।
2फरिसीहरू आएर येशूलाई कुरामा फसाउन खोजे। तिनीहरूले उहाँलाई सोधे, “भन्नुहोस् त, लोग्नेले आफ्नी स्वास्नीलाई त्याग्नुहुन्छ कि हुँदैन?” 3येशूले तिनीहरूलाई सोध्नुभयो, “मोशाले के आज्ञा दिएका छन्?” 4#व्यवस्था 24:1-4; मत्ती 5:31तिनीहरूले भने, “मोशाले त त्यागपत्र लेखेर आफ्नी स्वास्नीलाई त्यागे पनि हुन्छ भनेका छन्।” 5येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको अट्टेरी मनको कारण उनले यो आज्ञा दिएका हुन्। 6#उत्पत्ति 1:27; 5:2तर सृष्टिको सुरुमा परमेश्वरले मानिस जातिलाई पुरुष र स्त्री गरी बनाउनुभएको हो। 7#उत्पत्ति 2:24‘यसैकारण लोग्ने मानिसले आफ्ना आमा-बुबालाई छोडेर आफ्नी स्वास्नीसँगै बस्छ। 8अनि ती दुई जना एउटै हुन्छन्’। अब त तिनीहरू दुई होइनन्, तर एउटै हुन्। 9अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।”
10उहाँहरू घर फर्केपछि चेलाहरूले येशूलाई यस कुराको बारेमा सोधे। 11#मत्ती 5:32; १ कोरिन्थी 7:10,11उहाँले तिनीहरूलाई भन्नुभयो, “आफ्नी स्वास्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने लोग्ने मानिसले पहिलो स्वास्नीको विरुद्धमा व्यभिचार गर्छ। 12त्यसै गरी आफ्नो लोग्नेलाई त्यागेर अर्कोसित बिहे गर्ने स्वास्नी मानिसले पनि व्यभिचार नै गर्छे।”
साना बालकहरूलाई आशीर्वाद
(मत्ती १९:१३-१५; लूका १८:१५-१७)
13येशूले आफ्नो हात राखेर आशिष् देऊन् भनेर मानिसहरूले आफ्ना केटा-केटीहरूलाई उहाँकहाँ ल्याए। यो देखेर चेलाहरूले ती मानिसहरूलाई हकारे। 14येशूले यो देखेर आफ्ना चेलाहरूलाई हप्काएर भन्नुभयो, “केटा-केटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्वरको राज्य त यस्तैहरूको लागि नै हो। 15#मत्ती 18:3साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यलाई केटा-केटीहरूले जस्तै गरी नलिएसम्म कोही पनि त्यसभित्र पस्न पाउनेछैन।” 16अनि उहाँले ती केटा-केटीहरूलाई आफ्नो काखमा लिनुभयो र एक-एक जनामाथि हात राखेर आशीर्वाद दिनुभयो।
धनी मानिस
(मत्ती १९:१६-३०; लूका १८:१८-३०)
17येशू त्यहाँबाट जान लाग्नुहुँदा एक जना मानिस दगुर्दै आएर उहाँको पाउमा परी सोधे, “हे असल गुरु, अजम्मरी जीवन पाउन मैले के गर्नुपर्छ?” 18येशूले तिनलाई भन्नुभयो, “तिमी किन मलाई असल भन्छौ? परमेश्वर बाहेक कोही पनि असल छैन। 19#प्रस्थान 20:13; व्यवस्था 5:17; प्रस्थान 20:14; व्यवस्था 5:18; प्रस्थान 20:15; व्यवस्था 5:19; प्रस्थान 20:16; व्यवस्था 5:20; प्रस्थान 20:12; व्यवस्था 5:16परमेश्वरका धार्मिक आज्ञाहरू त तिमीलाई थाहै छ, मान्छे नमार्नू, व्यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू, नठग्नू र आमा-बुबाको आदर गर्नू।” 20तिनले जवाफ दिएर भने, “गुरु, यी सबै आज्ञा त मैले सानैदेखि मान्दैआएको छु।” 21येशूले तिनलाई माया गरेर हेर्नुभयो र भन्नुभयो, “अब तिमीले एउटै काम गर्न बाँकी छ। गएर आफ्ना सबै धन-सम्पत्ति बेचेर पैसा गरीबहरूलाई देओ र तिमीले स्वर्गीय धन पाउनेछौ अनि मेरो पछि लाग।” 22यो कुरा सुनेर ती मानिसले अँध्यारो मुख लगाए र ठूलो पीर मान्दै गए किनभने तिनको धेरै धन-सम्पत्ति थियो।
23येशूले चारैतिर हेरेर चेलाहरूलाई भन्नुभयो, “धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो हुँदोरहेछ।” 24येशूको कुरा सुनेर चेलाहरूलाई अचम्म लाग्यो। अनि येशूले अझै भन्दै जानुभयो, “बालक हो! परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो छ। 25धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला।” 26यो सुनेर चेलाहरूले झन् छक्कै परेर सोधे, “त्यसो भए कसले मुक्ति पाउन सक्छ त?” 27येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने काम हो, तर परमेश्वरबाट भने हुन सक्छ किनभने परमेश्वरबाट सबै काम हुन सक्छ।”
28अनि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं।” 29येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मेरो लागि र सुसमाचारको खातिर आफ्ना आमा-बुबा, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी, घरबार, जग्गा-जमिन छोड्नेले 30योभन्दा सय गुणा बढी पाउनेछ। सतावट र दु:खको साथै अहिले नै उसले आमा-बुबा, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी, घरबार, जग्गा-जमिन पाउनेछ अनि आउने युगमा चाहिँ अजम्मरी जीवन पाउनेछ। 31#मत्ती 20:16; लूका 13:30तर अहिले पहिला हुनेहरूमध्ये धेरै जना पछि पर्नेछन् र अहिले पछि हुनेहरू धेरै जना पहिला हुनेछन्।”
येशूले तेस्रो पल्ट आफ्नो मृत्युको चर्चा गर्नुभएको
(मत्ती २०:१७-१९; लूका १८:३१-३४)
32येशू र उहाँका चेलाहरू यरूशलेम जाँदै थिए। येशू चेलाहरूका अघि-अघि हिंड्दै हुनुहुन्थ्यो। चेलाहरू छक्क परेका थिए र पछि-पछि आउने मानिसहरूचाहिँ डराएका थिए। फेरि पनि येशूले आफ्ना बाह्र जना चेलाहरूलाई एकातिर बोलाएर आफूमाथि आइपर्ने दु:खको बारेमा भन्नुभयो, 33“सुन, हामी यरूशलेम जाँदै छौं। त्यहाँ पुगेर मानव पुत्र मुख्य पूजाहारी र धर्म-गुरुहरूका हातमा पक्रेर सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्यु दण्ड दिनुपर्छ भनेर अरू जातिका मानिसहरूको जिम्मा लगाउनेछन्। 34तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, थुक्नेछन्, कोर्रा लगाउनेछन् र आखिरमा मार्नेछन्। तर तेस्रो दिनमा ऊ मरेकोबाट बिउँतनेछ।”
याकूब र यूहन्नाको बिन्ती
(मत्ती २०:२०-२८)
35त्यसपछि जब्दियाका दुई छोरा याकूब र यूहन्ना येशूकहाँ आएर उहाँलाई भने, “गुरु, हाम्रो मनको इच्छा पूरा गरिदिनुहोस् भनेर हामी बिन्ती चढाउन आएका हौं।” 36“भन त के चाहियो?” येशूले सोध्नुभयो। 37तिनीहरूले जवाफ दिए, “हजुरको महिमित राज्यमा हामी दाजुभाइ हजुरको दाहिने र देब्रेपट्टि बस्न पाऔं।” 38#लूका 12:50येशूले भन्नुभयो, “तिमीहरूले के माग्दै छौ, तिमीहरूलाई थाहै छैन। के मैले पिउनुपर्ने दु:खको घुड्को तिमीहरूले पनि पिउन सक्छौ? मैले लिनुपर्ने बप्तिस्मा के तिमीहरूले पनि लिन सक्छौ?” 39तिनीहरूले सक्छौं भनेर जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्नुभयो, “हो, मैले पिउनुपर्ने घुड्को तिमीहरूले पनि पिउनेछौ र मैले लिनुपर्ने बप्तिस्मा तिमीहरूले पनि लिनेछौ। 40तर मेरो दाहिने र देब्रेपट्टि बस्नचाहिँ मैले दिने कुरा होइन। यी ठाउँहरू त परमेश्वर आफैंले जसको लागि ठीक पार्नुभएको छ, उसैलाई दिनुहुनेछ।”
41यी कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ याकूब र यूहन्नासँग रिसाए। 42#लूका 22:25,26अनि येशूले तिनीहरू सबैलाई एउटै ठाउँमा बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहै छ, संसारमा राज्य गर्नेहरूले प्रजामाथि आफूखुसी गरेर हक चलाउँछन् अनि ठूला मानिसले अरूहरूमाथि अधिकार जमाउँछन्। 43#मत्ती 23:11; मर्कूस 9:35; लूका 22:26तर तिमीहरूमा चाहिँ त्यस्तो हुनुहुँदैन। तिमीहरूमध्ये ठूलो हुन खोज्नेले सबैको सेवा गर्नुपर्छ। 44सबैभन्दा ठूलो हुन चाहने चाहिँ सबैको नोकर हुनुपर्छ 45किनभने म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरै जनालाई छुटकारा दिन भनेर आफ्नै प्राण त्यागिदिन आएको हुँ।”
अन्धो बारतिमै
(मत्ती २०:२९-३४; लूका १८:३५-४३)
46येशू चेलाहरूसँग यरीहो सहरमा आइपुग्नुभयो। त्यो सहर छोडेर जाँदा धेरै मानिसहरू उहाँहरू सँगसँगै आए। बाटोको छेउमा तिमैको छोरो बारतिमै भन्ने एक जना अन्धो माग्ने बसिरहेको थियो। 47नासरतका येशू आउनुभएको थाहा पाएर उसले कराउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस्!”
48धेरै जनाले उसलाई चुप लाग् भनेर हप्काए। तर उसले झन् साह्रो गरी चिच्च्याएर भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस्!” 49हिंड्दाहिंड्दै येशूले टक्क अडिएर भन्नुभयो, “उसलाई यता बोलाओ!” तिनीहरूले त्यस अन्धोलाई बोलाएर भने, “तिमी खुसी होऊ, उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ, छिटो आऊ!” 50ऊ आफ्नो खास्टो फ्याँक्दै उठ्यो र येशूकहाँ आयो। 51येशूले उसलाई सोध्नुभयो, “तिम्रो लागि मैले के गरूँ?” “गुरु, मैले आँखा देख्न पाऊँ!” अन्धोले बिन्ती चढायो। 52येशूले भन्नुभयो, “जाऊ, तिम्रो विश्वासले गर्दा अब तिमी आँखा देख्ने भयौ।” त्यति नै खेर ऊ आँखा देख्ने भयो र येशूको पछि लाग्यो।
अहिले सेलेक्ट गरिएको:
मर्कूस 10: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: