मर्कूस 14
14
येशूलाई मार्न खोजेको
(मत्ती २६:१-५; लूका २२:१-२; यूहन्ना ११:४५-५३)
1 #
प्रस्थान 12:1-27
खमिर नहालेको रोटी खाने मुक्ति-दिवस भन्ने चाड आउन दुई दिन बाँकी थियो। मुख्य पूजाहारी र धर्म-गुरुहरूले येशूलाई सुटुक्क मार्ने दाउ खोजिरहेका थिए। 2तर तिनीहरूले यस्तो विचार गरे, “चाडको बेलामा चाहिँ हामीले यो काम गर्नुहुँदैन, नत्रभने मानिसहरूमा ठूलो गोल-माल मच्चिनेछ।”
बेथानियामा येशूलाई अभिषेक गरेको
(मत्ती २६:६-१३; यूहन्ना १२:१-८)
3 #
लूका 7:37,38 येशू बेथानिया गाउँमा सिमोन कुष्ठरोगीको घरमा जानुभयो। उहाँले खाइरहँदा एउटी स्त्री सिङ्गमरमरको भाँडाभरि धेरै महँगो अत्तर लिएर आइपुगिन्। त्यो सकली अत्तर जटामसी भनिने बोटबाट बनाइएको थियो। उनले त्यो भाँडो नै फोरेर येशूको टाउकोमा खन्याइदिइन्। 4उनले यसो गरेको सहन नसकेर कति जना मानिसहरूले एक-अर्कालाई भने, “यति महँगो अत्तर किन त्यसै खेर फालेको? 5बरु यसलाई बेचेर त्यसबाट आएको पैसा गरीबहरूलाई बाँडिदिएको भए हुन्थ्यो नि! यो बेचेको भए तीन सयभन्दा पनि बढी चाँदीका सिक्का आउनेथियो।” यसरी तिनीहरूले ती स्त्रीलाई झपारे।
6तर येशूले भन्नुभयो, “भइहाल्यो, किन तिमीहरू यिनलाई कचकच गर्छौ? यिनले मेरो लागि एउटा असल काम गरेकी छन्। 7#व्यवस्था 15:11गरीबहरू त तिमीहरूसँग सधैँ हुन्छन् अनि उनीहरूको जहिले पनि भलाइ गर्न सक्छौ! तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ। 8उनले जे गर्न सकिन्, त्यही गरिन्। यो अत्तर खन्याएर उनले मेरो शरीरलाई म मर्नुभन्दा अघि नै गाड्नको लागि तयार पारेकी हुन्। 9साँच्चै म तिमीहरूलाई भन्छु, संसारभरिमा जहाँ-जहाँ मैले ल्याएको सुसमाचार सुनाइनेछ, त्यहाँ-त्यहाँ यिनले गरेको यस कामको पनि सम्झना गरिनेछ।”
यहूदा येशूलाई पक्राइदिन तयार भएको
(मत्ती २६:१४-१६; लूका २२:३-६)
10येशूका बाह्र जना चेलाहरूमध्ये यहूदा इस्करियोत भन्नेले मुख्य पूजाहारीहरूकहाँ गएर येशूलाई पक्रेर सुम्पिदिने कुरा गर्यो। 11यहूदाको कुरा सुनेर मुख्य पूजाहारीहरू एकदमै खुसी भएर उसलाई पैसा दिने कुरा गरे। त्यस बेलादेखि यहूदाले येशूलाई पक्राइदिने मौका खोज्न लाग्यो।
येशूले चेलाहरूसँग अन्तिम भोज खानुभएको
(मत्ती २६:१७-३०; लूका २२:७-२३; यूहन्ना १३:२१-३०; १ कोरिन्थी ११:२३-२५)
12खमिर नहालेको रोटी खाने मुक्ति-दिवस चाडको पहिलो दिन आइपुगेको थियो। त्यही दिनमा इस्राएलीहरूले भेडाको पाठोलाई बलि दिनेगर्थे। येशूका चेलाहरूले उहाँलाई सोधे, “हामी कहाँ गएर तपाईंको लागि चाडको भोज ठीक पारौं त?”
13येशूले दुई जना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सहरमा जाओ, त्यहाँ तिमीहरूले गाग्रोमा पानी बोकेर एक जना मानिस गइरहेको भेट्नेछौ। उसकै पछि-पछि जाओ अनि जुन घरमा ऊ पस्छ, 14त्यही घरको मालिकलाई ‘म आफ्ना चेलाहरूसँग बसेर मुक्ति-दिवस चाडको भोज खाने कोठा कहाँ छ?’ भनेर गुरुले सोध्नुभएको छ भनिदेओ। 15उनले तिमीहरूलाई माथिल्लो तलामा सजिसजाउ पारेको फराकिलो कोठा देखाइदिनेछन्। त्यहीं नै हाम्रो लागि भोज ठीकठाक पार।” 16चेलाहरू सहरमा जाँदा सबै कुरा येशूले भन्नुभएजस्तै भेटे अनि तिनीहरूले मुक्ति-दिवस चाडको भोज त्यहीं नै ठीक पारे। 17बेलुका येशू बाह्र जना चेलाहरूसँग आइपुग्नुभयो। 18#भजनसंग्रह 41:9भोज खाँदाखाँदै येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूकै बीचबाट मसँगै खाने एक जनाले मलाई पक्राइदिनेछ।” 19यो सुनेर चेलाहरूलाई दु:ख लाग्यो र एक-एक गरी उनीहरूले येशूलाई सोधे, “साँच्चै मलाई त भन्नुभएको होइन?”
20येशूले भन्नुभयो, “तिमीहरू बाह्र जनामध्ये एक जना हौ, जसले चाहिँ मसँगै रोटी चोपिरहेको छ। 21धर्मशास्त्रमा लेखिएजस्तै मानव पुत्र त जानु नै पर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले मानव पुत्रलाई पक्राइदिनेछ! त्यसले त बरु जन्मै नलिएको भए बेस हुने थियो।” 22खाइरहेको बेलामा येशूले रोटी लिएर परमेश्वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिंदै भन्नुभयो, “यो लेओ, यो मेरो शरीर हो।” 23त्यसपछि उहाँले कचौरा पनि लिनुभयो, परमेश्वरलाई धन्यवाद चढाएर चेलाहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए। 24#प्रस्थान 24:8; यर्मिया 31:31-34अनि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरै मानिसहरूका लागि बगाइनेछ। 25साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यमा नयाँ गरी नपिउञ्जेलसम्म म फेरि दाखमद्य पिउनेछैनँ।” 26उनीहरूले एउटा भजन गाएपछि जैतुन डाँडातिर लागे।
येशूले पत्रुसलाई सम्झाउनुभएको
(मत्ती २६:३१-३५; लूका २२:३१-३४; यूहन्ना १३:३६-३८)
27 #
जकरिया 13:7
त्यस बेला येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मलाई छोडेर भाग्नेछौ किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ–
म गोठालालाई मार्नेछु
र भेडाहरू तितरबितर भएर भाग्नेछन्।
28 #
मत्ती 28:16
“तर मरेकोबाट बिउँतेपछि म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।” 29यतिकैमा पत्रुसले येशूलाई भने, “सबैले छोडेर भागे पनि मचाहिँ तपाईंलाई कहिल्यै पनि छोड्नेछैनँ।”
30येशूले पत्रुसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्छु, भोलि बिहान भाले दुई पटक बास्नुअघि नै तिमीले चिन्दै चिन्दिनँ भनेर मलाई तीन पल्टसम्म इन्कार गर्नेछौ।” 31तर पत्रुसले अझै जोड दिएर भने, “तपाईंसँगै मर्नुपरे पनि म तपाईंलाई चिन्दिनँ भनेर भन्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यसै भने।
गेतसमनी बगैँचामा येशूको प्रार्थना
(मत्ती २६:३६-४६; लूका २२:३९-४६)
32त्यसपछि येशू आफ्ना चेलाहरूसँग गेतसमनी भन्ने बगैँचामा जानुभयो। त्यहाँ पुगेर उहाँले चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरुञ्जेल तिमीहरू यहीं बसिराख।” 33तर पत्रुस, याकूब र यूहन्नालाई चाहिँ उहाँले आफूसँगै लानुभयो। उहाँको मन पीडाले असाध्यै छट्पटाउन लाग्यो। 34अनि उहाँले चेलाहरूलाई भन्नुभयो, “मेरो मन दु:खले छट्पटिएर मुटु नै फुट्लाजस्तो भइरहेछ। तिमीहरू यहीं जागा भएर बस।” 35उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्टो परी ‘हुन सके आउन लागेको कष्टको समय मदेखि हटोस्’ भनेर प्रार्थना गर्न लाग्नुभयो। 36उहाँले यसो भन्दै प्रार्थना गर्नुभयो, “हे पिता, हे मेरा पिता, तपाईंले सबै कुरा गर्न सक्नुहुन्छ। अबचाहिँ यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तर पनि मेरो इच्छा त होइन, तपाईंकै इच्छा पूरा होस्।”
37येशू उठेर तीन जना चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, के तिमी निदाइहालेको? तिमी एक घण्टा पनि जागा बस्न सक्दैनौ? 38तिमीहरूले ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्चै आत्माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।”
39फेरि गएर येशूले अघिकै कुरा दोहोर्याएर प्रार्थना गर्नुभयो। 40अनि फेरि चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू फेरि निदाइरहेका रहेछन्। तिनीहरूले आँखा उघार्नै सकेनन् र तिनीहरूलाई उत्तर दिने कुरा पनि केही आएन।
41तेस्रो चोटि चेलाहरू भएको ठाउँमा फर्की आएर येशूले भन्नुभयो, “के तिमीहरू अझै सुतेर आराम लिंदै छौ? अब सुत्ने बेला गयो। म मानव पुत्र पक्राउ परेर पापी मानिसको हातमा सुम्पिइने बेला भइसक्यो। 42अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस आइसकेछ।”
येशू पक्राउ पर्नुभएको
(मत्ती २६:४७-५६; लूका २२:४७-५३; यूहन्ना १८:३-१२)
43येशूले कुरा गर्दागर्दै बाह्र जनामध्ये यहूदा भन्ने एक जना चेलाचाहिँ त्यहाँ आइपुग्यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको दल थियो। तिनीहरूलाई मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरूले पठाएका थिए। 44पक्राइदिने यहूदाले ती मानिसहरूलाई यसो भनेको थियो, “जसलाई म म्वाइँ खान्छु, त्यही नै येशू हो, त्यसलाई नै पक्रिएर पहरा दिई लैजानू।” 45अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु!” भनेर म्वाइँ खायो। 46त्यति बेला नै तिनीहरूले येशूलाई पक्रे। 47तर उहाँको नजिकै उभिएको एक जनाले तरवार थुत्यो र हानेर प्रधान पूजाहारीको नोकरको कान काटिदियो।
48येशूले तिनीहरूलाई भन्नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आएका? 49#लूका 19:47; 21:37मैले दिनहुँ तिमीहरूसँगै बसेर मन्दिरमा शिक्षा दिंदा खै मलाई पक्रने आँट गरेनौ! तैपनि धर्मशास्त्रमा लेखिएको कुरा पूरा हुन आउनु नै पर्छ!” 50त्यति नै खेर सबै चेलाहरू येशूलाई छोडेर भागिहाले।
51एउटै मात्र लुगा बेरेको एक जना तन्नेरीले येशूलाई पछ्यायो अनि तिनीहरूले उसलाई पनि पक्रे। 52तर उसले आफ्नो लुगै छोडेर नाङ्गै भाग्यो।
महासभाको सामुन्ने येशू
(मत्ती २६:५७-६८; लूका २२:५४-५५,६३-७१; यूहन्ना १८:१३-१४,१९-२४)
53तिनीहरूले येशूलाई प्रधान पूजाहारीका घरमा लगे। अनि मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरू त्यहाँ भेला भए। 54पत्रुसचाहिँ येशूलाई परैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनभित्रै पसे अनि पालेहरूसँगै बसेर आगो ताप्न लागे।
55मुख्य पूजाहारी र सभाका अरू सबै सदस्यहरूले येशूलाई ज्यान सजाय दिनु नै पर्छ भनेर प्रमाण खोज्न लागे। तर तिनीहरूले एउटै प्रमाण पनि फेला पारेनन्। 56येशूको विरोधमा धेरैले झूटा साक्षी बके, तर कसैको कुरा पनि मिलेन। 57त्यसपछि कति जनाले उठेर येशूको विरोधमा यस्तो झूटो दोष लगाए, 58#यूहन्ना 2:19“मानिसले बनाएको यो मन्दिरलाई भत्काएर मानिसले नबनाएको मन्दिर म तीन दिनमै बनाउँछु भनी यसले भनेको हामी आफैंले सुन्यौं।” 59तैपनि तिनीहरूको बयान मिलेन।
60प्रधान पूजाहारीले सबैका अगाडि उभिएर येशूलाई सोधे, “ए, किन जवाफ नदिएको? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा केही भन्नु छैन?” 61तर येशू चुप नै लाग्नुभयो। उहाँले केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ साँच्चै पवित्र परमेश्वरको पुत्र ख्रीष्ट नै होस् त?” 62#दानिएल 7:13येशूले जवाफ दिनुभयो, “हो, म हुँ अनि एक दिन तपाईंहरूले म मानव पुत्रलाई सर्वशक्तिमान् परमेश्वरको दाहिनेपट्टि सिंहासनमा बसिरहेको अनि स्वर्गबाट बादलमा आउँदैगरेको देख्नुहुनेछ!” 63यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्नो लुगा च्यात्दै भने, “अब हामीलाई अरू के प्रमाण चाहियो र? 64#लेवी 24:16यसले गरेको परमेश्वरको निन्दा तिमीहरूले सुनिहाल्यौ। लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसलाई ज्यान सजाय दिनैपर्छ!” सबैले भने 65तिनीहरूमध्ये कति जनाले उहाँलाई थुक्न लागे अनि उहाँको आँखा छोपेर पिट्दै भने, “लौ भन् त, तँ अगमवक्तालाई कसले पिट्यो?” सभाका सिपाहीहरूले पनि उहाँलाई पिट्दै लगे।
पत्रुसले येशूलाई चिन्दिनँ भनेका
(मत्ती २६:६९-७५; लूका २२:५६-६२; यूहन्ना १८:१५-१८,२५-२७)
66पत्रुस तल आँगनमै बसिरहेका थिए। त्यति बेला प्रधान पूजाहारीकी एउटी नोकर्नी आई र पत्रुसलाई आगो ताप्दैगरेको देखी। 67उसले पत्रुसलाई नियाल्दै हेरेर भनी, “तिमी पनि त नासरतका येशूसँगै थियौ नि, होइन र?”
68पत्रुसले जवाफ दिए, “होइन, तिमीले यो कस्तो कुरा गरेकी, म त केही बुझ्दिनँ।” त्यसपछि पत्रुस आँगनको ढोकातिर गए र त्यति नै खेर भाले बास्यो।
69पत्रुसलाई ढोकानेर पनि देखेर त्यस नोकर्नीले त्यहाँ भएका मानिसहरूलाई फेरि भनी, “यिनी पनि येशूकै चेला हुन्!”
70तर पत्रुसले फेरि पनि होइन भने। केही बेरपछि त्यहाँ उभिने मानिसहरूले पत्रुसलाई फेरि भने, “अब तिमीले होइन भन्न पाउँदैनौ। तिमी पनि गालीली हौ र उनकै चेला हौ।”
71फेरि पनि पत्रुसले किरिया हालेर भने, “मैले ढाँटेको हो भने परमेश्वरको दण्ड ममाथि परोस्, तपाईंले भनेको मान्छेलाई त म चिन्दै चिन्दिनँ।”
72त्यसो भन्नेबित्तिकै अर्को चोटि पनि भाले बासिहाल्यो र ‘भाले दुई पटक बास्नुभन्दा अघि तिमीले मलाई तीन पल्टसम्म चिन्दै चिन्दिनँ भन्नेछौ’ भनी येशूले भन्नुभएको कुरा पत्रुसले सम्झे अनि उनी धुरुधुरु रुन लागे।
अहिले सेलेक्ट गरिएको:
मर्कूस 14: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: