नहेम्याह 12
12
लेवी र पूजाहारीहरूको सूची
1शालतिएलका छोरा यरुबाबेल र येशूअ मुख्य पूजाहारीसँग कैदबाट फर्की आएका पूजाहारी र लेवीहरू यी हुन्:
2-7पूजाहारीहरू:
सरायाह, यर्मिया, एज्रा,
अमर्याह, मल्लूक, हत्तूश,
शकन्याह, रेहूम, मरेमोत,
इद्दो, गिन्नतोन, अबिया,
मियामीन, मदाहा, बिल्गा,
शमायाह, योयारीब, यदायाह,
सल्लू, अमोक, हिल्कियाह र यदायाह।
येशूअका पालामा सबै पूजाहारीहरूका बीचमा यिनीहरू अगुवा थिए।
8लेवीहरू:
धन्यवादी भजन गाउन येशूअ, बिन्नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्याह जिम्मेवार थिए।
9बक्बुक्याह, उन्नी र अरू लेवीहरूले पालैसित गाउँथे।
येशूअ मुख्य पूजाहारीका सन्तान
10येशूअ योयाकीमका पिता, योयाकीम एल्यासीबका पिता, एल्यासीब योयादाका पिता, 11योयादा जोनाथनका पिता र जोनाथन यद्दूअका पिता थिए।
पूजाहारी परिवारका मुखियाहरू
12-21योयाकीम मुख्य पूजाहारी छँदा यिनीहरू पूजाहारी परिवारका मुखिया थिए:
पूजाहारी | मुखिया |
---|---|
मरायाह | सरायाह |
हनन्याह | यर्मिया |
मशुल्लाम | एज्रा |
येहोहानान | अमर्याह |
जोनाथन | मल्लूक |
योसेफश | कन्याह |
अदना | हारीम |
हल्कै | मरेमोत |
जकरिया | इद्दो |
मशुल्लाम | गिन्नतोन |
जिक्री | अबिया |
# 12:12-21 हिब्रू बाइबलमा पूजाहारीको नाम दिएको छैन। | मिन्यामीन |
पिल्तै | मोदाहा |
शम्मूअ | बिल्गा |
यहोनातान | शमायाह |
मत्तनै | योयारीब |
उज्जी | यदायाह |
कल्लै | सल्लू |
एबेर | अमोक |
हशब्याह | हिल्कियाह |
नतनेल | यदायाह। |
पूजाहारी र लेवी परिवारको नामवली
22एल्यासीब, योयादा, योहानान र येद्दूअ मुख्य पूजाहारीहरूका जीवनकालमा लेवी र पूजाहारी परिवारका मुखियाहरूका नामावली राखिदिएका थिए। फारस देशमा महाराजा दाराले राज्य गर्दा ती नामावली लेखी सकिएका थिए।
23सरकारी कागज-पत्रमा लेवी परिवारका मुखियाहरूका नामचाहिँ एल्यासीबका नाति योहानानका पालासम्म मात्र लेखिएका थिए।
मन्दिरको कार्यभार
24लेवीहरू दल-दलमा बाँडिएका थिए। ती दलका मुखियाहरू हशब्याह, शरेबियाह, येशूअ, बिन्नूई र कादमीएल थिए। परमेश्वरका जन दाऊद राजाले दिएका आदेशअनुसार एक बेलामा दुई दलले पालैपालो परमेश्वरलाई स्तुति गर्थे र धन्यवाद चढाउँथे।
25मन्दिरका मूल-ढोकाछेउका ढुकुटीहरूमा पहरा दिनलाई मत्तन्याह, बक्बुक्याह, ओबदिया, मशुल्लाम, तल्मोन र अक्कूब द्वारपालहरू जिम्मेवार थिए।
26येशूअका छोरा र यहोसादाकका नाति योयाकीमको पालामा यी मानिसहरू त्यसरी खटाइएका थिए। त्यस समयमा बडा-हाकिम नहेम्याह र व्यवस्थाको शास्त्री पुरोहित एज्रा थिए।
पर्खालको समर्पण
27यरूशलेम सहरको पर्खाल समर्पण गरिएको समयमा झ्याम्टा र सारङ्गी बजाएर धन्यवादको भजन गाउन विभिन्न ठाउँमा बसेका लेवीहरू तिनीहरू बसेका ठाउँदेखि यरूशलेममा भेला भए। 28लेवी, गवैया परिवारहरू, यरूशलेम र नतोपा सहरको चारैपट्टि तिनीहरू बसेका ठाउँदेखि 29र बेथ-गिलगाल, गेबा र अज्मावेतदेखि आए। 30पूजाहारी र लेवीहरू रीतिअनुसार आफैं शुद्ध भए र तिनीहरूले मानिसहरू, मूल-ढोकाहरू र पर्खाल शुद्ध गरे।
31परमेश्वरलाई धन्यवाद दिँदै सहरको चारैपट्टि घुम्न मैले मानिसहरूका दुई वटा ठूल्ठूला दल बनाएँ। र यहूदाका मुखियाहरूलाई पर्खालमाथि भेला गरें र तिनीहरूलाई ती दुई दलमाथि अगुवा खटाएँ। एक दल पर्खालमाथि दाहिनेतिर फोहोर फाल्ने ढोकातर्फ गयो। 32गवैयाहरूको पछिपछि होशयाह र उनको पछि-पछि यहूदाका आधासरो मुखियाहरू थिए। 33-35त्यसपछि तुरही बजाएर अजर्याह, एज्रा, मशुल्लाम, यहूदा, बेन्यामीन, शमायाह र यर्मिया पूजाहारीहरू हिँडे। तिनका पछि जोनाथनका छोरा र शमायाहका नाति जकरिया हिँडे। (उनका पुर्खाहरूमा आसाप कुलका मत्तन्याह, मीकाया र जक्कूर थिए)। 36उनका पछि-पछि उनैको कुलका अरूहरू: शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी हिँडे। परमेश्वरका जन दाऊद राजाले बजाएका जस्तै बाजाहरू तिनीहरूले हातमा लिएका थिए। व्यवस्थाका शास्त्री एज्रा तिनीहरूका अगुवा थिए। 37फोहोरा-ढोका पुगेपछि दाऊदको सहर जाने सिँढी उक्लेर तिनीहरू दाऊदको महल नाघेर गए। त्यहाँबाट फर्केर सहरको पूर्वपट्टि तिनीहरू पानी-ढोकासम्म गए।
38अर्को दल धन्यवादी भजन गाउँदै पर्खालमाथि देब्रेतिर लाग्यो। आधासरो मानिस लिएर म तिनीहरूका पछि-पछि लागें। भट्टी-बुर्जा नाघेर हामी चौडा पर्खालमा पुग्यौं। 39त्यहाँबाट एफ्राइमी ढोका, येशना ढोका, माछा-ढोका र हननेलको धरहरा भएर हामी भेडा-ढोका पुग्यौं र मन्दिरको मूल-ढोकासम्म हामी पुग्यौं।
40यसरी परमेश्वरलाई धन्यवाद दिने दुवै दल मन्दिरको छेउसम्म पुगे।
मसँग जति अगुवाहरू थिए, तीबाहेक 41मेरा दलमा एल्याकीम, मासेयाह, मिन्यामीन, मीकाया, एल्योएनै, जकरिया र हनन्याह पूजाहारी थिए। तिनीहरू तुरही बजाउँदै हिँडेका थिए। 42तिनका पछि मासेयाह, शमायाह, एलाजार, उज्जी, येहोहानान, मल्कियाह, एलाम र एसेर थिए। यिज्रहियाहको अगुवाइमा गवैयाहरूले उच्च स्वरमा गाए।
43त्यस दिन धेरै बलिदान चढाइए। मानिसहरू औधी आनन्दित भए, कारण परमेश्वरले तिनीहरूलाई प्रसन्न गराउनुभएको थियो। स्त्री र छोरा-छोरीहरूले पनि आनन्द मनाए। तिनीहरूका आनन्दको स्वर धेरै टाढासम्म सुनिन्थ्यो।
मन्दिरमा आराधनाको प्रबन्ध
44त्यस बेला मन्दिरमा चढाइएका दान राखिने भण्डारहरू हेर्न मानिसहरू खटाइएका थिए। दशौँ हिस्सा, वर्षेनी पाकेका पहिला अन्न र फलफूल पनि त्यहीँ राखिन्थ्यो। छेउ-छाउका सहर नजिकको खेतबारीहरूबाट व्यवस्थाअनुसार पूजाहारी र लेवीहरूले पाउने दान जम्मा गर्ने काम पनि ती मानिसहरूलाई सुम्पिदिइएको थियो। यहूदाका सबै मानिसहरू पूजाहारी र लेवीहरूसँग खुसी थिए, 45#१ इतिहास 25:1-8; १ इतिहास 26:12कारण तिनीहरूले परमेश्वरका आज्ञाअनुसार चोख्याउने र अरू रीतिविधि गर्दथे। मन्दिरका गवैया र पहरादारहरूले पनि दाऊद राजा र उनका छोरा सोलोमनले बनाएका नियमअनुसार आफ्ना काम गर्थे। 46दाऊद राजाका समयदेखि र त्योभन्दा अघि आसाप गवैयाका पालादेखि गवैयाहरूले परमेश्वरलाई प्रशंसा र धन्यवाद दिने भजन गाउन मानिसहरूलाई अगुवाइ गर्दथे। 47यरुबाबेलको समयमा र नहेम्याहको समयमा पनि इस्राएलका सबै मानिसहरूले मन्दिरको गवैया र पहरादारहरूका जीविकाको निम्ति दिनहुँ दान दिन्थे। मानिसहरूले लेवीहरूलाई पवित्र दान दिन्थे र त्यसबाट लेवीहरूले तोकिएको हिस्सा पूजाहारीहरूलाई दिन्थे।
अहिले सेलेक्ट गरिएको:
नहेम्याह 12: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: