गन्ती 23
23
1उनले बालाकलाई भने, “यहाँ मेरो निम्ति सातवटा वेदीहरू बनाउनुहोस् र सातवटा साँढे र सातवटा भेडाहरू ल्याउनुहोस्।”
2बालाकले बालामले भनेझैँ गरे र ती दुईले हरेक वेदीमा एउटा साँढे र एउटा साँढ-भेडा बलि चढाए। 3तब बालामले बालाकलाई भने, “यहाँ तपाईं होमबलिको छेउमा उभिनुहोस्। मचाहिँ गएर परमप्रभुले मसित भेट गर्नुहुन्छ कि हुन्न, सो बुझ्नेछु। उहाँले मलाई जे देखाउनुहुन्छ, त्यो म तपाईंलाई भन्नेछु।” यसकारण बालाम एक्लै एउटा डाँडामाथि गए 4र परमेश्वरले तिनलाई भेट्नुभयो। बालामले भने, “मैले सातवटा वेदी बनाएर हरेकमा एक-एक वटा साँढे र साँढ-भेडा बलि चढाएको छु।”
5बालामले के बोल्नुपर्ने, त्यो उनलाई परमप्रभुले भन्नुभयो र त्यो कुरा बालाकलाई सुनाउन उनलाई फर्कन लाउनुभयो। 6बालाम फर्के र बालाकलाई मोआबका सबै अगुवाहरूसँग होमबलिको छेउमा उभिरहेको भेटे।
7बालामले यो अगमवाणी गरे:
“बालाक, मोआबको राजाले मलाई
अरामबाट पूर्वका पहाडहरूबाट ल्याउनुभयो,
‘आएर मेरो लागि बोलिदेऊ,’ उहाँले भन्नुभयो,
‘इस्राएलीहरूमाथि सराप देऊ!’
8जसलाई परमेश्वरले सराप्नुभएको छैन,
त्यसलाई म कसरी सरापूँ?
परमप्रभु नबोली कसरी म तिनको सर्वनाशको कुरा गरूँ?
9अग्ला चट्टानहरूबाट म तिनीहरूलाई देख्न सक्छु,
पहाडहरूबाट म तिनीहरूलाई हेर्न सक्छु।
तिनीहरू छुट्टै बाँच्ने जाति हुन्;
तिनीहरू अरू जातिहरूभन्दा आशिष्मय छन् भनी तिनीहरू जान्दछन्।
10इस्राएलका सन्तान धुलाजस्ता छन्:
तिनीहरू यति धेरै छन् कि तिनको गन्ती लिन सकिँदैन।
परमेश्वरका मानिसहरूजस्तै मेरो आयु बितोस्,
धर्मी मानिसझैँ म शान्तिसित मर्न सकूँ।”
11तब बालाकले बालामलाई भने, “तिमीले मसित यो के गरेको? मेरा शत्रुहरूलाई सराप दिन भनी मैले तिमीलाई यहाँ ल्याएँ। तर तिमीले त तिनीहरूलाई आशिष् पो दियौ।”
12बालामले जवाफ दिए, “जे कुरा परमप्रभुले मलाई भन्न लाउनुहुन्छ, म त्यति मात्र भन्न सक्छु।”
बालामको दोस्रो अगमवाणी
13तब बालाकले बालामलाई भने, “मसित अर्को ठाउँमा जाऔँ, जहाँबाट नजिकका इस्राएलीहरूलाई मात्र देखिन्छ। त्यहाँबाट मेरो खातिर तिनीहरूलाई सराप देऊ।” 14उनले तिनलाई पिसगाको टाकुरामाथि सोफीमको मैदानमा लगे। त्यहाँ पनि उनले सातवटा वेदी बनाए र प्रत्येकमा एउटा साँढे र एउटा साँढ-भेडा बलि चढाए।
15बालामले बालाकलाई भने, “यहाँ तपाईं होमबलिको छेउमा उभिनुहोस् र म परमेश्वरसित भेट गर्न जानेछु।”
16परमप्रभुले बालामलाई भेट्नुभयो र तिनले के बोल्नुपर्ने हो, त्यो तिनलाई भन्नुभयो र त्यो कुरा बालाकलाई सुनाउनू भनी बालामलाई पठाउनुभयो। 17यसकारण तिनी फर्के र बालाकलाई होमबलिको छेउमा मोआबका अगुवाहरूसित उभिरहेको भेट्टाए। परमप्रभुले के भन्नुभयो भनी बालाकले सोधे 18र बालामले यस्तो अगमवाणी गरे:
“सिप्पोरको छोरो बालाक! आइज!
म के भन्दछु, सुन्।
19परमेश्वर मानिसहरूजस्ता झूटो बोल्ने हुनुहुन्न;
उहाँले मानिसले झैँ मन बदल्नुहुन्न।
आफूले प्रतिज्ञा गरेको कुरा उहाँले पूरा गर्नुहुन्छ।
उहाँ बोल्नुहुन्छ र त्यो पूरा गर्नुहुन्छ।
20मैले आशिष् दिने आज्ञा पाएको छु,
परमेश्वरले जब आशिष् दिनुहुन्छ, म त्यसलाई टार्न सक्दिनँ।
21इस्राएलको भविष्यमा दुर्भाग्य वा कष्ट आउनेछैन भनी म देख्दछु।
परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूसित हुनुहुन्छ;
उहाँ तिनीहरूका राजा हुनुहुन्छ भनी तिनीहरूले घोषणा गर्छन्।
22परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो;
उहाँले तिनीहरूका निम्ति अर्नाले झैँ लडाइँ गर्नुहुन्छ।
23इस्राएल जातिको विरुद्धमा
कुनै टुनामुना वा मोहनी चलाउन सकिंदैन
र मानिसहरूले इस्राएलको बारेमा यसो भन्नेछन्,
‘हेर, परमेश्वरले गर्नुभएको आश्चर्यकर्म!’
24इस्राएल जाति एउटा बलियो सिंहजस्तो छ;
त्यसले शिकार च्यातचुत पारेर नखाउञ्जेल आफूले मारेको शिकारको रगत नपिउञ्जेल त्यसले आराम गर्दैन।”
25तब बालाकले बालामलाई भने, “तिमीले इस्राएलीहरूलाई सराप दिन इन्कार गर्यौ तर तिनीहरूलाई आशिष् पनि नदेऊ!”
26बालामले उत्तर दिए, “मैले तपाईंलाई भनेकै छु, परमप्रभुले मलाई भन्नुभएअनुसार मैले सबै कुरा गर्नुपर्छ?”
बालामको तेस्रो अगमवाणी
27बालाकले भने, “मसित आऊ, म तिमीलाई अर्को ठाउँमा लैजानेछु। सायद त्यहाँबाट तिमीले ती मानिसहरूलाई सराप दिनलाई परमेश्वर राजी हुनुहुनेछ।” 28यसकारण तिनले बालामलाई पोर पर्वतको टुप्पामा लगे, जहाँबाट उजाड-स्थान देखिन्थ्यो। 29बालामले तिनलाई भने, “यहाँ मेरो निम्ति सातवटा वेदी बनाइदिनुहोस् र सात-सातवटा साँढे र भेडाहरू ल्याउनुहोस्।” 30बालाकले उनलाई भनेअनुसार सबै गरे र प्रत्येक वेदीमा एक-एक वटा साँढे र साँढ-भेडा बलि चढाए।
अहिले सेलेक्ट गरिएको:
गन्ती 23: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: