YouVersion लोगो
खोज आइकन

ओबदिया पुस्‍तक परिचय

पुस्‍तक परिचय
ख्रीष्‍ट जन्‍मनुभन्दा ५८६ वर्षअघि यरूशलेम सहर शत्रुका हातमा पर्‍यो। त्‍यसरी हार भएको बेलामा तिनीहरूका प्राचीन शत्रु दक्षिण-पूर्वमा बास गर्ने एसावको सन्‍तान एदोमीहरू रमाए। त्‍यति मात्र होइन, यहूदा देशका दुर्दशाको लाभ उठाउँदै एदोमीहरूले तिनीहरूका शत्रुहरूलाई मद्दत गरे। अनि यरूशलेम सहर लुटे। त्‍यो घटना भएको केही कालपछि ओबदियाको पुस्‍तक लेखिएको हो भनिन्‍छ तर त्‍यसको ठीक मिति तोकिएको छैन। एदोमले सजाय पाउनेछ र इस्राएलका अन्‍य शत्रुहरूका साथसाथ त्‍यसको पनि हार हुनेछ भनी ओबदियाले ईश्‍वरवाणी गरे।
संक्षिप्‍त विषय-सूची
एदोममाथि आउने सजाय १-१४
परमप्रभुको दिन १५-२१

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्