हितोपदेश 8
8
बुद्धिको प्रशंसा
1 #
हितोपदेश 1:20,21 सुन! बुद्धि चिच्च्याइरहेको छ, चेतनाले सोर उचालिरहेको छ;
2बाटाको छेउ, डाँडा-डाँडा र चौबाटामा त्यो खड़ा हुन्छ।
3सहरको मूल-ढोका र प्रवेशद्वारमा
चर्को सोरले त्यो यसरी कराउँदछ:
4“हे मानिसहरू हो! म तिमीहरूलाई उजुर गर्दछु,
पृथ्वीका हरेक मानिसलाई पुकार्दछु।
5के तिमीहरू बालक नै छौ?
पाको हुन सिक।
के मूर्ख छौ? ज्ञानी हुन सिक।
6मेरा उत्तम वचनहरू सुन,
मैले बोलेका सबै कुरा ठीक छन्।
7मैले भनेको कुरा साँचो छ,
म झूटो कुरा घृणा गर्दछु।
8मैले भनेको हरेक कुरा सत्य छ,
झूटो वा धोका दिने कुनै कुरा छैन,
9जसले बुझ्न सक्छ, त्यसको लागि सबै स्पष्ट छ,
जसको अन्तर्दृष्टि छ, त्यसको लागि सबै सरल छ।
10चाँदीको सट्टामा मेरो अर्ती लेऊ,
निखुर सुन होइन, ज्ञान रोज।
11“म बुद्धि हुँ, म हीरा-मोतीभन्दा असल छु,
तिमीहरूले चाहेका कुनै कुराको मसित तुलना हुन सक्दैन।
12म बुद्धि हुँ, मसित अन्तर्दृष्टि छ,
मसित ज्ञान र न्याय विचार छन्।
13परमप्रभुको आदर गर्नु दुष्टतालाई घृणा गर्नु हो,
म अहङ्कार, शेखी, दुष्ट विचार र झूटा बोलीलाई घृणा गर्दछु।
14म योजना बनाउँदछु र त्यसअनुसार काम गर्दछु,
मसित समझशक्ति र सामर्थ्य छ।
15राजाहरूलाई राज-काज चलाउन
र शासकहरूलाई असल कानुन बनाउन
म सहायता दिँदछु।
16मेरो मद्दतले हरेक शासकले पृथ्वीमा शासन गर्दछ,
राजनीतिज्ञहरू र कुलिन व्यक्तिहरूले पनि त्यसै गर्छन्।
17मलाई प्रेम गर्नेलाई म प्रेम गर्दछु,
मलाई खोज्नेले मलाई भेट्टाउँदछ।
18धन, इज्जत, उन्नति र
सफलता मसँग छन्।
19तैँले जे मबाट प्राप्त गर्छस्;
त्यो निखुर सुन र शुद्ध चाँदीभन्दा असल हुन्छ।
20म धार्मिकताको बाटो
र न्यायको मार्गमा हिँड्दछु।
21मलाई प्रेम गर्नेहरूलाई धन-सम्पत्ति दिँदछु
र तिनीहरूका घरका भण्डार दामी कुराहरूले भरिदिन्छु।
22 #
प्रकाश 3:14
“परमप्रभुले सृष्टिको सुरुमा नै उहाँका सबै कामहरूभन्दा पहिले मलाई सृष्टि गर्नुभयो।
23आदिमा नै, संसारको उत्पत्तिभन्दा अघि,
सबैभन्दा पहिले मलाई नै बनाउनुभयो।
24महासागरहरू बनिनुअघि, पानीको मूलहरू फुट्नुअघि
मेरो जन्म भएको थियो।
25पहाड-पर्वत र डाँडा-काँडाहरू स्थापित हुनुभन्दा अघि नै
म जन्मेको थिएँ,
26अँ, परमेश्वरले पृथ्वी, जमिन
र माटो बनाउनुभन्दा अघि नै।
27उहाँले आकाशलाई पृथ्वीमाथि फैलाउनुहुँदा,
महासागरलाई क्षितिजले घेर्नुहुँदा,
म त्यहाँ थिएँ।
28आकाशमा बादल फैलाउनुहुँदा,
महासागरका मुहानहरू खोलिनुहुँदा
29र समुद्रको पानीमा सिमाना बाँधिदिनुहुँदा
म त्यहाँ हाजिर थिएँ।
उहाँले पृथ्वीको जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ।
30म उहाँको छेउमा शिल्पकारझैँ दिनहुँ उहाँलाई आनन्द दिँदै,
उहाँको उपस्थितिमा आफैं पनि प्रसन्न हुँदै
31सारा पृथ्वीसित नै आनन्दमा
र मानव-जातिसित सन्तुष्ट थिएँ।
32“हे युवाहरू हो! अब मेरा कुरा सुन,
मैले भनेअनुसार गर् र तिमीहरू सुखी हुनेछौ।
33तिमीहरूले पाएका शिक्षामा कान थाप,
बुद्धिमान् होओ, त्यसलाई हेला नगर।
34जसले मेरा कुरा सुन्छ,
जो मेरो ढोकामा दिनहुँ आउँछ
र जसले मेरो घरको प्रवेशद्वारमा पर्खिबस्छ,
त्यो खुसी हुनेछ।
35मलाई भेट्टाउनेले जीवन प्राप्त गर्दछ
र परमप्रभु त्योसित खुसी हुनुहुन्छ।
36मलाई नभेट्टाउनेले आफ्नै हानि गर्दछ,
मलाई घृणा गर्नेले मृत्युलाई प्रेम गर्दछ।”
अहिले सेलेक्ट गरिएको:
हितोपदेश 8: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.