भजनसंग्रह 13
13
सहायताको लागि प्रार्थना
1हे परमप्रभु! मलाई अझै कहिलेसम्म भुल्नुहुन्छ?
के सधैँको लागि भुल्नुहुन्छ?
अझै कतिसम्म तपाईं मदेखि लुकिबस्नुहुनेछ?
2कहिलेसम्म मैले कष्ट सहनुपर्ने हो?
कहिलेसम्म अफसोसले भरिएर मेरो हृदय रात-दिन रहने हो?
कहिलेसम्म मेरा शत्रुहरूले मलाई जित्नेछन्?
3हे परमप्रभु, मेरा परमेश्वर,
मलाई हेर्नुहोस् र जवाफ दिनुहोस्।
मेरो शक्ति फिर्ता दिनुहोस्,
मलाई मर्न नदिनुहोस्।
4मेरा शत्रुहरूले भन्न नपाऊन्,
“हामीले त्यसलाई जितेका छौं।”
म लडेकोमा तिनीहरू रमाउन नपाऊन्।
5म तपाईंको अटुट प्रेममा भर परेर बस्छु,
म खुसी हुनेछु किनभने तपाईंले मलाई बचाउनुहुनेछ।
6हे परमप्रभु! म तपाईंको स्तुति गाउनेछु
किनभने तपाईं मप्रति कृपालु हुनुभएको छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 13: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.