भजनसंग्रह 14
14
मानिसहरूको दुष्टता
(भजनसंग्रह ५३)
1 #
रोमी 3:10-12
मूर्खहरूले आफ्नो मनमा भन्छन्, “परमेश्वर छैन।”
तिनीहरू सबै भ्रष्ट भएका छन्,
तिनीहरूले डरलाग्दा काम गरेका छन्,
ठीक काम गर्ने कोही पनि छैन।
2कोही बुद्धिमान् छ कि, कोही मलाई पुज्ने छ कि भनेर
परमप्रभुले स्वर्गदेखि मानिस जातिलाई खोजी हेर्नुहुन्छ,
3तर तिनीहरू सबैले पाप गरेका छन्
तिनीहरू सबै उत्तिकै दुष्ट छन्,
कसैले पनि, एकै जनाले पनि ठीक काम गर्दैन।
4परमप्रभु सोध्नुहुन्छ, “के तिनीहरू जान्दैनन्?
के यी सारा दुष्कर्म गर्नेहरू अन्जान छन्?
तिनीहरूले मेरा प्रजालाई लुटेर जीविका चलाउँछन्
र तिनीहरूले कहिल्यै मलाई प्रार्थना गर्दैनन्।”
5तर तिनीहरू डराउनेछन्
किनभने परमेश्वर उहाँका आज्ञा मान्नेहरूसँग हुनुहुन्छ।
6दुष्टहरूले नम्र मानिसको योजना नष्ट गर्छन्,
तर परमप्रभुले उसको रक्षा गर्नुहुन्छ।
7सियोनदेखि विजय इस्राएलकहाँ आओस् भनी
म कति प्रार्थना गर्दछु,
परमप्रभुले तिनीहरूलाई फेरि धनी बनाउनुहुँदा
इस्राएलका मानिसहरू कति खुसी हुनेछन्!
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 14: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.