भजनसंग्रह 2
2
परमेश्वरले चुन्नुभएको राजा
1 #
प्रेरित 4:25,26 किन जाति-जातिले विद्रोह गर्ने युक्ति गर्छन्?
किन मानिसहरूले व्यर्थका जाल रच्छन्?
2तिनीहरूका राजाहरूले विद्रोह गर्छन्,
तिनीहरूका शासकहरूले परमप्रभुको विरुद्ध
र उहाँले चुन्नुभएको राजाको विरुद्ध जाल रच्छन्।
3“तिनीहरूका राज्यदेखि हामी छुटौं;
तिनीहरूको बन्धन फालिदिऔं,” भनी तिनीहरू भन्छन्।
4स्वर्गमा आफ्नो सिंहासनबाट परमप्रभु हाँस्नुहुन्छ
र तिनीहरूका कमजोर युक्तिलाई खिसी गर्नुहुन्छ।
5तब आफ्नो रिसले उहाँले तिनीहरूलाई चेतावनी दिनुहुन्छ
र आफ्नो क्रोधमा तिनीहरूलाई थर्कमान पार्नुहुन्छ।
6उहाँ भन्नुहुन्छ, “मेरो पवित्र डाँडा सियोनमा
मैले आफ्ना राजालाई नियुक्त गरेको छु।”
7 #
प्रेरित 13:33; हिब्रू 1:5; 5:5 राजा भन्छन्, “परमप्रभुले के भन्नुभएको छ, सो म सुनाउनेछु।
उहाँले मलाई भन्नुभयो, ‘तँ मेरो छोरो होस्;
आजदेखि म तेरो बुबा भएको छु।
8माग र म तँलाई सबै देशहरू दिनेछु,
सारा पृथ्वी तेरो हुनेछ।
9 #
प्रकाश 2:26,27; 12:5; 19:15 तैँले फलामको डन्डाले तिनीहरूलाई तोड्नेछस्
र माटाका भाँडालाई झैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछस्’।”
10राजाहरू हो! यो चेतावनी सुन;
संसारका शासक हो! यो पाठ सिक।
11डरसँग परमप्रभुको सेवा गर;
12काम्दै उहाँलाई दण्डवत् गर।
होइन भने उहाँको रिस छिटो जाग्नेछ
र तिमीहरू अचानक मर्नेछौ।
आफ्नो सुरक्षाको लागि परमेश्वरकहाँ जानेहरू प्रसन्न रहन्छन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 2: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.