भजनसंग्रह 29
29
आँधीमा परमप्रभुको स्वर
1 #
भजनसंग्रह 96:7-9
हे स्वर्गका दूतहरू हो! परमप्रभुको प्रशंसा गर,
उहाँको महिमा र सामर्थ्यको प्रशंसा गर।
2परमप्रभुको गौरवमय नाउँको प्रशंसा गर,
परमपवित्र देखा पर्नुहुँदा उहाँको अघि शिर निहुराऊ।
3समुद्रमा परमप्रभुको स्वर सुनिन्छ,
महिमाका परमेश्वर गर्जनुहुन्छ
र समुद्रमा उहाँको स्वरको प्रतिध्वनि सुनिन्छ।
4परमप्रभुको स्वर
पूरा महिमा र सामर्थ्यमा सुनिन्छ।
5परमप्रभुको स्वरले देवदारुहरू,
लेबनानका देवदारुहरू पनि भाँचिन्छ।
6उहाँले लेबनानका पहाडहरूलाई बाछाझैँ
र हरमोन पहाडलाई साँढेझैँ उफार्नुहुन्छ।
7परमप्रभुको सोरले बिजुली चम्कँदछ
8उहाँको स्वरले मरुभूमि थर्काउँदछ,
उहाँले कादेशको मरुभूमि हल्लाउनुहुन्छ।
9परमप्रभुको सोरले फलाँटका रूखहरूलाई हल्लाउँदछ
र त्यसका पातहरू झर्दछन्,
त्यति बेला उहाँको मन्दिरमा भएका सबै जनाले जोडसँग भन्दछन्,
“परमेश्वरलाई महिमा होस्!”
10परमप्रभुले गहिरो समुद्रमा राज्य गर्नुहुन्छ,
राजा भई उहाँले सदाकालको लागि राज्य गर्नुहुन्छ।
11परमप्रभुले आफ्ना जनहरूलाई बल दिनुहुन्छ
र तिनीहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 29: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.