भजनसंग्रह 40
40
प्रशंसाको गीत
1मैले परमप्रभुको सहायता धैर्यसित पर्खिरहें,
तब उहाँले कान थाप्नुभयो र मेरो पुकार सुन्नुभयो।
2मलाई डरलाग्दो खाडलदेखि,
नाश गर्ने दलदले धापदेखि उहाँले निकाल्नुभयो।
उहाँले मलाई चट्टानमाथि राख्नुभयो
र सुरक्षित पार्नुभयो।
3उहाँले मलाई एउटा नयाँ गीत,
हाम्रा परमेश्वरलाई प्रशंसाको स्तुतिगान गाउन सिकाउनुभयो।
यो कुरा देख्ने धेरै जनाले चेतावनी पाउनेछन्
र तिनीहरू परमप्रभुमा भरोसा राख्नेछन्।
4जसले परमप्रभुमा भरोसा राख्दछन्,
जसले मूर्तिपूजा गर्दैनन्
वा जो झूटा देवता पुज्नेहरूको साथ लाग्दैनन्,
तिनीहरू खुसी रहन्छन्।
5हे परमप्रभु! हाम्रा परमेश्वर!
तपाईंले हाम्रा निम्ति धेरै काम गर्नुभएको छ,
तपाईंजस्तो अरू कोही पनि छैनन्।
तपाईंले हाम्रा निम्ति धेरै अचम्मका योजनाहरू बनाउनुभएको छ।
ती यति धेरै छन् कि म ती सबैका बारेमा बताउन सक्दिनँ।
6 #
हिब्रू 10:5-7
तपाईंले भेटी र बलिदान चाहनुहुन्न,
वेदीमाथि पशुहरू सिङ्गै डढाएको चाहनुहुन्न
वा पाप बलि पनि चाहनुहुन्न।
बरु तिनका सट्टामा तपाईंको कुरा सुन्नलाई मलाई कान दिनुभएको छ।
7यसैले मैले जवाफ दिँदैभन्छु। “म यहाँ छु,
मेरा लागि तपाईंका शिक्षाहरू व्यवस्थाको पुस्तकमा छन्।
8मेरो परमेश्वर! म तपाईंको इच्छा पालन गर्न कति मन पराउँछु!
तपाईंको शिक्षा मेरो मनमा राख्छु।”
9हे परमप्रभु! तपाईंका सारा प्रजा भेला भएको सभामा
तपाईंले हामीलाई बचाउनुहुन्छ भनेर शुभ-खबर सुनाएँ।
यो खबर भन्न म कहिल्यै रोकिनेछैनँ भनी तपाईं जान्नुहुन्छ।
10मुक्तिको शुभ-खबर मैले आफैंले मात्र लुकाइराखेको छैनँ,
तपाईंको विश्वासयोग्यता र सहायताबारे मैले सधैँ बोलेको छु।
तपाईंका सारा प्रजा भेला भएको सभामा
तपाईंका विश्वासयोग्यता र अटुट प्रेमको बारेमा भन्नलाई मैले मुख खोलेको छु।
11परमप्रभु! म जान्दछु कि
तपाईंले मलाई दयामाया गर्न कहिल्यै छोड्नुहुन्न,
तपाईंको प्रेम र विश्वासयोग्यताले मलाई कुशलसाथ सधैँ राख्नेछन्।
सहायताको निम्ति प्रार्थना
(भजनसंग्रह ७०)
12मलाई धेरै कष्टहरूले घेरेका छन्,
ती गन्न नसकिनेछन्!
मेरा पापले मलाई पक्रेका छन्
र म अब देख्न सक्दिनँ,
ती पाप मेरा टाउकोको केशभन्दा धेरै छन्
र मैले साहस हराएको छु।
13मलाई बचाउनुहोस्, परमप्रभु! अहिले मेरो मद्दत गर्नुहोस्!
14ज-जसले मलाई मार्न खोज्छन्,
तिनीहरूको हार होस् र तिनीहरू अन्योलमा परून्।
मलाई कष्ट परेकोले जति जना खुसी भएका छन्,
तिनीहरू पछि हटून् र तिनीहरूको बदनाम होस्।
15मलाई खिसी गर्नेहरू
आफ्नै हारमा व्याकुल होऊन्।
16तपाईंकहाँ आउने सबै जना आनन्दित र हर्षित होऊन्,
तपाईंको मुक्तिको निम्ति धन्यवाद मान्ने सबैले सधैँ यस्तो भनून्,
“परमप्रभु कति महान् हुनुहुन्छ!”
17म कमजोर र गरीब छु, हे प्रभु!
तर तपाईंले मलाई भुल्नुहुनेछैन।
तपाईं मेरो उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ,
मेरो सहायताको निम्ति चाँडो आउनुहोस्!
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 40: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: