भजनसंग्रह 44
44
सुरक्षाको लागि प्रार्थना
1हे परमेश्वर! धेरै समयअघि तपाईंले गर्नुभएको महान् कामबारे हाम्रा पुर्खाहरूले हामीलाई भनेका कुरा हामीले आफ्नै कानले सुनेका छौं।
2कि कसरी तपाईंले अविश्वासीहरूलाई धपाउनुभयो
र आफ्नै प्रजालाई तिनीहरूका देशमा बसाल्नुभयो।
कसरी तपाईंले अरू जातिहरूलाई दण्ड दिनुभयो
र आफ्ना जातिको फलिफाप गराउनुभयो।
3तपाईंका प्रजाले आफ्नो तरवारले देश जितेनन्,
आफ्नै शक्तिले तिनीहरूले जितेनन्।
तपाईंका बल र सामर्थ्यले
र तपाईं तिनीहरूसँग हुनुहुन्छ भन्ने ज्ञानको निश्चयताद्वारा तिनीहरूले जितेका हुन्,
किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
4तपाईं मेरा राजा र मेरा परमेश्वर हुनुहुन्छ,
आफ्ना प्रजालाई तपाईं विजय दिनुहुन्छ
5र तपाईंको सामर्थ्यले हामीले आफ्ना शत्रुहरूलाई हराएका छौं।
6आफ्नो बचाउको लागि म आफ्ना तरवार र धनु,
काँडमा भरोसा राख्दिनँ।
7तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो
र हामीलाई घृणा गर्नेहरूलाई हराउनुभयो।
8हामी सदासर्वदा तपाईंको प्रशंसा गर्नेछौं
र तपाईंलाई सधैँ धन्यवाद चढाउँछौं।
9तर अब तपाईंले हामीलाई इन्कार गर्नुभएको छ
र हाम्रो हार हुन दिनुभएको छ।
हाम्रा सेनाहरूका साथ तपाईं हिँड्नुहुन्न।
10तपाईंले हाम्रा शत्रुहरूको सामुबाट हामीलाई भाग्न लगाउनुभयो
र हाम्रा सर-सम्पत्ति तिनीहरूले आफ्ना बनाए।
11तपाईंले हामीलाई भेडाहरूझैँ मारिनलाई दिनुभयो,
हामीलाई विदेशभरि छरपष्ट पार्नुभयो।
12तिनीहरूको केही मूल्य नभएको जस्तो गरेर
तपाईंले सस्तैमा आफ्ना प्रजालाई बेचिदिनुभयो।
13तपाईंले हामीसँग के गर्नुभयो, सो हाम्रा छिमेकीहरूले देख्नेछन्
र तिनीहरूले हामीलाई खिसी गर्छन् र हाम्रो हाँसो उडाउँछन्।
14तपाईंले हामीलाई जातिहरूको बीचमा घृणाको पात्र बनाउनुभएको छ,
हामीलाई देखेर हेला गर्दै तिनीहरूले आफ्ना टाउका हल्लाउँछन्।
15-16मेरो सधैँ बदनाम भएको छ
र मेरो शत्रु र मलाई घृणा गर्नेहरूको बदनाम र खिसीका कुरा सुन्दा-सुन्दा
म लाजमा परेको छु।
17हामीले तपाईंलाई भुलेका छैनौं
अथवा तपाईंले हामीसँग गर्नुभएको करार तोडेका छैनौं,
तापनि यी सबै हामीमाथि आइपरेका छन्।
18हामीले आफ्नो भक्ति तपाईंबाट हटाएका छैनौं,
हामीले तपाईंको आज्ञा तोडेका छैनौं।
19तापनि तपाईंले जङ्गली जनावरको बीचमा हामीलाई असहाय छोड्नुभयो,
घोर अन्धकारमा तपाईंले हामीलाई त्याग्नुभयो।
20यदि हामीले आफ्ना परमेश्वरलाई पुज्न छोडेका भए,
अन्य देवतालाई प्रार्थना गरेका भए
21तपाईंले निश्चय चाल पाउनुहुनेथियो
किनभने तपाईंले हाम्रा गुप्त सोचविचारहरू जान्नुहुन्छ।
22 #
रोमी 8:36
तर तपाईंको खातिर हरसमय हाम्रो हत्या भइरहेको छ
र काट्न ल्याइएका भेडाहरूजस्तै हामीसित व्यवहार गरिन्छ।
23उठ्नु होस्! प्रभु, तपाईं किन निदाउनुभयो?
ब्युँझनुहोस्! हामीलाई सधैँभरि नत्याग्नुहोस्।
24तपाईं किन हामीदेखि लुक्दै हुनुहुन्छ?
हाम्रा दु:ख र कष्ट नभुल्नुहोस्।
25भूइँमा चकनाचुर भएर हामी लडेका छौं।
हार भएर हामी धुलोमा सुतेका छौं।
26हाम्रा सहायताको लागि आउनुहोस्!
आफ्नो अटुट प्रेमको कारणले हामीलाई बचाउनुहोस्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 44: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: