YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 47

47
सर्वोच्‍च राजा
1हे सबै मानिसहरू हो! आनन्‍दले ताली बजाओ!
उच्‍च सोरमा भजन गाएर परमेश्‍वरको प्रशंसा गर!
2सर्वोच्‍च परमेश्‍वर, परमप्रभुको डर मान्‍नुपर्छ,
उहाँ महान् राजा हुनुहुन्‍छ,
उहाँले सारा संसारमा राज्‍य गर्नुहुन्‍छ।
3उहाँले हामीलाई जाति-जातिमाथि विजय गराउनुभयो,
उहाँले हामीलाई राष्‍ट्र-राष्‍ट्रमाथि राज्‍य गर्न लगाउनुभयो।
4हामी बसेको देश उहाँले हाम्रै लागि रोजिदिनुभयो
र त्‍यो उहाँले प्रेम गर्नुभएको आफ्‍नो प्रजाको गौरवमय सम्‍पत्ति भयो।
5परमेश्‍वर आफ्‍नो सिंहासनमा गएर बस्‍नुहुन्‍छ,
उहाँ त्‍यसरी जानुहुँदा आनन्‍दका सोर उठ्छन् र तुरहीहरू बज्‍छन्।
6परमेश्‍वरको प्रशंसाको भजन गाओ,
हाम्रा राजाको प्रशंसाको गाओ।
7सारा संसारमाथि परमेश्‍वर राजा हुनुहुन्‍छ,
भजन गाएर उहाँको प्रशंसा गर!
8परमेश्‍वर आफ्‍नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्‍छ,
उहाँले सबै देशहरूमाथि राज्‍य गर्नुहुन्‍छ।
9अब्राहामका परमेश्‍वरका प्रजासँग देश-देशका राजाहरू भेला हुन्‍छन्,
सबै सेनाहरूभन्दा उहाँ अझ सामर्थी हुनुहुन्‍छ,
उहाँले सबैभन्दा सर्वोच्‍च भएर राज्‍य गर्नुहुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 47: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्