भजनसंग्रह 78
78
परमेश्वर र उहाँका प्रजा
1हे मेरा मानिसहरू हो! मेरो शिक्षा सुन,
मेरा कुरामा ध्यान देओ।
2 #
मत्ती 13:35
म बुद्धिका कुराहरू भनेर
बितेका रहस्यहरूका भेद खोलिदिनेछु।
3हामीले सुनेका र जानेका कुराहरू
हाम्रा पुर्खाहरूले भनेका कुराहरू बुझाउनेछु।
4ती कुराहरू हामी आफ्ना छोरा-छोरीहरूबाट लुकाउनेछैनौं,
आउँदा पिँढीलाई ती कुरा भन्नेछौं।
परमप्रभुका शक्ति र महान् कार्यहरू,
उहाँका उदेकका कामबारे भन्नेछौं।
5उहाँले इस्राएलीहरूलाई व्यवस्था दिनुभयो
र याकूबका सन्तानलाई व्यवस्था-विधि दिनुभयो।
आफ्ना छोरा-छोरीहरूलाई उहाँका नियमहरू सिकाउन
उहाँले हाम्रा पिता-पुर्खालाई शिक्षा दिनुभयो।
6त्यसरी आउँदो पुस्ताले तिनका बारेमा सिक्न सकून्
र आफ्ना सन्तानलाई पनि ती सिकाउन सकून्!
7यसरी तिनीहरूले परमेश्वरमाथि भरोसा राख्नेछन्
र उहाँका कामहरू भुल्नेछैनन्
र सधैँ उहाँका आज्ञाहरू मान्नेछन्।
8आफ्ना पिता-पुर्खाहरूजस्ता
तिनीहरू विद्रोही र आज्ञा नमान्नेहरू बन्नेछैनन्।
ती पुर्खाहरूका परमेश्वरमाथि भरोसा कहिल्यै दरिलो थिएन,
तिनीहरू उहाँप्रति विश्वासयोग्य रहेनन्।
9धनु-काँड लिएका एफ्राइमीहरू
लडाइँका दिनमा भागे।
10तिनीहरूले परमेश्वरसँग बाँधेका आफ्ना करार राखेनन्
र उहाँका नियमहरू पालन गर्न अस्वीकार गरे।
11उहाँले गर्नुभएको काम र आफूले देखेका उहाँका आश्चर्यकर्महरू
तिनीहरूले भुले।
12 #
प्रस्थान 7:8—12:32
तिनीहरूका पुर्खाहरूले हेर्दाहेर्दै
परमेश्वरले मिश्रदेशको सोअनको मैदानमा आश्चर्यकर्महरू गर्नुभयो।
13 #
प्रस्थान 14:21,22 उहाँले समुद्र फटाउनुभयो र त्यसको बीच भएर तिनीहरूलाई डोर्याउनुभयो।
पानीलाई पर्खालजस्तो भएर खडा रहन लगाउनुभयो।
14 #
प्रस्थान 13:21,22 दिउँसो बादलले र राती आगोको उज्यालोले
तिनीहरूलाई बाटो देखाउनुभयो।
15उहाँले मरुभूमिमा चट्टान फुटाउनुभएर
त्यसका गहिराइदेखि तिनीहरूलाई पिउने पानी दिनुभयो।
16 #
प्रस्थान 17:1-7; गन्ती 20:2-13 उहाँले चट्टानदेखि एउटा खोला फुटाई निकाल्नुभयो
र नदीझैँ पानी बहाउनुभयो।
17तर तिनीहरूले परमेश्वरका विरुद्धमा पाप गरिरहे
र मरुभूमिमा सर्वोच्च परमेश्वरसँग विद्रोह गरे।
18 #
प्रस्थान 16:2-15; गन्ती 11:4-23,31-35 आफूले भोजन मागेर तिनीहरूले
जानी-जानी परमेश्वरको जाँच गरे।
19तिनीहरूले परमेश्वरका विरुद्धमा कुरा गर्दै यसो भने,
“के परमेश्वरले मरुभूमिमा भोजन दिन सक्नुहुन्छ?
20यो कुरा साँचो हो कि उहाँले चट्टानलाई हिर्काउनुभयो
र त्यहाँबाट पानीको मूल फुटेर निस्क्यो,
तर के उहाँले हामीलाई रोटी
र यी आफ्ना प्रजालाई मासु दिन सक्नुहोला र?”
21तिनीहरूका कुरा सुनेर परमप्रभु रिसाउनुभयो;
उहाँले आफ्ना प्रजालाई आगोद्वारा प्रहार गर्नुभयो
र तिनीहरूका विरुद्धमा उहाँको रिस बढ्यो।
22किनभने उहाँमाथि तिनीहरूको विश्वास थिएन
र उहाँले हामीलाई बचाउनुभयो भन्ने तिनीहरूलाई भरोसा थिएन।
23तर उहाँ बोल्नुभयो
र आकाशलाई त्यसका ढोकाहरू खोल्ने आज्ञा दिनुभयो।
24 #
यूहन्ना 6:31
खानलाई मन्न पठाइदिनुभएर उहाँले
तिनीहरूलाई स्वर्गदेखि अन्न दिनुभयो।
25यसरी तिनीहरूले स्वर्गदूतका खाना खाए
र परमेश्वरले तिनीहरूले मागेका सबै कुरा दिनुभयो।
26उहाँले पूर्वपट्टिको हावा पनि बहाउनुभयो
र आफ्नो शक्तिले दक्षिणको बतास चलाउनुभयो।
27उहाँले आफ्ना प्रजालाई समुद्रको किनारमा भएको बालुवाको कणसरह चरा-चुरुङ्गीहरू
पठाइदिनुभयो।
28ती चराहरू तम्बुका
चारैपट्टि र माझमा खसे।
29मानिसहरूले ती खाए र अघाए,
परमेश्वरले तिनीहरूलाई तिनीहरूले मागेका कुरा दिनुभयो।
30तर तिनीहरूको भोक अझ मेटिएको थिएन,
तिनीहरूले अझै खाइरहेका थिए।
31तर परमेश्वर तिनीहरूसित रिसाउनुभयो
र उहाँले तिनका सबैभन्दा बलिया मानिसहरूले मार्नुभयो:
इस्राएलका सबैभन्दा उत्तम युवाहरू।
32ती सबै भएर पनि मानिसहरूले पाप गरि नै रहे,
आश्चर्यकर्महरू देखेर पनि तिनीहरूले उहाँमा भरोसा गरेनन्।
33यसैले सास गएको झैँ उहाँले तिनीहरूका जीवन अन्त गराउनुभयो
र तिनीहरूको जीवन प्रकोपमा परेर नष्ट भयो।
34उहाँले तिनीहरूमध्ये कतिलाई मार्नुभएपछि अरूहरू उहाँतिर फर्कन्थे,
तिनीहरूले पश्चात्ताप गरेर भक्तिसित उहाँलाई प्रार्थना गर्थे।
35तिनीहरूले याद गर्थे, “परमेश्वर हाम्रा रक्षक हुनुहुन्छ
र सर्वशक्तिमान् प्रभुले हाम्रो मद्दत गर्नुभयो।”
36तर तिनीहरूका शब्दहरू सबै झूटा थिए,
तिनीहरूले भनेका कुनै कुरा सत्य थिएन।
37 #
प्रेरित 8:21
तिनीहरूको उहाँमाथि भक्ति थिएन,
उहाँसँग गरेका करारप्रति तिनीहरू विश्वासयोग्य रहेनन्।
38तर परमेश्वरले आफ्ना प्रजालाई दयामाया गर्नुभयो,
तिनीहरूका पाप उहाँले माफ गर्नुभयो
र तिनीहरूलाई नाश पार्नुभएन।
धेरै चोटि उहाँले आफ्नो क्रोधलाई रोक्नुभयो
र रिस थाम्नुभयो।
39तिनीहरू हावाजस्तो बहिजाने
र मरिजाने मानिस मात्र हुन् भनी उहाँले याद गर्नुभयो।
40मरुभूमिमा कतिपल्ट तिनीहरूले उहाँसँग विद्रोह गरे,
कतिपल्ट उहाँलाई दु:खित पारे।
41घरीघरी तिनीहरूले परमेश्वरको परीक्षा गरे
र इस्राएलका पवित्र परमेश्वरलाई कष्टमा पारे।
42तिनीहरूले उहाँको महान् शक्ति
र उहाँले तिनीहरूलाई आफ्ना शत्रुहरूदेखि बचाउनुभएको दिनलाई भुले।
43मिश्रदेशमा सोअनको मैदानमा उहाँले गर्नुभएको पराक्रम
र उदेकका कामहरू तिनीहरूले भुले।
44 #
प्रस्थान 7:17-21
उहाँले नदीलाई रगतमा बदल्नुभयो
र मिश्रीहरूले पिउने पानी पाएनन्।
45 #
प्रस्थान 8:20-24;
प्रस्थान 8:1-6
उहाँले तिनीहरूका बीचमा सताउन
झिँगाहरू र जमिन नष्ट पार्नलाई भ्यागुताहरू पठाउनुभयो।
46 #
प्रस्थान 10:12-15
उहाँले तिनीहरूका अन्नबाली खाएर खेतबारी नाश गर्नलाई
सलहहरू पठाउनुभयो।
47 #
प्रस्थान 9:22-25
उहाँले तिनीहरूका दाखका बोटहरू असिनाले
र नेभाराका रूखहरू तुसारोले नाश पार्नुभयो।
48उहाँले तिनीहरूका गाई-वस्तुहरू असिनाले
र तिनीहरूका भेडा-बाख्राहरू चट्याङले मार्नुभयो।
49उहाँले मृत्युका दूतझैँ गरी
आफ्नो रिस र डरलाग्दो क्रोध खनाएर
तिनीहरूलाई ठूलो कष्टमा पार्नुभयो।
50उहाँले आफ्नो रिस थाम्नुभएन
वा तिनीहरूको ज्यान बचाउनुभएन,
तर महामारीले तिनीहरूलाई मार्नुभयो।
51 #
प्रस्थान 12:29
उहाँले सबै मिश्री परिवारहरूका
जेठा छोराहरूलाई मार्नुभयो।
52 #
प्रस्थान 13:17-22
त्यसपछि एउटा गोठालाले झैँ उहाँले आफ्ना प्रजालाई डोर्याउनुभयो
र मरुभूमिमा तिनीहरूको अगुवाइ गर्नुभयो।
53 #
प्रस्थान 14:26-28
उहाँले तिनीहरूलाई कुशलसाथ डोर्याउनुभयो र तिनीहरू डराएनन्,
तर तिनीहरूका शत्रुमाथि समुद्र बगेर ओर्लिआयो।
54 #
प्रस्थान 15:17; यहोशू 3:14-17 उहाँले तिनीहरूलाई आफ्नो पवित्र देशमा,
आफैंले विजय गर्नुभएका पहाडहरूमा ल्याउनुभयो।
55 #
यहोशू 11:16-23
आफ्नो प्रजा अघि बढ्दा उहाँले त्यहाँका बासिन्दाहरूलाई धपाउनुभयो;
उहाँले तिनीहरूका जमिन इस्राएली कुलहरूका बीचमा बाँडिदिनुभयो
र तिनीहरूका घरहरू आफ्ना प्रजालाई दिनुभयो।
56 #
न्यायकर्ता 2:11-15
तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरको विरुद्धमा विद्रोह गरे,
र उहाँको परीक्षा गरे।
तिनीहरूले उहाँका आज्ञाहरू मानेनन्।
57तर तिनीहरू आफ्ना पुर्खाहरूजस्तै विद्रोही र विश्वासघाती भए,
बाङ्गो काँडझैँ भर पर्न नसकिने भए।
58तिनीहरूले अरू देवी-देवताका पूजा गर्ने स्थानहरू बनाएकाले उहाँको रिस जगाए
र आफ्ना मूर्तिहरूद्वारा उहाँको क्रोध औधी दन्काइदिए।
59त्यो देखेर परमेश्वर रिसाउनुभयो
र उहाँले आफ्ना प्रजालाई पूर्णरूपले इन्कार गर्नुभयो।
60 #
यहोशू 18:1; यर्मिया 7:12-14; 26:6 उहाँले आफ्नो तम्बु शिलोमा त्याग्नुभयो,
जहाँ हाम्रा बीच बास गर्नुभएको थियो।
61 #
१ शमूएल 4:4-22
उहाँले हाम्रा शत्रुहरूलाई करारको सन्दुक कब्जा गर्न दिनुभयो।
त्यो सन्दुक उहाँको शक्ति र महिमाको चिन्ह थियो।
62उहाँ आफ्नै प्रजासँग रिसाउनुभयो,
शत्रुहरूलाई तिनीहरूको संहार गर्न दिनुभयो।
63युवाहरू लडाइँमा मारिए
र युवतीहरूले विवाह गर्ने कोही पाएनन्।
64हिँसाले पुरोहितहरू मारिए
र तिनका विधवाहरूले शोक मनाउनसम्म पाएनन्।
65अन्तमा निद्रादेखि बिउँझेझैँ प्रभु जाग्नुभयो,
मद्यले रन्केको मानिसझैँ उहाँ उठ्नुभयो।
66धेरै दिन लाजमा पर्ने गरी हार गराएर
उहाँले तिनीहरूलाई धपाउनुभयो।
67उहाँले योसेफका सन्तानलाई अस्वीकार गर्नुभयो,
उहाँले एफ्राइम कुललाई चुन्नुभएन।
68त्यसका सट्टामा उहाँले यहूदा कुल र सियोन पहाडलाई चुन्नुभयो,
जुन सियोन पहाडलाई उहाँले खुबै प्रेम गर्नुहुन्छ।
69त्यस ठाउँमा उहाँले स्वर्गको आफ्नो भवनजस्तै
आफ्नो मन्दिर बसाल्नुभयो;
त्यसलाई पृथ्वीजस्तै दरिलो गरी
सघैंभरिको लागि सुरक्षित बनाउनुभयो।
70-71 #
१ शमूएल 16:11,12; 2 शमूएल 7:8; १ इतिहास 17:7 उहाँले आफ्ना दास दाऊदलाई चुन्नुभयो,
आफ्ना भेडा-बाख्राको बथान चराइरहेको चरनबाट लिनुभयो;
उहाँले त्यसलाई इस्राएलका राजा बनाउनुभयो
र परमेश्वरका प्रजाको गोठालो बनाउनुभयो।
72दाऊदले तिनीहरूलाई निस्वार्थसित हेरचाह गरे,
र तिनीहरूलाई निपूणतासाथ डोर्याए।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 78: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.