भजनसंग्रह 8
8
परमेश्वरको महिमा र मानिसको मर्यादा
1हे परमप्रभु हाम्रा प्रभु!
तपाईंको महान्ता सारा संसारमा देखिन्छ!
तपाईंको प्रशंसा स्वर्गसम्म पुग्छ। 2#मत्ती 21:16तपाईंको प्रशंसा साना बालकहरू र दूध खाने बालकहरूबाट तपाईंको प्रशंसा हुन्छ।
आफ्ना सारा शत्रुदेखि तपाईं सुरक्षित र कुशल हुनुहुन्छ,
तपाईंको विरोध गर्नेहरू हरेकलाई तपाईंले बढ्न दिनुहुन्न।
3तपाईंले बनाउनुभएको आकाशलाई जब म हेर्दछु
र तपाईंले बसाल्नुभएका जून र ताराहरू जब म हेर्दछु,
4 #
अय्यूब 7:17,18; भजनसंग्रह 144:3; हिब्रू 2:6-8 मानिस के हो र? किन तपाईं उसको बारेमा सोच्नुहुन्छ?
मरणशील मानिसलाई किन तपाईंले उसको वास्ता गर्नुहुन्छ?
5तरै पनि तपाईंले मानिसलाई आफूभन्दा केही मात्र कम स्तरको बनाउनुभयो
र उसलाई मान र गौरव दिनुभयो।
6 #
१ कोरिन्थी 15:27; एफिसी 1:22; हिब्रू 2:8 आफूले बनाएका सारा कुरा तपाईंले उसको अधीनमा दिनुभयो,
तपाईंले उसलाई आफ्ना सारा सृष्टिमाथि अधिकार दिनुभयो।
7भेडा-बाख्रा, गाई-वस्तु, जङ्गली पशु र पक्षीहरू,
8माछा र समुद्रका सबै जन्तुहरूमाथि
तपाईंले उसलाई अधिकार दिनुभयो।
9हे परमप्रभु, हाम्रा प्रभु।
तपाईंको महान्ता सारा संसारमा देखिन्छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 8: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: