प्रकाश 13
13
जनावरहरू
1 #
दानिएल 7:3;
प्रकाश 17:3,7-12 यसपछि समुद्रबाट निस्की आउँदैगरेको एउटा जनावर मैले देखें। त्यसका दश सिङ र सातवटा टाउका थिए र प्रत्येक सिङमा एउटा मुकुट थियो र त्यसको प्रत्येक टाउकोमा परमेश्वरलाई अपमान गर्ने एउटा नाउँ थियो। 2#दानिएल 7:4-6त्यो जनावर चितुवाजस्तो देखिन्थ्यो। त्यसका खुट्टा भालुका जस्ता थिए र मुखचाहिँ सिंहको जस्तो थियो। त्यो अजिङ्गरले आफ्नो शक्ति, सिंहासन र ठूलो अधिकार त्यो जनावरलाई दियो। 3त्यसका टाउकाहरूमध्ये एउटामा चाहिँ मर्ने गरी गहिरो चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यो गहिरो चोट निको भएको थियो। सारा संसार छक्क परी त्यस जनावरलाई पछ्याउन लाग्यो। 4अनि त्यो अजिङ्गरले आफ्नो अधिकार जनावरलाई दिएको हुनाले सबै अजिङ्गरलाई मान-आदर गर्थे र यसो भन्दै त्यो जनावरको पनि जयजयकार गर्थे, “त्यो जनावरजस्तो अरू को छ र? त्यससित लडाइँ गर्न सक्ने को छ?”
5 #
दानिएल 7:8,25; 11:36 आफ्नो घमण्डको कुरा गरेर परमेश्वरको अपमान गर्न त्यस जनावरलाई बयालीस महिनासम्म समय दिइएको थियो। 6त्यसले परमेश्वरलाई, उहाँको नाम, वासस्थान र स्वर्गमा बस्ने सबैलाई सराप्न थाल्यो। 7#दानिएल 7:21त्यसलाई परमेश्वरका मानिसहरूसित लडाइँ गरेर उनीहरूलाई जित्ने हक दिइएको थियो। सबै कुल, देश, भाषा र जातिमाथि अधिकार गर्न त्यसलाई हक दिइएको थियो। 8#भजनसंग्रह 69:28मारिएका थुमाको जीवनको पुस्तकमा संसारको उत्पत्तिभन्दा पहिले नै नाउँ लेखिएका व्यक्तिहरू बाहेक पृथ्वीमा रहनेहरू सबैले नै त्यो जनावरलाई मान-आदर गर्नेछन्।
9तिम्रा कान भए यी कुरा सुन! 10#यर्मिया 15:2; 43:11कोही मानिस कैदको लागि छ भने त्यसलाई कैद गरिनेछ र कुनै मानिस तरवारले मारिनुछ भने त्यो अवश्य तरवारले नै मारिनेछ। यसको निम्ति परमेश्वरका भक्तहरूमा सहने शक्ति र विश्वास हुनुपर्छ।”
11यसपछि मैले पृथ्वीबाट निस्किआएको अर्को एउटा जनावर देखें। थुमाका जस्ता त्यसका दुईटा सिङ थिए र त्यसको बोली अजिङ्गरको जस्तो थियो। 12त्यसले त्यो पहिलो जनावरपट्टिबाट त्यसको ठूलो अधिकार चलायो र त्यो घाउ निको भएको पहिलो जनावरलाई मान-आदर गर्न संसारका सबै मानिसलाई कर लगायो। 13यो दोस्रो जनावरले अचम्म-अचम्मका चिन्हहरू देखायो। सबैले देख्ने गरी त्यसले आकाशबाट पृथ्वीमा आगो झार्यो। 14त्यो पहिलो जनावरको अगाडि यस्ता अचम्मका चिन्हहरू देखाउने शक्ति त्यसलाई दिइएको थियो। यसैले गर्दा संसारका सबै मानिसहरूलाई त्यसले भर्मायो। तरवारले घायल भएर पनि बाँचेको त्यो जनावरलाई मान्न सबैले त्यसको मूर्ति बनाउनू भनेर त्यो दोस्रो जनावरले हुकुम गर्यो। 15पहिलो जनावरको मूर्तिले बोलोस् र त्यो मूर्ति पूजा नगर्नेहरू जतिलाई मारिदेओस् भनेर त्यस जनावरको मूर्तिमा सास फुकिदिने अधिकार दोस्रो जनावरलाई दिइएको थियो। 16तब त्यसले साना र ठूला, धनी र गरीब, कमारा र मुक्त सबैलाई आफ्ना दाहिने हातमा वा आ-आफ्ना निधारमा चिन्ह लाउन लगायो। 17यो दागचाहिँ त्यो जनावरको नाउँ अथवा त्यसको सङ्ख्या थियो अनि जति जनाले त्यो दाग पाएनन्, उनीहरूले किनबेच गर्न नपाउने भए।
18यसमा बुद्धि चाहिन्छ, जसको सम्झने शक्ति छ, त्यसले त्यो जनावरको सङ्ख्या बुझोस् किनभने त्यो सङ्ख्याले एउटा मान्छेको नाउँ बुझाउँछ र त्यसको सङ्ख्याचाहिँ ६६६ हो।
अहिले सेलेक्ट गरिएको:
प्रकाश 13: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: