प्रकाश 15
15
स्वर्गदूत र आखिरी विपत्तिहरू
1त्यहाँबाट मैले आकाशमा अर्को एउटा ठूलो र अचम्मको चिन्ह देखें। सात स्वर्गदूतहरू प्रत्येकले एक-एक वटा विपत्ति बोकेका थिए। तीचाहिँ परमेश्वरको क्रोधका सातवटा आखिरी विपत्ति हुन्।
2यसपछि मैले आगो र ऐना मिसिएको समुद्रजस्तो देखें। त्यो जनावर, त्यसको मूर्ति र त्यसको नाउँको सङ्ख्यामाथि विजय प्राप्त गर्ने सबैलाई मैले देखें। परमेश्वरले उनीहरूलाई दिनुभएका वीणाहरू हातमा समाएर उनीहरू त्यो ऐनाको समुद्रको छेउमा उभिरहेका थिए। 3#प्रस्थान 15:1परमेश्वरको सेवक मोशाको गीत र थुमाको गीत उनीहरूले गाइरहेका थिए,
“प्रभु परमेश्वर सर्वशक्तिमान्,
तपाईंका काम कति महान् र अचम्मका छन्।
जाति-जातिका राजा,
तपाईंका योजनाहरू ठीक र सत्य छन्।
4 #
यर्मिया 10:7;
भजनसंग्रह 86:9
सबैले तपाईंको डर मान्नेछन्।
तपाईंको महान्ताको घोषणा सबैले गर्नेछन्।
तपाईं मात्र पवित्र हुनुहुन्छ।
सबै जातिहरूले तपाईंकहाँ आएर मान-आदर गर्नेछन्
किनभने अब तपाईंका ठीक विचार र न्यायहरू सबैले देखेका छन्।”
5 #
प्रस्थान 38:21
यसपछि मैले स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलिएको र त्यसभित्रको पवित्र वासस्थान पनि देखें। 6सातै विपत्ति बोकेका सात स्वर्गदूत त्यसैबाट निस्के। तिनीहरूले सफा र चम्कने लुगा लगाएका थिए र आफ्नो छातीमा सुनका फित्ता बाँधेका थिए। 7तब ती चार जीवित प्राणीमध्ये एउटाले चाहिँ सातवटा सुनका बटुका ती सात जना स्वर्गदूतलाई दिए। ती सात बटुकामा सधैँ बाँचिरहनुहुने परमेश्वरको क्रोध थियो। 8#प्रस्थान 40:34; १ राजा 8:10,11; २ इतिहास 5:13,14; यशैया 6:4परमेश्वरको सम्मान् र शक्तिबाट निस्कने धुवाँले मन्दिर भरिदियो र ती सात स्वर्गदूतले बोकेका सातै विपत्ति नसिध्याउञ्जेल कोही पनि त्यसभित्र पस्न सकेन।
अहिले सेलेक्ट गरिएको:
प्रकाश 15: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.