प्रकाश 4
4
स्वर्गमा आराधना
1यसपछि मैले अर्को दर्शन पाएँ र स्वर्गमा खोलिराखेको एउटा ढोका देखें। मैले पहिले सुनेको सोर तुरहीको जस्तो आवाजमा यसो भन्दै मसित बोलिरहेको मैले सुनें, “यता उक्लेर आऊ अनि यसपछि हुन आउने कुराहरू म तिमीलाई देखाउनेछु।” 2#इजकिएल 1:26-28; 10:1त्यति नै खेर म आत्माले भरिपूर्ण भएँ। स्वर्गमा एउटा सिंहासन राखेको थियो र त्यसमा एक जना विराजमान् हुनुहुन्थ्यो। 3उहाँको मुहारचाहिँ सेता र राता-राता चम्कने मणिहरूजस्तो सुन्दर देखिन्थ्यो र सिंहासनको वरिपरिचाहिँ टल्कने पन्ना रङ्गको एउटा इन्द्रेणी थियो। 4मूल सिंहासनको वरिपरि चौबीसवटा अरू सिंहासनहरू थिए र ती सिंहासनहरूमा सुनका मुकुट र सेता पोशाक लगाएका चौबीस जना धर्म-गुरुहरू बसिरहेका थिए। 5#प्रस्थान 19:16; प्रकाश 8:5; 11:19; 16:18; इजकिएल 1:13; प्रकाश 1:4; जकरिया 4:2मूल सिंहासनबाट बिजुली चम्कन्थ्यो, गड्याङ्-गुडुङको गर्जन निस्कन्थ्यो। सिंहासनको अगाडि आगोको सातवटा राँका बलिरहेका थिए, जुन परमेश्वरका सात आत्मा हुन्। 6#इजकिएल 1:22#इजकिएल 1:5-10; 10:14सिंहासनको अगाडि सिसाजस्ता छर्लङ्गै देखिने समुद्र थियो।
आँखै-आँखा भएका चारवटा जीवित प्राणीहरूले सिंहासनको अगाडि र पछाडि र वरिपरि घेरेका थिए। 7पहिलो जीवित प्राणी सिंहजस्तो देखिन्थ्यो, दोस्रो गोरुजस्तो थियो, तेस्रो जीवित प्राणीको चेहरा मान्छेको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको गरुडजस्तो थियो। 8#इजकिएल 1:18; 10:12; यशैया 6:2,3ती चारवटा जीवित प्राणीहरूका छ-छवटा पखेटा थिए र ती पखेटाहरूका बाहिर र भित्र दुवैपट्टि आँखाहरूले भरिएका थिए। रातदिन उनीहरूले नरोकीकन यसो भन्दै गीत गाइरहेका थिए,
“सर्वशक्तिमान् परमप्रभु परमेश्वर पवित्र, पवित्र, पवित्र हुनुहुन्छ। उहाँ हुनुहुन्थ्यो, उहाँ हुनुहुन्छ र उहाँ हुनुहुनेछ।”
9सदासर्वदा जीवित रहनुहुने अनि सिंहासनमा विराजमान् हुनुहुनेलाई ती चारवटा जीवित प्राणीहरूले सम्मान्, आदर र धन्यवादको गीत गाइरहेका थिए।
10उनीहरूले गीत गाउँदा-गाउँदै सदासर्वदा जीवित अनि सिंहासनमा विराजमान् हुनुहुनेको अगाडि ती चौबीस जना धर्म-गुरुहरूले दण्डवत् गरे र आफ्ना मुकुट उहाँको चरणमा टक्र्याउँदै यसो भने,
11“हे हाम्रा प्रभु परमेश्वर,
तपाईं सम्मान्, आदर र अधिकारको योग्यको हुनुहुन्छ
किनभने सबै तपाईंले नै सृष्टि गर्नुभएको हो
र तपाईंकै इच्छाअनुसार ती हुन आए र जीवन पाएका छन्।”
अहिले सेलेक्ट गरिएको:
प्रकाश 4: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: