रोमी 4
4
अब्राहामको उदाहरण
1त्यसो भए हामी हाम्रा जातिका पुर्खा अब्राहामका बारेमा के भनौं? उनले के पाए? विश्वासले परमेश्वरको सामु ठीक ठहरिने सुविधा पाए। 2यदि उनले गरेका कुनै कामबाट परमेश्वरको सामु उनी ठीक ठहरिएका भए उनलाई घमण्ड गर्ने बाटो हुनेथियो। तर परमेश्वरको सामु उनीसँग घमण्ड गर्ने बाटो थिएन। 3#उत्पत्ति 15:6; गलाती 3:6धर्मशास्त्रमा लेखिएको छ, “अब्राहामले परमेश्वरमा विश्वास गरे। उनको त्यही विश्वासले गर्दा परमेश्वरले उनलाई ठीक ठहराउनुभयो।” 4काम गर्नेलाई ज्याला दिइन्छ। ज्याला दान होइन तर कमाएको कुरो हो। 5कसैले धर्म-कर्ममा होइन तर दोषीहरूलाई निर्दोष ठहराउनुहुने परमेश्वरमा विश्वास गर्छ भने उसलाई परमेश्वरले आफ्नो सामु निर्दोष ठहराउनुहुन्छ। यसरी परमेश्वरले मानिसलाई विश्वासद्वारा निर्दोष र ठीक ठहराउनुहुन्छ। 6हाम्रा राजा दाऊदले पनि धर्म-कर्मबाट होइन तर परमेश्वरबाट ठीक ठहरिएका मानिसको बारेमा यसो भन्छन्,
7 #
भजनसंग्रह 32:1,2 “कति खुसी तिनीहरू, जसको अधर्म
परमेश्वरले मेटिदिनुभएको छ
र पापहरू पुरिदिनुभएको छ।
8कति खुसी त्यो मानिस,
जसको पापको हिसाब परमेश्वरले लिनुहुन्न,।”
9यो दाऊदले भनेको सुख व्यवस्थाअनुसार खतना भएकाहरूको लागि मात्र होइन, नभएकाहरूको लागि पनि हो किनभने हामीले धर्मशास्त्रअनुसार भनिहाल्यौं, “परमेश्वरले अब्राहामलाई उहाँमा विश्वास गरेकोले नै ठीक ठहराउनुभयो।” 10यो कहिले भयो? उनले व्यवस्थाअनुसार खतना गरेपछि कि नगर्दै? खतना गर्नुभन्दा अघि नै अब्राहामले पहिले विश्वास गरे। यसैले परमेश्वरले उनलाई खतना नगर्दै ठीक ठहराउनुभएको थियो। 11#उत्पत्ति 17:10त्यसकारण खतनाचाहिँ उनको विश्वासद्वारा परमेश्वरले ठीक ठहराउनुभएको छाप थियो। यसरी अब्राहाम खतना नगरेको तर परमेश्वरलाई चाहिँ विश्वास मात्र गरेर ठीक ठहरिने अन्यजातिका पनि आत्मिक पुर्खा भए। 12यसरी नै यहूदीहरूले खतना गरेका कारणले मात्र होइन; तर तिनीहरू पनि उनको जस्तै विश्वासमा हिंडेकोले अब्राहाम ती यहूदीहरूका पनि पुर्खा हुन्।
परमेश्वरको प्रतिज्ञा विश्वासद्वारा पाइन्छ
13 #
उत्पत्ति 17:4-6; 22:17,18; गलाती 3:29 अब्राहामले व्यवस्था पालन गरेकोले होइन, तर उहाँमा विश्वासद्वारा ठीक ठहरिएकोले नै उहाँले उनलाई र उनका सन्तानलाई संसारको हकवाला बनाउने प्रतिज्ञा गर्नुभयो। 14#गलाती 3:18व्यवस्था पालन गर्नेहरू नै हकवाला बन्ने भए विश्वास वेकामको भएर परमेश्वरको प्रतिज्ञा पनि त व्यर्थ हुनेथियो। 15व्यवस्था नटेर्नेहरूमाथि परमेश्वरको रिस पोखिन्छ तर व्यवस्था नभएको भए त नटेर्ने कुरै आउने थिएन।
16 #
गलाती 3:7
अब प्रतिज्ञा विश्वासद्वारा पाइने भएकोले यो परमेश्वरको अनुग्रहमा भर पर्दछ। यसले अब्राहामका सबै सन्तानको लागि प्रतिज्ञा पक्का गराउँछ। यो ठूलो अनुग्रह व्यवस्था हुनेहरूको लागि मात्र होइन तर अब्राहामको जस्तो विश्वास गर्नेहरूको लागि पनि हो, कारण अब्राहाम हामी सबैका पुर्खा हुन्। 17#उत्पत्ति 17:5धर्मशास्त्रमा परमेश्वरले अब्राहामलाई भन्नुभएको छ, “मैले तिमीलाई धेरै जातिको पुर्खा बनाएको छु,।” अब्राहामले उही मरेकालाई जीवन दिने र बोलेकै भरमा नभएकालाई हुने बनाउने परमेश्वरमा विश्वास गरे। 18#उत्पत्ति 15:5सन्तानको आशै नभएको बेला अब्राहामले धेरै जातिका पुर्खा हुन्छु भनी विश्वास गरेर आशा राखे। परमेश्वरले यसो भन्नुभएको थियो, “तिम्रा सन्तानहरू ताराझैँ धेरै हुनेछन्,।” 19#उत्पत्ति 17:17उनी सय वर्ष पुग्न लागेका थिए तर तिनलाई आफ्नो बुढो भएको शरीरले र साराको बाँझी कोखले विश्वासबाट कमजोर गराउन सकेन। 20तिनले परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरामा पटक्कै शङ्का गरेनन् तर विश्वासमा अझ बलियो भएर परमेश्वरको प्रशंसा गरे 21किनभने आफूले गर्नुभएको प्रतिज्ञा परमेश्वरले अवश्य पूरा गर्नुहुन्छ भन्ने उनलाई पक्का थाहा थियो। 22यही विश्वासले गर्दा नै अब्राहाम परमेश्वरको सामु ठीक ठहरिएका थिए। 23यो परमेश्वरको सामु ठीक ठहराउने कुरा उनका लागि मात्र नलेखिएर 24हाम्रा लागि पनि लेखिएको हो, जसले हाम्रा प्रभु येशूलाई मरेपछि पनि जीवन दिनुहुने परमेश्वरमा विश्वास गरेका छन्। यही विश्वासले गर्दा हामीहरू पनि परमेश्वरको सामु ठीक ठहरिएका छौं। 25#यशैया 53:4,5येशू हाम्रो पापको लागि मारिनुभयो अनि हामीलाई ठीक ठहराउन फेरि जिउँदो गराइनुभयो।
अहिले सेलेक्ट गरिएको:
रोमी 4: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: