आमोसको पुस्तक 2
2
मोआबको निम्ति दण्ड़
1परमप्रभुले यी कुरा भन्नुहुन्छ, “म मोआबका मानिसलाई तिनीहरूले गरेको अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किनभने मोआबको राजाले एदोमको राजाको हड्डी जलाएर चुना बनायो। 2यसकारण अब म मोआबमा आगो लगाइदिनेछु, अनि त्यो आगोले करियोतका पर्खालहरू भस्म पार्नेछु। र त्यहाँ खैला-बैला, चिच्याइ र तुरहीको आवाज आउँनेछ अनि मोआब मर्नेछ। 3यसकारण म मोआबका राजालाई उसको सबै अगुवाहरूसितै मार्नेछु।” परमप्रभु यसो भन्नुहुन्छ।
यहूदाको निम्ति दण्ड़
4परमप्रभु भन्नुहुन्छ, “म यहूदालाई उनीहरूले गरेको बिभिन्न अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किनभने तिनीहरूले परमप्रभुको आज्ञा मान्न अस्वीकार गरे। तिनीहरू आफ्ना बाबुहरूले मानेका झूटो देवताहरूलाई मानेर पथ-भ्रष्ट भएकाछन्। 5यसैकारण म यहूदामा आगो लगाइदिनेछु अनि त्यो आगोले यरूशलेमको किल्लाहरूलाई खरानिमा परिणत गर्नेछ।”
इस्राएलको निम्ति दण्ड़
6परमप्रभु भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरूले गरेका विभिन्न अपराधहरूका निम्ति दण्ड दिनेछु। किनकि तिनीहरूले धर्मी र गरीब मानिसलाई एकजोडी जुत्ताको मुल्यमा बेचे। 7तिनीहरूले ती गरीब मानिसहरूलाई कुल्चिए अनि पिडित मानिसको कुरा सुनेनन्। 8तिनीहरूले गरीब मानिसबाट उनीहरूको लुगा बन्धक लिए अनि ती लुगाहरू तिनिहरूले मूर्ति आराधना गर्दा लगाए। तिनीहरूले मानिसहरूलाई जरिवाना तिर्न बाध्य गराए र त्यस पैसाबाट तिनीहरूले दाखरस किने र तिनीहरूका देव-मन्दिरमा पिए।
9“तर मैले एमोरीहरूलाई तिनीहरूको अगाडी ध्वंश गरिदिएँ। मैले त्यसको फलहरू माथिदेखि र त्यसका जरा तलै सम्म नष्ट गरिदिएँ।
10“मैले तिमीहरूलाई मिश्रदेखि बाहिर निकालेर ल्याएँ र मरुभूमिका उजाड स्थानहरूमा चालीस बर्ष सम्म डोर्याएँ। मैले तिमीहरूलाई एमोरीहरूको भूमिदिएँ। 11मैले तिमीहरूका कतिपय नानीहरूलाई अगमबक्ताहरू बनाएँ। अनि मैले कतिपय युवकहरूलाई नाजिरीहरू बानाएँ। हे इस्राएलीहरू हो! के योकुरा सत्य होइन?” परमप्रभु भन्नुहुन्छ। 12“तर तिमीहरूले नाजिरीहरूलाई दाखरस खुवायौ। तिमीहरूले अगमबक्ताहरूलाई अगमवाणी गर्न रोक लगायौ। 13हेर, म तिमीहरूलाई अन्नले ठेलागाडी लादिए झैं दबाउनेछु। 14कुनै पनि मानिस बाँच्ने छैन, यहाँ सम्म कि बेगसित दगुर्नेलाई पनि छाडिने छैन। 15धनु-काँड चलाउने पनि युद्धमा बाँच्न योग्य हुने छैन। वेगसित दगुर्ने पनि उम्कन सक्ने छैन। घोडसवारले पनि आफ्नो प्राणबचाउन योग्यहुन सक्तैन। 16परमप्रभुले न्याय गर्ने दिनमा सबभन्दा साहसी पनि युद्घवाट नाङ्गै भाग्नेछ।” परमप्रभुले यो कुरा भन्नु भयो।
अहिले सेलेक्ट गरिएको:
आमोसको पुस्तक 2: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: