आमोसको पुस्तक 7
7
दर्शनमा सलह
1परमप्रभुले मलाई यो दर्शन देखाउनु भयो। यस दर्शनमा राजाको अंश अन्न भित्र लगिए पछि नयाँ अन्न उब्जँदै गरेकोमा उहाँले सलहहरू बनाउँदै गरेको मैलेदेखें। 2सलह ले देशको सारा घाँसहरू खायो। त्यसपछि मैले भनें, “मेरा स्वामी परमप्रभु, म बिन्तीगर्छु, हामीलाई क्षमा गर्नुहोस्! याकूब बाँच्न सक्दैन। त्यो अत्यन्तै सानो छ।”
3त्यसपछि परमप्रभुले यसको विषयमा आफ्नो बिचार बदल्नु भयो। परमप्रभुले भन्नुभयो, “यस्तो हुनेछैन।”
आगोमा दर्शन
4मेरा स्वामी परमप्रभुले मलाई उहाँको भयानक न्याय, परेको पानी पोखिए जस्तै देखाउनुयो। आगोले बिशाल समुद्र जलायो आगोले जमीन नष्ट पारिदियो। 5तब मैले भने, “हे परमप्रभु परमेश्वर म तपाईं सित बिन्ती गर्दछु याकूब बाँच्नसक्दैन, त्यो एकदै सानो छ।”
6त्यपछि यसको बिषयमा परमप्रभुले बिचार बदल्नु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “यस्तो हुनेछैन।”
साहुलको दर्शन
7तब परमप्रभुले मलाई यो दर्शन देखाउनुभयोः यस दर्शनमा उहाँ साहुलले चिन्ह लगाएर बनाएको पर्खाल नजिक हुनुहुन्थ्यो। अनि उहाँले आफ्ना हातमा साहुल समातिरहनु भएको थियो। 8परमप्रभुले मलाई सोध्नुभयो, “आमोस तँ के देख्दैछस्?”
मैले भनें, “म एउटा साहुल देख्दैछु।”
त्यपछि मेरा मालिकले मलाई भन्नु भयो, “हेर, म मेरा इस्राएलको मानिस बिरुद्ध साहुल प्रयोग गर्नेछु। म तिनीहरूको ‘दुष्ट्याँई’ फेरि कहिल्यै बेवास्ता गर्ने छैन। 9इसहाकको अग्ला ठाउँहरू नष्ट गरिनेछ। इस्राएलको पवित्र स्थानहरू उजाड हुनेछ। म खडा हुनेछु र यरोबामको परिवारलाई तलवार लिएर आक्रमण गर्नेछु।”
अमस्यले आमोसलाई रोक्ने कोसिस
10बेतलको पुजहारी अमस्याहाले इस्राएलका राजा यारोबामकहाँ यो खबर पठायोः “आमोसले तिमीहरूको बिरुद्ध षड्यन्त्र रच्दैछ। उसले इस्राएलका मानिसहरूलाई तिम्रो बिरुद्ध युद्ध गर्नका निम्ति कोसिस गरिरहेको छ। उसले यति ज्यादा गर्दैछ कि उसको शब्दले पुरै देशमा खपिनसक्नु भएकोछ। 11आमोसले भन्यो, ‘यरोबामलाई तरवारले काटिनेछ र इस्राएका मानिसहरूलाई तिनिहरूको देशबाट निर्वासित गरिनेछ।’”
12अमस्याले आमोसलाई भन्यो, “हे भबिष्यवक्ता यहूदा तर्फ दक्षिण तर्फ दगुर अनि त्यहाँ अगमवाणी दिएर आफ्नो भोजन कमाऊ। 13तर यहाँ बेतेलमा ज्यादा उपदेश नदेऊ। यो यारोबामको पवित्र स्थान हो। यो इस्राएलको मन्दिर हो।”
14तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अन्जीर र नेभाराका रूखहरू रूँग्ने मानिस हुँ। 15परमप्रभुले मलाई भेंडा़-बाख्राहरू चराउँदै गर्दा ठाउँबाट बोलाउनु भयो अनि भन्नु भयो, ‘जा मेरा मानिसहरू इस्राएललाई अगमवाणी गर।’ 16यसैकारण परमप्रभुको वचन सुन, तिमीहरू मलाई भन्दछौ, ‘इस्राएलको बिरुद्ध अगमवाणी नगर। इस्राएलको कुलको बिरुद्ध उपदेश नदेऊ।’ 17परमप्रभुले यसो भन्नुहुन्छ, ‘तिम्रो पत्नी यो शहरमा एकजना वेश्याहुनेछे। अनि तिम्रो छोराहरू र छोरीहरू अपवित्र भूमिमा तरवारले मारिन्छन्। तिम्रो भूमि, नाप्ने डोरीले भाग गरिनेछ अनि तिमी आफैं भूमि अपवित्र पार्नेछौ। इस्राएल निश्चयनै आफ्नो भूमिबाट बन्दीको रुपमा लगिनेछ।’”
अहिले सेलेक्ट गरिएको:
आमोसको पुस्तक 7: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International