यशैयाको पुस्तक 61
61
परमप्रभुको मुक्तिको समाचार
1परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो। 2परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दु:खी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो। 3परमेश्वरले सियोनका दु:खी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दु:खमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई “धार्मिकताका वृक्षहरू” र “परमप्रभुको अद्भूत बोट” नाउँ दिनलाई पठाउनु भयो।
4त्यस बेला, ध्वंश भएका पुराना शहरहरू फेरि निर्माण गरिनेछन्। ती शहरहरू पहिले जस्तै नयाँ बनिनेछन्। धेरै-धेरै बर्ष अघाडि भत्किाएका ती शहरहरू नयाँ जस्तै बनिनेछन्।
5तब तिम्रा शत्रुहरू तिमीकहाँ आएर तिम्रो भेंडा़को हेरचाह गर्नेछ। शत्रुका नानीहरूले तिम्रा खेतहरू र बगैंचामा काम गरिदिनेछ। 6तिमीहरूलाई “परमप्रभुका पूजाहारीहरू” र “हाम्रा परमेश्वरको सेवकहरू” भनेर बोलाइनेछौ। तिमीहरूले सारा पृथ्वीका जातिहरूबाट ल्याइएका धन-सम्पत्ति पाउनेछौ। अनि तिमीहरू त्यो पाएर गर्वित हुनेछौ।
7बितेका दिनहरूमा ती मानिसहरूले तिमीहरूलाई लज्जित पारे र सबै तिमीहरूको विरूद्ध नराम्रा कुराहरू गरे। तिमीहरू अन्य मानिसहरू भन्दा बढ्ता लज्जित भयौ। यसैले तिमीहरूको देशमा तिमीहरूले अरूहरू भन्दा दुइगुणा बढी पाउनेछौ। तिमीहरूले आनन्द मनाउनेछौ जुन अनन्तसम्म रहनेछ। 8यो खुशी किन यस्तो हुनेछ? किनभने म परमप्रभु हुँ र निष्पक्षता मन पराउँछु। म चोरी र अरू सबै कुराहरूलाई घृणा गर्दछु जुन गल्ती हुन्छ। यसैले म मानिसहरूलाई उनीहरूको कर्मको ज्याला दिनेछु। म मेरा मानिसहरूसँग अनन्तको लागि करार गर्नेछु। 9सारा जातिको मेरा प्रत्येक मानिसले चिन्नेछन्। मेरा जातिका नानीहरूले प्रत्येक मानिस चिन्ने छन्। कुनै पनि मानिसले तिनीहरूलाई देख्यो भने पक्कै परमेश्वरको आशीर्वाद परेकोछ भनेर जान्नेछन्।
परमेश्वरको सेवकले मुक्ति ल्याउँछ
10परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो।
म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु।
परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो।
ती पोषाकहरू अत्यन्तै सुन्दर छन्,
जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्।
परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो
त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
11पृथ्वीले नै बिरूवा उर्माछ।
मानिसहरूले त्यसको बीऊ बगैंचामा रोप्दछन्,
अनि बगैंचाले त्यसलाई उमार्छ फलाउँछ।
त्यसरी नै परमप्रभुले धार्मिकता उमार्नु हुन्छ।
परमप्रभुले प्रत्येक जातिबाट महिमा लिनुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
यशैयाको पुस्तक 61: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: