यर्मियाको पुस्तक 12
12
यर्मियाले परमप्रभुप्रति गुनासो गर्दछ
1हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने,
तपाईं सधैँ धार्मिक नै हुनुहुन्छ।
तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन।
किन दुष्ट मानिसहरू सफल हुन्छन्?
किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?
2तपाईंले तिनीहरूलाई रोप्नु भयो
अनि तिनीहरू शक्तिशाली भए।
तिनीहरू बढछन् अनि फल दिन्छन्।
तपाईं तिनीहरूका सम्मुख हुनुहुन्छ तर हृदयदेखि भने टाढा।
3तर हे परमप्रभु तपाईं मेरो हृदयलाई चिन्नु हुन्छ।
तपाईंले मलाई देख्नु भएको छ अनि मेरो मनलाई जाँच्नु भएको छ।
तिनीहरूलाई थुमाहरूलाई कसाइले अघि ताने झैं तान्नुहोस्।
हत्या गरिने दिनको लागि तिनीहरूलाई अलग राख्नु होस्।
4कहिले सम्म जमीन सूख्खा रहन्छ?
कहिले सम्म घाँस ओइलिन्छ?
त्यहाँ बस्ने मानिसहरूको दुष्टयाईले गर्दा
सब चरा-चुरूङ्गीहरू अनि पशुहरू लोप भइसके।
तैपनि ती दुष्ट मानिसहरू भनिरहेका छन्,
“यर्मियाले हामीमाथि के घट्छ देख्ने छैन।”
यर्मियालाई परमप्रभुको जवाफ
5“यर्मिया, यदि तिमी मानिसहरूसँग दुगुर्दा थाक्यौ भने
कसरी घोडाहरूसित दगुर्न सक्छौ?
यदि तिमीले शान्तिमय ठाउँमा भरोसा गर्यो भने
डरलाग्दो जग्गामा तिमी के गर्नेछौ?
यर्दन नदीको किनारमा बढ़दै गरेको काँढे झाडीहरूमा
तिमी के गर्ने छौ?
6ती मानिसहरू तिम्रा आफ्नै दाज्यू-भाइहरू हुन्।
तिम्रा आफ्नै परिवारका सदस्यहरूले
तिम्रै विरूद्धमा षड्यन्त्र रचिरहेकाछन्।
तिनीहरू तिम्रो विरूद्धमा जोरसित कराउँछन्।
तिनीहरूले मीठा कुराहरू गरे पनि तिनीहरूमाथि भरोसा नगर।
परमप्रभुले यहूदीहरूलाई इन्कार गर्नुहुन्छ,
7“मैले आफ्नो घर परिवार त्यागेको छु,
मैले आफ्नो सम्पत्ति छाडें।
म जसलाई प्रेम गर्दछु्
उसैलाई उसको शत्रुहरूलाई सुम्पें।
8मेरा मानिसहरू सिंह झैं छन्।
तिनीहरू म पट्टि फर्की गर्जिए,
यसकारण म तिनीहरूको शत्रु भएको छु।
9मेरा मानिसहरू मरेका पशुहरू जस्तै छन्।
गिद्धहरू तिनीहरूको वरिपरि उडछन्।
आऊ हे जङ्गली पशुहरू हो,
खान भेला होऊ।
10घेरै गोठालाहरूले मेरो दाखबारीहरू नष्ट पारिदिए।
ती गोठालाहरू मेरो खेतका विरूवामाथि जथाभावी हिँडे।
ती गोठालाहरूले मेरो सुन्दर खेत बारी रित्तो मरुभूमिमा परिणत गरिदिए।
11तिनीहरूले मेरो खेत मरुभूमि बनाइदिए।
यो सूख्खा र अनुर्बर छ र मेरो लागि रून्छ।
सम्पूर्ण भूमि नै उजाड भएकोछ,
तर कसैले वास्ता गर्दैन।
12मरुभूमिको पहाडमाथि ध्वंशकहरू आउँछन्।
यो भूमिको एक कुनादेखि अर्को कुना सम्म,
परमप्रभुको तरवारले सम्पूर्ण नष्ट पार्नेछ।
कुनै जीवित वस्तु सुरक्षित रहने छैन।
13मानिसहरूले गहूँ रोप्ने छन्
तर तिनीहरूले काँढाहरूको बाली काट्नेछन्।
तिनीहरू अधिक मेहनत गर्छन्
तर त्यसबाट केही पाउँदैनन्।
आफ्नो परिश्रमको फलमा तिनीहरू आफै लज्जित अनुभव गर्नेछन।
परमप्रभुको क्रोधले यी सब चीजहरू हुनेछ।”
इस्राएलका छिमेकीहरूलाई परमप्रभुको प्रतिज्ञा
14यसकारण परमप्रभु भन्नुहुन्छ: “मैले मेरा इस्राएली मानिसहरूलाई दिएको भूमि नजिक बसो-बास गर्ने दुष्ट मानिसहरूलाई के गर्नेछु म तिमीलाई भन्नेछु। म ती मानिसहरूलाई तिनीहरूको ठाँउबाट उखेल्नेछु अनि तिनीहरूबाट यहूदालाई छुट्याउँनेछु। 15जब ती मानिसहरूलाई देश निकालाको समय पुरा हुन्छ, त्यस पछि तिमीहरूमाथि म दया गर्ने छु। म प्रत्येक मानिसलाई उसको आफ्नै पैतृक भूमिमा ल्याउनेछु। 16यदि ती मानिसहरूले मेरा मानिसहरूलाई बालको नाउँमा शपथ गर्न सिकाए झैं मेरो नाउँमा ‘परमप्रभु जीवित हुनुहुन्छ’ भन्न साँचो रूपमा सिके भने म तिनीहरूलाई मेरा मानिसहरूको बीचमा स्थापित गराउँछु। 17यदि कुनै राज्यले मेरो आज्ञा पालन गरेन भने त्यस जातिलाई पूर्ण रूपले नष्ट पार्नेछु र यसलाई सुकेको बिरूवा झैं बनाउनेंछु।” यो सन्देश परमप्रभुबाट आएको हो।
अहिले सेलेक्ट गरिएको:
यर्मियाको पुस्तक 12: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: