यर्मियाको विलाप 5
5
परमप्रभुलाई प्रार्थना
1हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो।
हाम्रो अपमान हेर्नु होस्।
2हाम्रो भूमि प्रदेशीहरूको हातमा सुम्पिदिए
हाम्रा घरहरू विदेशीहरूलाई सुम्पिदिए।
3हामी अनाथ भयौं।
हाम्रा पिता छैनन्।
हाम्रा आमाहरू विधवा जस्ती भएकि छिन्।
4हामीले पिउने पानी पनि किन्नु परेको छ।
हामीले दाउराको पनि ज्याला तिर्नु परेको छ।
5हामीलाई भन्जयाङमा जुवा बोकेर लैजान जोर गरिइएकोछ।
हामी थकित छौं र हामीलाई विश्राम छैन।
6रोटी पाउनका लागि हामीले मिश्रसँग एउटा सम्झौता गर्यौ।
हामीले अश्शूरसँग एउटा सम्झौता गर्यौं।
7हाम्रा पिता-पुर्खाहरूले पाप गरेका थिए अनि तिनीहरू मरेका छन्।
तिनीहरूको पापको कर्म अहिले हामीले भोगी रहेका छौं।
8जो ठीक हाम्रा नोकरहरू थिए तिनीहरू हाम्रा शासक भएका छन्।
कसैले पनि हामीलाई तिनीहरूबाट बचाउन सकेनन्।
9हामीले आहार खोज्नको लागि प्राणघातक
उजाड ठाउँमा होम्रो जीवन खतरामा पार्यौ।
10हाम्रा छाला चुल्हा जस्तै तातेको छ।
भोकको अतिशयाले गर्दा हामीलाई असाध्य ज्वरो आएको छ।
11शत्रुहरूले सियोनका स्त्रीहरूमाथि व्यभिचार गरेका छन्।
तिनीहरूले यहूदाका शहरहरूमा तरूणीहरूलाई व्यभिचार गरेका छन्।
12हाम्रा राजकुमारहरूलाई शत्रुले झुण्ड्याएर मारेका छन्।
तिनीहरूले हाम्रा बूढा-प्रधानहरूलाई सम्मान गरेका छैनन्।
13हाम्रा जवान छोराहरू शत्रुको कमारा छन्।
अनि हाम्रा छोराहरूका खुट्टाहरू शत्रुहरूको भारी कामले लर्वरिन्छन्।
14बूढा-प्रधानहरू शहरका मूल ढोकाहरूमा भेला हुन छाडीदिए।
जवान मानिसहरूले सँगीत बजाउन छाडीदिए।
15अब हाम्रो हृदयमा आनन्दको चिन्ह समेत पनि रहेन।
हाम्रा नाचहरू शोक गीतमा परिवर्तन भएका छन्।
16मुकुट हाम्रो टाउकोबाट झरेर गयो।
हामीले गरेको पापको कारणले,
हामीमा खराब समय आएकोछ।
17ती कुराहरूको कारणले गर्दा,
हाम्रा आँखाहरूले स्पष्ट देख्न छोड्यो।
18सियोन पर्वत बाँझोभूमि भयो।
स्यालहरू सियोन पर्वतको वरिपरि दर्गुछन्।
19तर हे परमप्रभु। तपाईंले हामीमाथि सदैव शासन गर्नुभएको छ।
तपाईंको सिंहासन सदाको लागि रहन्छ।
20हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो।
तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एक्लै छाडनु भयो।
21हे परमप्रभु, हामीलाई फेरि फर्काई तपाई कहाँ ल्याउनु होस्।
हामी आनन्दले तपाई कहाँ फर्कने छौं।
हामीहरूको जीवन पहिलेको जस्तै बनाईदिनु होस्।
22तपाई हामीप्रति अति क्रोधित हुनुहुन्थ्यो।
के तपाईले हामीलाई पूर्ण प्रकारले इन्कार गर्नु भयो?
अहिले सेलेक्ट गरिएको:
यर्मियाको विलाप 5: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: