भजनसंग्रह 149
149
1परमप्रभुको प्रशंसा गर।
परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ!
महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्।
2इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्तामा आनन्दित होऊन्।
सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।
3ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै,
परमप्रभु परमेश्वरको प्रशंसा गरून्।
4परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ।
परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो।
उहाँले तिनीहरूलाई बचाउनु भयो!
5हे परमेश्वरका चेलाहरू! आफ्नो विजयमा प्रफुल्लित होऊ।
सुत्न गइसके पश्चात् पनि खुसी होऊ।
6मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून्
अनि आफ्ना तरवारहरू हातमा लिऊन्।
7आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ।
ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ।
8परमेश्वरका मानिसहरूले ती राजा,
र प्रमुख मानिसहरूलाई साङ्गलाले बाँध्नेछन्।
9परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन्
परमेश्वरले गर्नु भएको आज्ञा जस्तै,
परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर।
परमप्रभुको प्रशंसा गर!
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 149: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: