भजनसंग्रह 22
22
प्रमुख संगीतकारलाई “मृगको प्रभातको धुन।” दाऊदको भजन।
1हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो?
मलाई बचाउँन तपाईं किन यति टाढा हुनुहुन्छ!
तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!
2हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ,
अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ,
तर तपाईंले मलाई उत्तर दिनु भएन।
3हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ।
इस्राएल का प्रशंसाहरू तपाईंको सिंहासन हो।
4हाम्रा पिता-पुर्खाहरूले तपाईंमाथि भरोसा गरे
हो तिनीहरूले तपाईंमाथि भरोसा गरे, अनि तपाईंले तिनीहरूलाई बचाउनु भयो।
5हे परमेश्वर, हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई गुहार मागे अनि तिनीहरू आफ्ना शत्रुहरूबाट जोगिए।
तिनीहरूले तपाईंमाथि भरोसा राखे अनि तिनीहरू निराश भएनन्!
6यसकारण के म कीरा हुँ मानिस होइन?
मानिसहरू मबाट लज्जित छन्।
तिनीहरूले मलाई निन्दा गर्छन्।
7प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ।
उसले आफ्नो टाउको हल्लाउँछ र मलाई जिब्रो देखाउँछ।
8तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ,
हुन सक्छ तिमीलाई उनले बचाउलान।
यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!”
9हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु।
तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ।
जब म दूध चुस्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो।
10तपाईं मेरो जन्म काल देखि नै परमेश्वर हुनुभएको छ।
म आमाको गर्भबाट निस्कने बित्तिकै तपाईंको हेरचाहमा राखिएको थिएँ।
11यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्!
सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्।
12मानिसहरू मेरो चारैतिर छन्।
तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।
13तिनीहरूले मलाई गर्जंदै
शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्।
14मेरो शक्ति क्षीण भएको छ
जसरी जमीनमा पानी पोखिन्छन्।
मेरा जम्मै हाडहरू अलग भइसकेको छन्।
मेरो आँट हराई सक्यो!
15मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ।
मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ।
तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ।
16ती “कुकुरहरू” मेरो वरिपरि छन्।
ती दुष्टहरूको समुहले मलाई पासोमा पारेका छन्।
तिनीहरूले मेरा खुट्टा र हातहरू चिथोरेका छन्।#22:16 तिनीहरूले … चिथोरेका छन् अथवा “सिंहले झौं तिनीहरूले च्यातेका छन्।”
17म मेरो हाडहरू देख्न सक्छु
अनि मानिसहरूले मलाई चियो गरिरहेका छन्!
तिनीहरूले मलाई हेरिरहेका छन्!
18ती मानिसहरूले मेरो लुगाहरू बाँडिरहेका छन्।
तिनीहरूले मेरो पोशाकहरूको निम्ति चिठ्ठा उडाइरहेका छन्।
19हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ।
मेरो सहायताको निम्ति आइहाल्नुहोस्।
20हे परमप्रभु, मेरो प्राणलाई तरवारबाट बचाउँनुहोस्।
मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।
21सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्।
साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्।
22हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु।
महासभामा म तपाईंको प्रशंसा गाउने छु।
23सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्छन् परमप्रभुको प्रशंसा गर।
हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ।
हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।
24किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न।
यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे,
उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न।
25हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु।
ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु।
26नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ!
तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर!
तिमीहरूका हृदयहरू सधैँको निम्ति खुशी रहोस्।
27टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून्
र उहाँतिर फर्केर आऊन्!
विदशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
28किनभने परमप्रभु नै राजा हुनुहुन्छ।
उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ।
29बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्।
वास्तवमा, सबै मानिसहरू मर्नेछ
अनि जो मरिसकेका छन्,
तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्!
30अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्।
मानिसहरूले सदा-सर्वदा उहाँको विषयमा भन्ने छन्।
31प्रत्येक मानिसहरूले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई
परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 22: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: