YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 28

28
दाऊदको भजन।
1हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ।
म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु।
मेरो प्रार्थनाहरू सुन्नकोलागि कान नथुन्नुहोस्!
यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने,
मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरू भन्दा पनि कमजोर छु।
2हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु।
जब म बोलाउँछु मलाई सुनि दिनुहोस्।
मप्रति दया दर्शाउनु होस्।
3हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्।
तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”#28:3 शालोम यसको अर्थ हो “शान्ति” तर अभिवादन गर्दा “नमस्ते” को सट्टामा पनि प्रयोग हुन्छ। शब्दसँग स्वागत गर्दछन,
तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।
4हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्।
यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्।
तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।
5दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्।
उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्।
परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुने छ,
अनि फेरि सम्वृद्धि बनाऊनु हुने छैन।
6परमप्रभुको प्रशंसा गर।
उहाँले मेरो करूणाको प्रार्थना सुन्नुभयो।
7परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ,
म उहाँमाथि सम्पूर्ण हृदयले भरोसा गर्छु,
उहाँले मलाई सहायता गर्नु हुन्छ, यसकारण म खुशी छु,
र उहाँको प्रशंसाको गीत गाउँछु।
8परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ।
परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ।
9हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्।
जो तपाईंका हुन, तिनीहरूलाई आशीर्वाद दिनु होस्।
तिनीहरूको अनन्त अगुवाई र सम्मान गर्नुहोस्।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 28: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्