भजनसंग्रह 36
36
प्रमुख संगीतकारलाई: परमप्रभुका दास दाऊदको भजन।
1एकजना दुष्ट मानिसले एकदमै दुष्ट कामगर्छ जब त्यो आफैंले आफैंलाई यसो भन्छ,
“म न त परमेश्वरसँग डराउनेछु न त परमेश्वरलाई आदर नै गर्नेछु।”
2त्यो मानिस आफैंसित झूटो हुन्छ।
त्यस मानिसले आफ्नो गल्ती देख्दैन।
यसैले उसले क्षमाको याचना गर्दैन।
3उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्।
त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।
4राती उसले दुष्ट योजना तयार पार्दछ।
ऊ उठ्छ तर राम्रो काम गर्दैन।
तर उसले अधर्म गर्नलाई नाईँनास्ति गर्दैन।
5हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ।
तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।
6परमप्रभु, तपाईंको धार्मिकता सर्वोच्च पर्वत भन्दा पनि उच्च छ।
तपाईंको न्याय अगाध समुद्र भन्दा गहिरो छ।
परमप्रभु, तपाईंले मानिसहरू र पशुहरूलाई रक्षा गर्नुहुन्छ।
7तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन।
मानिस जाति र स्वर्गदूतहरू तपाईंकहाँ सुरक्षाको निम्ति आउँछन्।
8परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्।
तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ।
9हे परमप्रभु! जीवनको स्रोत तपाईंबाट बहन्छ!
तपाईंकै ज्योतिबाट हामी ज्योति पाउँछौं।
10हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँच्चो रूपले चिन्छन्
अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्।
11हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्।
दुष्ट मानिसहरूले मलाई घचेट्न नदिनु होस्।
12यी चिन्हहरू तिनीहरूका चिहानमा राखी दिनुहोस्:
“यहाँ दुष्ट मानिसहरू सुतेका छन्।
तिनीहरूलाई धूलो पिठो पारियोस्।
तिनीहरू फेरि कहिल्यै पनि जाग्न सक्ने छैनन्।”
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 36: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: