भजनसंग्रह 43
43
1हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन।
त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ।
हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु।
मलाई त्यो मानिसबाट बचाउनु होस्।
2हे परमेश्वर, तपाईं मेरो सुरक्षा-स्थल हुनुहुन्छ,
किन तपाईंले मलाई त्यग्नु भयो?
किन तपाईंले मलाई देखाउनु भएन
कि कसरी म मेरो शत्रुदेखि भाग्नु।
3हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्।
तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।
4म परमेश्वरको वेदीमा जानेछु।
हे परमेश्वर, म परमेश्वरकहाँ आउनेछु जसले मलाई अत्यन्तै खुशी बनाउँनु हुन्छ।
हे परमेश्वर, हे मेरो परमेश्वर,
म वीणा बजाएर परमेश्वरको प्रशंसा गर्छु।
5किन म यति साह्रो तल झरें?
किन म यत्ति साह्रो विचलित छु?
मैले परमेश्वरको सहायताको निम्ति पर्खनु पर्नेछ,
म फेरि अझै पनि उहाँको प्रशंसा गर्न मौका पाउँछु,
उहाँले मलाई बचाउनु हुन्छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 43: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: