भजनसंग्रह 47
47
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।
1हे सारा मानिसहरू हो ताली बजाऊ।
परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!
2सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ।
सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।
3अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो,
उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो।
4परमेश्वरले हाम्रो निम्ति जग्गा रोजी दिनु भयो।
उहाँले त्यो अचम्मको जग्गा याकूबको निम्ति रोज्नु भयो जसलाई उहाँले मन पराउनु भएको थियो।
5नरसिंह र तुरहीको आवाजमा,
जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ।
6परमेश्वरको स्तुति-गान गर।
स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ।
7परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ।
प्रशंसाको#47:7 प्रशंसाको मूल अर्थ “मस्किल” हुन्छ। तर “मस्किल” को ठीक अर्थ स्पष्ट छैन। तथापि प्रशंसाको गीतलाई उपासनाको भजन भनेर मानिन्छ। वा कुशलतापूर्वक लेखिएको भजन भन्ने अर्थ लाग्छ। गीतहरू गाऊ।
8परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ
र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ।
9सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्।
अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन।
सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन।
परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 47: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: