भजनसंग्रह 81
81
प्रमुख संगीतकारलाई: गितीथ को रागमा गाँउने आसापको भजन।
1खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ, भनी गीत गाऊ।
इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
2संगीत प्रारम्भ गर।
खैंजडीहरू बजाऊ।
सुरमय वीणा बजाऊ।
3जब हाम्रो विश्राम शुरू हुन्छ।
पूर्णिमा लागेको बेला तुरही फुक,
औंसी परेको बेला नरसिङ्ग फुक।
4त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो।
परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
5जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो
परमेश्वरले उनीसित यो करार गर्नुभयो।
मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
6परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ।
मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिएँ।
7तिम्रा मानिसहरू सङ्कटमा थिएँ।
तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें।
तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ।
त्यहींबाट मैले जवाफ दिएँ,
मैले तिनीहरूलाई मरीबा#81:7 मरीबा यो एक ठाउँको नाउँ हो। जहाँ मोशाले लठ्ठीले हिर्काएर पानी निकालेका थिए। को पानीद्वारा जाँच गरें।”
8“मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन।
म तिमीहरूलाई मेरो करार-वचन दिनेछु।
इस्राएल, कृपया मेरो कुरा ध्यानले सुन।
9कुनै पनि कृत्रिम देवताहरू नमान
जुन विदेशीहरूले मान्दछन्।
10म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ,
मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ।
इस्राएल, तिमीहरू मुख खोल,
अनि म खुवाउने छु।
11“तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ।
इस्राएल ले मेरो आज्ञा पालन गरेन।
12यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ,
इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
13यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए
अनि मेरो तरिका अनुसार बसेको भए।
14तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ।
म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा सङ्कटहरू ल्याउँदछ।
15परमप्रभुका शत्रुहरू डरले काम्नेछन्।
तिनीहरूलाई सदा दण्ड दिइनेछ।
16परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो।
चट्टान#81:16 चट्टान यो परमेश्वरको अर्को नाम हो। जसको अर्थ हुन्छ “सुरक्षाको ठाउँ।” ले तृप्त नहुन्जेल सम्म तिनीहरूलाई मह दिए।”
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 81: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: