भजनसंग्रह 95
95
विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।
1आऊ, परमप्रभुको गुण-गान गरौं।
चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बचाउँनु भयो।
2परमप्रभु प्रति धन्यवादको गीत गाऊ।
उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ।
3किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ!
अन्य सारा “देवताहरू” लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ।
4गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।
5सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो,
परमेश्वरले आफ्नै हातले सुख्खा जमीनहरू बनाउनु भयो।
6आऊ, निहुँरिएर, उहाँको उपसना गरौं।
जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।
7उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ
अनि हामी उहाँका सन्तानहरू हौं।
यदि हामीले उहाँको आवाज सुन्यौं भने,
आज हामी उहाँका भेंडाहरू हौं।
8परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले “मरीबामाको” जंङ्गलमा हुँदा झैं,
अनि “मस्साको” मरुभूमिमा गरे झैं जिद्दी नगर।
9तिम्रा पिता-पुर्खाहरूले मलाई जाँच गरे, तिनीहरूले मलाई जाँचे,
तर तिनीहरूले म के गर्न सक्थें भन्ने कुरा देखे।
10चालीस बर्षसम्म मैले ती मानिसहरूको गन-गन सहेर बसें।
अनि म जान्दथिएँ कि तिनीहरू आज्ञाकारी थिएनन्।
तिनीहरूले मेरो शिक्षाहरू लिन अस्वीकार गरे।
11यसैले मेरो रीसमा तिनीहरू
‘मेरो विश्रामको भूमिमा पस्ने छैनन’ भनी मैले प्रतिज्ञा गरें।”
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 95: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: