यूहन्नालाई भएको प्रकाश 9
9
पाँचौं तुरही बज्छ
1पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ। 2अतुलनीय खाल्डोतिर जाने प्वाल उसले खोल्यो। भट्टीबाट निस्के जस्तै धुँवा त्यस प्वालबाट निस्कँदै थियो अनि त्यसले गर्दा घाम र आकास अँध्यारो भयो।
3तब त्यो धुँवाबाट सलहहरू पृथ्वीतिर आए। तिनीहरूलाई विच्छीहरूले जस्तै चिल्ने शक्ति दिइएको थियो। 4ती सलहहरूलाई पृथ्वीको घाँस, वा कुनै पोथ्रा वा बृक्षलाई हानी नपुर्याउनु भनिएको थियो। तिनीहरूले ती मानिसहरूलाई मात्र हानी पुर्याउन सक्थे जसको निधारमा परमेश्वरको चिन्ह अङ्कीत थिएन।
5ती सलहहरूलाई, मानिसहरूलाई पाँच महीनासम्म कष्ट दिने शक्ति दिइएको थियो। तर ती सलहहरूलाई मानिसहरूलाई मार्ने अधिकार दिइएको थिएन। अनि त्यो कष्ट मानिसहरूले अनुभव गरे जुन कुनै मानिसलाई बिच्छीले चिले जस्तै थियो। 6ती दिनहरूमा मानिसहरू मर्ने उपाय खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन्। तिनीहरू मर्न चाहन्छन् तर मृत्यु तिनीहरूदेखि लुक्नेछ।
7ती सलहहरू युद्धका निम्ति तयार गरिएका घोडाहरू जस्तै देखिन्थे। तिनीहरूको शिरमा तिनीहरूले सुनको मुकुटहरू जस्तै देखिने लगाएका थिए। तिनीहरूको अनुहार मानवको जस्तै देखिन्थ्यो। 8तिनीहरूको केश स्त्रीहरूको केश जस्तै थियो। तिनीहरूका दाँत सिंहका जस्तै थिए। 9तिनीहरूका छाती फलामका कवच जस्तै देखिन्थे। तिनीहरूको पखेंटाले उत्पन्न गरेको आवाज युद्धतर्फ हत्तारिएका धेरै रथहरूले उत्पन्न गरोका आवाज जस्तै थिए। 10ती सलहहरूको पुच्छर विच्छीका जस्ता खिलहरू भएका थिए। मानिसहरूलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरूको पुच्छरमा थियो। 11ती सलहहरूका राजा थियो। त्यो राजा अतल खाडलको स्वर्गदूत थियो। हिब्रू भाषामा उसको नाउँ एबिड्डोन#9:11 एबिड्डोन हिब्रू नाम हो यसको अर्थ “मृत्यु” अथवा “नष्टहुनु” भन्ने बुझाउँछ। हेर्नुहोस् अय्यूब 26:6; भजन 88:11 थियो। यूनानी भाषामा त्यसको नाउँ अपोल्लियोन थियो।
12पहिलो महाकष्ट पार भयो। अझ दुइ अन्य महाविपतहरू आउनेछ।
छैठौं तुरही बज्यो
13छैटौं स्वर्गदूतले उसको तुरही बजायो। तब परमेश्वरको समक्ष सुनौलो बेदीमा भएको सींङबाट आएको स्वर मैले सुनें। 14त्यो आवाजले छैटौ स्वर्गदूत, जोसित तुरही थियो त्यसलाई भन्यो, “ती चार स्वर्गदूतहरूलाई मुक्त गर जो महानदी यूफ्रेटिसमा बाँधिएका छन्।” 15यी चार स्वर्गदूतहरूलाई यस घडी, दिन, महीना अनि वर्षको निम्ति तयार राखिएका थिए। यी स्वर्गदूतहरूलाई पृथ्वीमा भएका एक तिहाइ सबै मानिसहरूलाई मार्न भनी मुक्त गरिए। 16मैले सुनें तिनीहरूको सेनामा घोड-सवार सैनिक कतिजना थिए। त्यहाँ बीस करोड थिए।
17मेरो दिव्य दृष्टिमा मैले घोडाहरू अनि घोड-सवाहरूलाई देखेँ। तिनीहरू यस्ता देखिन्थे तिनीहरूका कवचहरू आगो जस्ता थिए जो रातो, गाढा नीलो अनि गन्धक झै पहेंलो थियो। घोडाका शिरहरू सिंहका शिरहरू जस्तै देखिन्थे। घोडाहरूको मुखबाट आगो, धुवाँ अनि गन्धक निस्किरहेथ्यो। 18पृथ्वीका सम्पूर्ण मानिसहरूका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरू आगो, धुवाँ अनि गन्धकद्वारा मारिए। 19ती घोडाहरूका शक्ति तिनीहरूको मुख अनि पुच्छरमा थियो। तिनीहरूको पुच्छर सर्प जस्तै थियो जसको टाउकाहरूले मानिसहरूलाई डस्ने अनि घात पुर्याउनको लागि थियो।
20पृथ्वीका अन्य मानिसहरू बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरूले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरूले आफ्नै हातले निर्माण गरेका कुराहरूबाट तिनीहरूले मुख फर्काएनन्। तिनीहरूले दानवहरू अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँड्न सक्तैनन्, पूजा गर्न छाडेनन्। 21यी मानिसहरूले आफ्ना हृदय अनि जीवन परिवर्तन गरेनन् अनि अरू मानिसहरूलाई मार्न छाडेनन्, तिनीहरू आफ्ना जादु-टुनामुना, आफ्ना यौन-पाप, चोरी कमदेखि पर सरेनन्।
अहिले सेलेक्ट गरिएको:
यूहन्नालाई भएको प्रकाश 9: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: