YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 15:1-8

यूहन्‍ना 15:1-8 NCV

येशूले भन्‍नुभयो, “साँचो दाखको बोट म नै हुँ, र मेरा पिताचाहिँ किसान हुनुहुन्छ। ममा फल नफल्ने प्रत्येक हाँगालाई उहाँले काटिदिनुहुन्छ, तर फल्ने हाँगाहरूलाई अझ बढी फलोस् भनेर उहाँले छिँवल्नुहुन्छ। मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ। ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगाले आफै फल फलाउन सक्दैन, त्यो हाँगा दाखको बोटमा नै रहनुपर्छ। त्यसै गरी ममा नरहेसम्म तिमीहरूले पनि फल फलाउन सक्दैनौ। “दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ। यदि कोही ममा रहिरहँदैन भने त्यो मिल्काइने, र सुक्ने हाँगाजस्तै हो, त्यस्ता हाँगाहरूलाई टिपेर आगोमा फालि जलाइन्छन्। तर यदि तिमीहरू ममा रहिरह्‍यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ। तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने, त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ।

यूहन्‍ना 15 पढ्नुहोस्