YouVersion लोगो
खोज आइकन

योना 2

2
1योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्‍वरलाई प्रार्थना गरे। 2तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने:
“मेरो सङ्कष्‍टको समयमा मैले याहवेहलाई पुकारेँ,
र उहाँले मलाई जवाफ दिनुभयो।
मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ;
अनि तपाईंले मेरो क्रन्दन सुन्‍नुभयो।
3तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो,
समुद्रको मुटुभित्र म डुबेँ;
अनि पानीका छालहरूले मलाई घेरे;
अनि तपाईंका पानीका छालहरू र लहरहरू
ममाथि उर्लेर आए।
4मैले भनेँ, ‘म तपाईंको
दृष्‍टिबाट निकालिएको छु;
तापनि म फेरि पनि तपाईंको
पवित्र मन्दिरतिर हेर्नेछु।’
5डुबाउने पानीले मलाई भयभीत तुल्याए,
र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए;
समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए।
6म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ;
पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो।
तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्‍वर,
मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो।
7“जब मेरो प्राण जानै लागेको थियो,
हे याहवेह, मैले तपाईंलाई सम्झेँ;
अनि मेरो प्रार्थना तपाईंकहाँ,
तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।
8“जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्,
तिनीहरू परमेश्‍वरको अचुक प्रेमबाट टाढा हुन्छन्।
9तर म धन्यवादको स्तुतिसहित
तपाईंलाई बलिदान चढाउनेछु।
मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु।
म भन्‍नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ ”
10अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो।

अहिले सेलेक्ट गरिएको:

योना 2: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्