तिनले भनिन्, “प्रभुले मेरो निम्ति यो गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ, र मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।” एलीशिबा गर्भवती भएको छैटौं महिनामा, परमेश्वरले गालील प्रदेशको नासरत शहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो। तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दाविदको घरानाको योसेफ भन्ने एकजना मानिससँग भएको थियो। ती कन्याको नाउँ मरियम थियो। स्वर्गदूत तिनीकहाँ गए, र भने, “हे उच्च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।” तिनको वचन सुनेर मरियम विचलित भइन्, अनि यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्। तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ, र तिमीले उहाँको नाउँ येशू राख्नू। उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र भनिनुहुनेछ। प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाविदको सिंहासन दिनुहुनेछ, र उहाँले याकोबको घरानामाथि सदा-सर्वदा राज्य गर्नुहुनेछ, अनि उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”
लूका 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 1:25-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू